श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस १० गते बिहीबार, २५ डिसेम्बर  २०२५, सिद्धार्थीनाम संवत्सर। पौष शुक्लपक्षको पञ्चमी तिथि ०१ः५७ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र धनिष्ठा ०८ः३० बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०६ः५१ बजे र सूर्यास्त ०५ः१५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पुरानो समस्या सुल्झनाले नयाँ अवसर प्राप्त हुनेछ। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतीहरूलाई कार्यसिद्धिको समय छ। स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आलश्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। साँझतिर उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

भाग्यले विभिन्न अवसर जुटाउनेछ । समय लागे पनि रोकिएको काम गर्ने साइत जुर्न सक्छ ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कामविशेषले यात्रा गर्नुपर्ने स्थिति आउला। स्वादिष्ट खानपानका साथ आतिथ्यपूर्ण सत्कार पाइनेछ।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कामबाट फुर्सद नपाइएला। स्वास्थ्य कमजोर रहने र कामको चाप बढ्ने सम्भावना छ।   

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आँट गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ।