धरान । लुम्फुङ्वा कल्याणकारी संस्थाको नवौं साधारणसभा तथा चौथो अधिवेशन शनिबार धरानमा सम्पन्न भएको छ ।
अधिवेशनले कमलकुमार लुम्फुङ्वाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको जनाएको छ । निर्वाचन मण्डलका संयोजक नरप्रसाद लुम्फुङ्वाका अनुसार उपाध्यक्षमा होमबहादुर, सचिवमा लक्ष्मीनारायण, सहसचिवमा सुन्दर र कोषाध्यक्षमा उत्तमकुमार लुम्फुङ्वा चयन भएका छन् । यसै गरी सदस्यहरूमा चन्द्रबहादुर, भवानीप्रसाद, अम्बिका, हर्कबहादुर (कुमार), वषन्ती थेबे लुम्फुङ्वा र शारदा लुम्फुङ्वा रहेका छन् ।
संस्थाको अध्यक्ष पूर्णबहादुर लुम्फुङ्वाको अध्यक्षतामा सम्पन्न साधारणसभामा सचिव लक्ष्मीनारायण लुम्फुङ्वाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै कोषाध्यक्ष उत्तम लुम्फुङ्वाको आर्थिक प्रतिवेदन पनि सचिवले नै प्रस्तुत गरेका थिए । लेप्mटीनेन्ट नरबहादुर लुम्फुङ्वाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्कार संस्कृतिबारे समितिका संयोजक राज्य प्रसाद लुम्फुङ्वा र सचिव लीलाप्रसाद लुम्फुङ्वा र सेरजङ्ग लुम्फुङ्वा कल्याणकारी संस्थाको अध्यक्ष राजबहादुर लुम्फुङ्वाले सम्बोधन गरेका थिए ।
अधिवेशनमा लुम्फुङ्वा परिवारमा उल्लेखनीय कार्य गर्नेलाई सम्मान एवम् प्रशंसा पत्र प्रदान गरेको थियो । स्नातकोत्तर गर्ने बुहारीबाट बिमला आङ्देम्बे लुम्फुङ्वा, मीस प्रोभिन्स आइडल २०२५ विजेता रेखा लुम्फुङ्वा र मिस एसईई सुनसरी सेकेण्ड रनर अप सिकुम लुम्फुङ्वालाई सम्मान पत्र प्रदान गरिएको थियो ।
यसैगरी सामुदायिक विद्यालय सम्दु मा.वि. सम्दु, तेह्रथुमबाट वि.सं. २०८१ मा एसईईमा लुम्फुङ्वा परिवारमा उत्कृष्ट जीपीए ल्याई उत्तीर्ण सेसेमा लुम्फुङ्वालाई नगद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।