धरान । सुनसरीको धरान उपमहागनरपालिका-१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा आज (शुक्रबार) बाट खेलकुद सप्ताह सुरु भएको छ ।
खेलकुद सप्ताहमा आधारभूत तह र मावि तह गरी दुई तहमा वर्गीकरण गरी प्रतियोगिता गरिरहेको स्कुलकी प्रिन्सिपल सञ्जीता शाही राईले जानकारी दिइन् । जुनियरतर्फ ५०, ७५ मिटरको दौड प्रतियोगिता भइरहेको छ । यस्तै ब्रिक्स, स्किपिङ, ब्यालेन्स दौड, रिले दौड भइरहेको छ । यता सेनियरतर्फ १०० मिटरको दौड रिले दौड प्रतियोगिता भइरहेको स्कुलका निर्देशक गणेश राईले जानकारी दिए ।

अन्य खेलकुदतर्फ बास्केटबल, फुटसल, म्याराथन प्रतियोगिता भइरहेको छ । बास्केटबलतर्फ चारवटा हाउसहरुलाई वर्गीकरण गरी छात्रतर्फको प्रतियोगिता भइरहेको उनले जानकारी दिए । जसमा जस्टिस हाउसका विरुद्ध च्यारिटी हाउस साथै पिस हाउसका विरुद्ध लोयल्टी हाउसबीच प्रतिस्पर्धा भइरहेको छ ।
पुस १२ गते हुने फुटसलतर्फ जुनियर र सिनियरमा छात्रछात्राबीच प्रतिस्पर्धा भइरहेको छ । जुनियरतर्फ च्यारिटी हाउसविरुद्ध लोयल्टी हाउस र पिस हाउसविरुद्ध जस्टिस हाउसबीच प्रतिस्पर्धा भइरहेको छ । छात्रातर्फ पिस हाउसविरुद्ध लोयल्टी हाउस र जस्टिस हाउसविरुद्ध च्यारिटी हाउसबीच प्रतिस्पर्धा भइरहेको स्कुलले जनाएको छ । यस्ता सिनियरतर्फ च्यारिटी हाउसविरुद्ध पिस हाउस र जस्टिस हाउसका विरुद्ध लोयल्टी हाउसबीच प्रतिर्स्धा हुँदै छ ।

पुस १३ गते शिक्षक र विद्यार्थीहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने निर्देशक राईले जानकारी दिए । बास्केटबलको फाइनल पुस १४ गते स्कुलमै कोर्टमा सम्पन्न हुने जनाइएको छ । प्रतियोगितामा विजेताहरु व्यक्तिगत खेलाडीहरुलाई प्रतियोगिताकै दिन पुरस्कृत गरिने जनाइएको छ । जसमा सबैभन्दा बढी मेडल प्राप्त गर्ने हाउसलाई विजेता, उपविजेता घोषणा गरिने जनाइएको छ । प्रतियोगिताको फाइनल पुस १४ गते हुने जनाइएको छ ।
































