रुसका उपविदेशमन्त्री सर्गेई र्याबकोभले बिहीबार नेटो आणविक केन्द्रहरू स्थायीरूपमा पोल्यान्डको भूभागमा अवस्थित भएमा रुसका लागि ती सैन्य लक्ष्य बन्ने  सक्ने चेतावनी दिएका छन्। 

“संयुक्त नाटो आणविक मिसनको अभ्यासको विस्तारमा कुनै पनि मुलुक यो अभ्यासमा सम्मिलित हुनसक्ने भए पनि यो विशुद्धरूपमा अस्थिर प्रकृति हो र धम्कीपूर्ण हो”,रुसको तास समाचार समितिसँगको अन्तरवार्तामा उनले भने। 

उनले रुसी सीमा नजिकै नाटो मुलुकहरूले गर्ने आणविक मिसनको दृष्टिकोणले सुरक्षा खतरा बढाउने बताए। “वार्सामा छलफल भइरहेको स्थायी तैनाथीका बारेमा मैले कुरा गरिरहेको छैन, त्यसैले पोल्यान्ड र बाहिर योजनाका बारेमा उत्साहपूर्वक छलफल गरिरहेका ती सबै राजनीतिज्ञहरूले ‘परिवर्तनले पोल्यान्डको सुरक्षामा कुनै वृद्धि हुँदैन तर सम्बन्धित केन्द्रहरू निश्चितरूपमा लक्ष्य बन्नेछन् र ती हाम्रा सैन्य योजनामा सबैभन्दा अगाडि हुनेछन्’ भनेर बुझ्नुपर्छ”, उनले भने । 

पोल्यान्डमा नाटो आणविक केन्द्रहरू तैनाथ गर्नेबारे भइरहेको छलफललाई ‘विकसित हुँदै गरेको कथा’ का रूपमा उल्लेख गरेका छन्। “वार्साले यो विषयलाई कसरी सम्बोधन गर्नेछ भनेर मस्कोले नजिकबाट नियालिरहेको छ”, उनले भने। 

पोलिस राष्ट्रपति आन्द्रेज डुडाले सोमबार फक्त अखबारसँगको अन्तरवार्तामा पोलिस अधिकारीहरूले नाटोको आणविक साझा व्यवस्थाको ढाँचाभित्र पोल्यान्डमा आणविक हतियार तैनाथ गर्ने सम्भावनामा अमेरिकासँग बारम्बार छलफल गरेको र आवश्यक भएमा तयारी अवस्थामा रहेको अभिव्यक्ति दिएका छन।