श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असोज २७ गते सोमबार, १३ अक्टोबर २०२५, सिद्धार्थीनाम संवत्सर। कार्तिक कृष्णपक्षको सप्तमी तिथि १७ः५० बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र आद्र्रा १८ः३२ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि  मिथुन, सूर्याेदय ०६ः०३ बजे र सूर्यास्त ०५ः३५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पुरुषार्थी कामले समाजमा स्थापित गराउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
परिश्रम परे पनि समय फलदायी रहनेछ।आत्मविश्वासको कमीले काममा पछि परिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पु¥याउनु होला। ईष्र्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको मिहिनेतले भविष्यमा फाइदा दिनेछ। अर्थ अभाव भए पनि तत्कालको खाँचो टर्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आगन्तुकले अल्मल्याउने हुँदा काममा बाधा हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो सूचना बाहिरिन सक्छ । 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। दोहो¥याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला।