यदि तपाईं पिठ्युँ वा कम्मरबाट सधैँ हुने पीडाबाट दुःखी हुनुहुन्छ भने आफ्नो उठाई बसाई दैनिक दिनचर्या र ढाँचामा परिवर्तन गर्नोस् ।

यसको उपचार आफै गर्न केही कुरामा ध्यान दिनोस् । प्रायः ३० देखि ५० वर्षको उमेरमा महिलाहरूलाई कम्मर दुख्ने समस्या देखापर्दछ । यसका कयौं कारणहरू हुन्छन् । जस्तैः कम्मर झुकाएर  हिँड्नु, जमिनमा बसेर वा कम्मर झुकाएर काम गर्नु, उठ्ने मुद्रा गलत हुनु र कुर्सीमा एकै मुद्रा गलत हुनु तथा कुर्सीमा एकै मुद्रामा बसिरहनु आदि । अतः सामान्य रूपले सिधा भएर हिँड्ने आदि कार्य टेबुलमा राखेर गर्नोस् । चुलाको काम जस्तैः सब्जी काट्नु, आँटा मुछ्नु, भाँडा माझ्नु आदि काम कम्मर सिधा गरी सन्तुलन मिलाएर उभिएर गर्नोस् । कहिले कहिले राति ढिलो सुत्नाले र बिहान छिट्टै उठ्नाले कम्मरमा पीडा हुन्छ ।

त्यसैले आराम गर्नुलाई महत्व दिनुहोस् र दिउँसो केही समय निकालेर पलङमा सिधा सुतेर पूरै शरीरलाई हलुका छोडेर आँखा बन्द गर्नोस् ।  हुन सक्छ भने निदाउनोस्, भूइँमा दरी ओछ्याएर सुत्नु पनि लाभदायक हुन्छ । ध्यान रहोस् कम्मर वा पिठ्युँका मांसपेशीहरू तन्किइनरहोस् ।

राति आठ घण्टा अवश्य सुत्नु पर्दछ । सुत्दा कोल्टे फेरिरहनोस्, जसले गर्दा कम्मरमा थकावट नहोस् । सिधा सुते पनि कम्मर वा पिठ्युँमा पीडा हुन्छ । महिलाहरू खानपिनमा प्रायः ध्यान दिँदैनन् । परिवारका अन्य सदस्यहरूलाई खुवाइसकेर बचे–खुचेको अन्त्यमा खान्छन् । यस प्रकारले महिलाहरूमा पौष्टिक आहारको कमीले पनि कम्मर दुख्ने बिरामीको जन्म हुन्छ ।

अतः यी समस्याहरूदेखि बच्नको लागि सब्जीहरू, मौसमी फल, बदाम, बेसनको रोटी, दूधको चीजलाई ध्यान दिनुहोस् । व्यायाम अवश्य गर्नोस् । जुन महिलाले शारीरिक श्रम गर्दैनन्, उनीहरूले कम्मरको व्यायाम नियमित गरे मात्र कम्मरको पीडाबाट छुट्कारा प्राप्त गर्न सक्दछन् ।

कम्मरको पीडा केही अन्य रोगहरूको कारणले पनि हुन्छ । जस्तोः खुट्टाको कुर्कुच्चामा क्यान्सर, तपादक, मिर्गौलाको रोग आदिले पनि कम्मर दुख्छ । साधारण व्यायामले यो ठीक हुँदैन । यस्तोमा डाक्टरको सल्लाह लिनु पर्दछ ।

पिठ्युँको पूरा भार मेरुदण्डको हड्डीमा हुन्छ । रिढको दुवैतर्फ हुने पीडालाई पिठ्युँको पीडा भनिन्छ । यो पीडा कहिले हल्का, कहिले तीव्र पनि हुन्छ । कयौँ पटक यो पीडा गर्धन हुँदै मेरुदण्डको चारैतर्फ फैलिन्छ । दिनभरि कुर्सी र सोफामा बस्ने व्यक्ति पनि पिठ्युँ पीडाले ग्रसित हुन सक्छ ।

खेलाडी वा अत्यधिक शारीरिक श्रम गर्ने व्यक्तिहरू यसका सिकार हुन्छन् । प्रायः हड्डीमा तनाव आउने, घाउ हुनाले, पिठ्युँको रिढमा चोट पर्नाले पिठ्युँ दुख्ने रोग नै बन्छ । यसको लागि रोग निवारण औषधि लिनुपर्छ । अरू औषधिको लेप पनि लगाउन सकिन्छ । कहिले–कहिले पिठ्युँको पीडा तल खुट्टासम्म पुग्छ । सास फेर्दा, हाछ्युँ गर्दा असह्य पीडा हुन्छ । यसलाई ‘सायटिक’ भनिन्छ । यसका लागि नशाहरूलाई तनावमुक्त छाडिदिनुपर्दछ । साथै तख्तामा सिधा सुत्ने, आराम गर्ने, मालिस गर्ने एवम् चिकित्सकद्वारा बताइएका व्यायाम वा पीडा निवारक औषधिहरू प्रयोग गर्नुपर्छ ।