भद्रपुर । झापा क्षे‌त्र नम्बर‌‌–३ मा वाम गठबन्धनका तर्फबाट उम्मे‌दवार‌‌ बने‌का र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष र‌‌ाजे‌न्द्र प्रसाद लिङ्दे‌न र सत्ता साझेदार गठबन्धनकातर्फबाट नेपाली काँङ्ग्रेसका पूर्व महामन्त्री तथा पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग चौथो पटक  प्रतिस्पर्धामा पुनः देखिएका छन् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबाट उम्मेदवार बनेका लिङ्देन यो पटकपनि सासद बन्ने दाउ खोजिरहेका कारण अन्य क्षेत्र भन्दा ३ नम्बर निक्कै रोचक देखिने भएको छ । 

तीनवटा निर्वाचनमा आमने सामने भएका उम्मेदवार चौथो पटक पनि प्रतिस्पर्धामा उत्रिएकाकारण यो क्षेत्रमा चासो बढेर गएको छ । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि मङ्सिर ४ मा हुने निर्वाचनमा राजनीतिक विश्लेषकहरु भने यो क्षेत्रको चुनाव निक्कै प्रतिस्पर्धा र रोचक हुने अडकलबाजी गरिरहेका छन् ।

सिटौ‌लाका लागि चुनाव त्यति प्रियकर‌‌ छै‌न । ०४८ साल यता उनले‌ भाग लिएका ६ वटा चुनावमध्ये‌ उनले‌ ३ वटामा मात्रै‌ जीत हात पार‌ेका छन् । सिटौ‌लाले‌ ०४८, ०५१ र‌‌ ०६४ सालका चुनाव हार‌‌े‌का छन् भने‌ ०५०, ०५६ / ०७० मा भएका संसदीय चुनाव जिते‌का छन् । 

हुन त यो क्षेत्रमा अन्य साना दल र स्वतन्त्रगरी थुप्रै उम्मेदवार चुनावी मैदानमा छन् । तर, प्रतिस्पर्धा भने सिटौला र लिङ्देन दुईपक्षीयबीच हुने अनुमान गरिएको छ ।

वि.सं.२०४८ सालदेखि निर्वाचन क्षेत्रनम्बर ३ बाट निरन्तर चुनाव लड्दैं आएका  सिटौलालाई पछाडी फर्केर हेर्दा चारपटक पराजित भए । वि.सं २०४८, २०५१, २०६४ र २०७४ सालमा गरी चार पटक पराजित भएका सिटौलाका लागि बल्ल २०५६ र २०७० सालमा संसद्को ढोका खुल्यो । ६ पटक चुनावी प्रतिस्पर्धा गर्दा दुई पटकमात्र परिणाम हात पार्न सफल भएका थिए । काँङ्ग्रेसका सिटौला र राप्रपाका लिङ्देन २०५६, २०७० र २०७४ सालमा चुनावी मैदानमा आमनेसामने देखिएका थिए । उनीहरु पुनः२०७९ मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा फेरि चौथो पटक आमने सामने देखिने पक्का भएको छ । २०६२÷२०६३ को राष्ट्रिय जनआन्दोलन सफल भए लगत्तै पहिलो पटक भएको संविधान सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका पूर्णसिहं राजवंशीसँग सिटौला पराजित भए  । त्यस्तै २०५६ सालमा पहिलो पटक निर्वाचन क्षेत्रनम्बर ३ बाट निर्वाचन शुरु गरेका लिङ्देन २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उम्मेदवार बनेन् ।

२०७० सालदेखि निरन्तर निर्वाचन लड्दै आएका उनलाई २०७४ सालको निर्वाचनबाट परिणाम हात पर्यो र संसद् यात्रा शुरु भयो । २०५६ सालको निर्वाचनमा सिटौला १७ हजार ५ सय ६९ मत प्राप्त गदैं विजयी बन्दा लिङ्देनले ५ हजार ६ सय २५ मतमा चित्त बुझाउनु परेको थियो । २०७० सालको निर्वाचनमा सिटौला १४ हजार ३ सय ५५ मत ल्याएर निर्वाचित भए र लिङ्देन ९ हजार २ सय ५३ मत ल्याइ पराजित हुन पुगे ।

तर, २०७४ सालमा सम्पन्न पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सिटौलासँग लिङ्देनले बदला लिदैँ काङ्ँग्रेसका सिटौलालाई नराम्ररी पराजित हुनु परो । २०७४ सालमा नेकपा एमालेको समर्थनबाट उम्मेदवार बनेका लिङ्देनले ४४ हजार ६ सय १४ मतका साथ विजयी भए ।

काँङ्ग्रेसका सिटौलाले ३१ हजार १ सय ७१ मत प्राप्त गरे । अहिले पुनः दुवैजना चौथो पटक चुनावी प्रतिस्पर्धामा छन् । अहिले काँङ्ग्रेसका सिटौलालाई सत्तासाझेदार नेकपा माओवादी केन्द्रको साथ रहेको छ भने राप्रपाका लिङदेनलाई एमालेले जुरुक्कै बोकेको छ । सिटौला र लिङ्देनले आफ्नो जीत सुनिश्चीत भनेर बताइरहदा दुवैको भाग्य र भविष्यको फैसाल मंसिर ४ गतेको निर्वाचन पछि ३ नम्बर क्षेत्रका मतदाताले गर्ने छन् ।

चिरपरिचित काँङ्ग्रेस नेता सिटौला र राप्रपा अध्यक्ष लिङ्देन निर्वाचनमा चौथो पटक आफ्नो प्रतिष्ठाको लडाई लड्दैं छन् । आफ्नो निर्वाचन क्षेत्रबाट सातौं पटक चुनावी मैदानमा ओर्लिएका काँङ्ग्रेसका सिटौलाका लागि यसपटकको चुनावी समीकरण उनैलाई अत्याउने खालको छ । यो चुनौती स्वीकारेका सिटौलाले गणतन्त्र प्राप्ति र शान्तिप्रक्रियामा आफूले निर्वाह गरेको भूमिकालाई मतदाताले अनुमोदन गर्ने आत्मविश्वास राखेका छन्। उम्मेदवारी दर्ता र त्यसपछिका हरेक अभिव्यक्तिमा उनले गणतन्त्रको प्रखर वकालत गरिरहेका छन् । किनभने वाम गठबन्धनको समर्थनमा उनीविरुद्ध उम्मेदवार बनेका राप्रपाका नेता लिङ्देन पार्टीका अध्यक्ष मात्रै होइनन् कट्टर राजावादी अभियन्तासमेत हुन् ।  त्यसैले सिटौला गणतन्त्रको पक्षधरले आफूलाई समर्थन गर्ने विश्वासमा छन् । तर मंसिर ४ को मतदानमा झापा ३ मा मौजुदा अवस्थाको अङ्कगणित हाबी होला कि सिटौलाले सोचेझैं गणतन्त्रवादी रुझान निर्णायक होला ? यसको उत्तरले उनको राजनीतिक भविष्य धेरै हदसम्म प्रभावित पार्नेछ ।

 क्षेत्र नम्बर ३ मा ६६ हजार ६१ पुरुष र ६५ हजार ३७१ जना महिला गरी कुल १ लाख ३१ हजार ४३२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।