श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस ११ गते शुक्रबार, २६ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। पौष शुक्लपक्षको षष्ठी तिथि ०२ः०० बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र शतभिषा ०९ः१४ बजेसम्, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०६ः५२ बजे र सूर्यास्त ०५ः१६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाटै मनग्य नाफा उठाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पेसाबाट अनुमानभन्दा बढी नै फाइदा उठाउन सकिनेछ।प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ । विशेष अवसरले मन प्रफुल्लित हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ। लोकप्रियताले पदीय जिम्मेवारी दिलाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चिताएका काममा नसोचेका समस्या देखिनेछन् । सामान्य काममा बढी धन र श्रम खर्चनुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनुहोला।
































