धरान । ‘कफी, कवि र कविता’ को तेस्रो संस्करण शुक्रबार साँझ धरानको बल्स एन्ड बिन क्याफेमा सम्पन्न भएको छ ।
काव्य विधालाई विशेष जोड दिने उद्देश्यले रङ्गकर्मी तथा कलाकार दीपेन्द्रसिंह दर्नालले सुरु गरेका थिए । पुल हाउसको चर्को आवाजबीच कविहरू कवितामा रमाए । यस पटक कवि विष्णु खतिवडा, कवि नवराज मैनाली, कवि डा. अस्मिता विष्ट, कवि वन्दना राई, दीपेन्द्रसिंह दर्नाल र स्पदन राजाले कविताको माहौल बनाए ।
बीच बीचमा गजलहरू पनि वाचन गरिए । सीमित श्रोतामाझ गरिँदै आएको कार्यक्रमले सर्जक र सिर्जनालाई अगाडि बढाउन भूमिका खेल्ने दर्नालले बताए । हरेक कविहरूको कविता वाचनलाई रेकर्डेड भिडियो निर्माण गरिँदै आएको छ । कवि डा. विष्टले हालै सार्वजनिक गरेको ब्ल्याकहोलमा गीतहरू शीर्षकको कृतिबाट चारवटा रचना वाचन गरिन् ।