श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असोज २६ गते आइतबार, १२ अक्टोबर २०२५।सिद्धार्थीनाम संवत्सर। कार्तिक कृष्ण पक्षको षष्ठी तिथि २१ः०३ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र कृतिका २२ः१८ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि  मिथुन, सूर्योदय ०६ः०२ बजे र सूर्यास्त ०५ः३८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। अरूले फाइदा उठाउने कोशिस गर्नेछन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विशेष काममा जग बसाउने मौका जुट्नेछ। दिउँसोदेखि प्रतिस्पर्धामा उत्रनुपरे पनि मनग्य लाभ उठाउन सकिनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ने हुनसक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

गलत व्यक्तिको विश्वास गर्दा धोका हुनसक्छ। काममा श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नतिजा कमजोर देखिनाले कुनै काम दोहो¥याउनु पर्ला।  नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन्। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।