अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङ एक वर्षमा उनिहरूको पहिलो शिखर सम्मेलनमा सैन्य सञ्चार पुनःस्थापना गर्न सहमत भएका थिए ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका यी दुई मुलुकबीचको बढ्दो तनावलाई द्वन्द्वमा परिणत हुनबाट रोक्ने उद्देश्यले चार घन्टाको वार्ताका क्रममा उनिहरूले हात मिलाएर ऐतिहासिक क्यालिफोर्निया एस्टेटको एक बगैँचामा टहर्लिए 

चीनले अमेरिकामा घातक महामारीका लागि जिम्मेबार औषधि फेन्टेनाइलको उत्पादनमाथि रोक लगाउने बारेमा पनि उनिहरू सहमत भए। चीन र ताइवानको ‘पुनःएकीकरण’ रोक्न नसकिने भन्दै चिनियाँ राष्ट्रपति सीले आफ्ना अमेरिकी समकक्षीसमक्ष ताइवानलाई हतियार आपूर्ति रोक्न आग्रह गरेसँगै दुवै नेताले ताइवानको विषयमा आफूलाई टाढा राखे

सन् २०२२ नोभेम्बरमा बालीमा वार्तामा सहभागी भएयता यी दुई नेताबीच भेट भएको थिएन। यसै वर्षको फेब्रुअरीमा अमेरिकाले कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो । 

यद्यपि सन् २०११ देखि नै सीलाई चिनेको उल्लेख गर्दै बाइडेनले क्यालिफोर्नियाको फिलोली एस्टेटमा पत्रकार सम्मेलनमा भने ,“हामीले अहिलेसम्मको सबैभन्दा रचनात्मक र फलदायी वार्ता गरेका छौँ।” द्वन्द्व वा आकस्मिक द्वन्द्वमा नफसियोस् भनेर अमेरिकाले दृढरूपमा प्रस्तुत हुँदै गएको चीनसँग ‘जोडदार’ तर ‘जिम्मेबारीपूर्वक’ प्रतिस्पर्धा गर्ने उनले बताए ।

“हामी कुनै पनि फोन उठाउन सक्छौँ, सिधै फोन गर्न सक्र्छाँै र हाम्रो कुरा तुरुन्तै सुनिनेछ भन्नेबारेमा हामी  सहमत भएका छौँ”, राष्ट्रपति बाइडेनले भने

उनका अनुसार सम्भावित द्वन्द्वबाट बच्न उच्चस्तरीय अमेरिका–चीन सैन्य सञ्चार पुनःस्थापना गर्न ‘आलोचनात्मकरूमा महत्त्वपूर्ण’ थियो। तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले सन् २०२२ जुनमा अमेरिकासँगको सैन्य सञ्चार तोडेको थियो ।

दुवै पक्ष कृत्रिम बौद्धिकता ९आर्टिफिसियल इन्टेलिजेन्स० का साथै आगामी महिना दुबईमा हुने कोप२८ शिखर सम्मेलनअघि जलवायु परिवर्तनसम्बन्धी सहयोगलाई अझ गहिरो बनाउन सहमत भएका छन् ।