भोजपुर । घोडेटारस्थित सगरमाथा मा.वि.को ५० औं वार्षिकोत्सव तथा स्वर्णजयन्ती मनाइएको छ । बुधबार विशेष कार्यक्रमको आयोजना गरी स्वर्ण जयन्ती मनाइएको हो ।
विद्यालयका पूर्व प्रधानाध्यापक एवम् समाजसेवी ईश्वरमान राई, कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीद्वय शेरधन राई र राजेन्द्र राई, प्रदेश सांसद् विनोद बातान्ता, पूर्व सांसद् धनहर्क राई, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, शिक्षाप्रेमीहरूले सामूहिक रूपमा विद्यालयको प्रवेशद्वारनजिकै स्वर्ण जयन्ती स्मारकको अनावरण गरिएको थियो ।
भोजपुरको दक्षिणी क्षेत्रको उत्कृष्ट विद्यालय सगरमाथाले पुस ३ देखि १० गतेसम्म साताव्यापी कार्यक्रम गरेर स्वर्ण जयन्ती मनाएको हो ।
सप्ताहव्यापी कार्यक्रममा साकेला, लाखे, मारुनी, तामाङ सेलो र सङ्गिनी नाच प्रदर्शन तथा शिक्षक–कर्मचारी मैत्रीपूर्ण भलिबल खेल, स्मरण दौड, हिसाब दौड, हाजिरीजवाफ प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक (प्र.अ.) हेमराज न्यौपानेले जानकारी दिए ।
सोही अवसरमा सगरमाथा पुरस्कार कोषदाता स्व. भूइँदल तथा जनकमाया राई स्मृति प्रतिष्ठानले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको थियो ।
यही अवसरमा ०३२ सालदेखि हालसम्मका पूर्व विद्यार्थीहरूले तीन दशक प्रधानाध्यापकको जिम्मेवारीमा रहेर सगरमाथा मा.वि.को वृत्ति, विकास र उत्थानमा महŒवपूर्ण योगदान पु¥याएका पूर्व प्र.अ. एवम् हाल विव्यस अध्यक्ष ईश्वर राईलाई संयुक्तरूपमा अभिनन्दन गरे । स्वर्णजयन्ती समारोहको दौरानमा विद्यालयले ५० वर्षको यात्रा पार गर्ने क्रममा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई कदर–पत्र, सम्मान–पत्र तथा प्रशंसा–पत्र प्रदान गरेको थियो ।
समारोह सञ्चालन गर्न विद्यालयले देशविदेशमा रहेका अभिभावक, पूर्व विद्यार्थी, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, शिक्षक, कर्मचारी तथा राजनीतिक व्यक्तित्वमा आर्थिक सहयोगको आह्वान गरेको थियो ।
विद्यालयको फेसबुक पेजमा स्वर्ण जयन्ती समारोह आर्थिक व्यवस्थापन समितिले गरेको अपडेटमा ७७ लाख ८३ हजार ६ सय ९७ रुपैया“ सहयोग सङ्कलन भएको विद्यालयले जनाएको छ । सङ्कलित रकमले समारोहको व्यवस्थापन, स्मारिका प्रकाशन र स्वर्ण जयन्ती स्मारक निर्माण गरिएको विद्यालयका प्रअ न्यौपानेले जानकारी दिए । सोही अवसरमा स्वर्ण जयन्ती स्मृति सभाहल निर्माण गर्ने लक्ष्य राखेको उनले बताए ।
२०३१ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा छ वर्षयता कृषि तथा बाली विज्ञानसमेत पढाइ भइरहेको छ ।
































