पछिल्लो समयमा नेपालमा पेट्रोलियम पदार्थ र ग्यासको प्रयोग अत्यधिक मात्रामा बढेको हुनाले नेपालको अर्थतन्त्रलाई नै थला पार्ने काम भएको छ । नेपालको अर्थतन्त्रमा व्यापार घाटा गराउने र मुद्रास्फीति गराउने यो प्रमुख कारकमध्ये एक बनेको छ । जब भौतिक विकास उत्कर्षमा पुग्यौं, तब यो वस्तु अपरिहार्य बन्दै गयो । हाम्रो देशमा पनि पेट्रोलियम पदार्थ र ग्यासको खानी त छ तर, उत्खनन् गर्दा मुनाफा हुन नसक्ने हुनाले र प्राविधिक व्यवधान भएको हुनाले उत्खनन् हुन नसकेको बुझिन्छ ।

नेपालको सन्दर्भमा पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य वृद्धि नेपाल राष्ट्र बैङ्कले जारी गरेको प्रारम्भिक मूल्य तथा वित्तीय संस्थाहरूले सिर्जना गरेको साख मुद्राको आपूर्ति वृद्धिले  घाटाको सरकारी वित्त व्यवस्थाले जनसङ्ख्या वृद्धिले, कर कटौतीले, वैदेशिक ऋण, लगानी तथा सहायताले, पुँजीलागत वृद्धिले, ब्याजदर वृद्धिले र प्राकृतिक प्रकोपले भएको होइन । अर्कोतिर देशमा अस्थिरता भएकोले र नेपालीको क्रयशक्ति वृद्धि भएकोले पनि होइन ।

नेपाल सरकारले नेपाल आयल निगमले आयात गरेको पेट्रोलियम पदार्थमा ६ शीर्षकमा ६५ रुपैयाँ ६१ पैसा कर लगाएको छ  । जसमा २५.२३ रुपैयाँ सवारी भन्सार तथा प्रज्ञापन शुल्क, ४ रुपैयाँ सडक मर्मत कर, १.५ रुपैयाँ प्रदूषण कर, पूर्वाधार शुल्क, २२.८९ रुपैयाँ मूल्य अभिवृद्धि कर र १.९९ रुपैयाँ मूल्य स्थिरीकरण कोष शुल्क लिँदै आएको छ । नेपाल आयल निगमले आई.ओ.सी. सँग बर्सेनि घाटामा व्यापार गरिरहेको छ । नेपाल आयल निगम अर्बौं घाटामा भए पनि जस पाउने काम गर्न सकेको छैन । अर्कोतिर, नेपाल आयल निगम  डेफिसिएटमा भएर पनि बर्सेनि अफ्नो कर्मचारीलाई बोनस, भत्ता र अतिरिक्त सेवा सुविधा उपलब्ध गरिरहेको छ । अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुसार कर्मचारीलाई बोनस भुक्तानी गर्नुलाई त्यो कर्पोरेशन सरप्लसमा गएको हुनुपर्छ तर, नेपाल आयल निगमले बोनस र अतिरिक्त सेवा सुविधा भुक्तानी गरिरहेको बुझिन्छ । उच्च करको दरले गर्दा नेपालीको ढाड सेकिएको देखिन्छ ।

नेपाल विकासशील देश हो । नेपालको छिमेकी देशहरूले द्रुत गतिमा विकास र प्रगति गरिरहेको देखिन्छ भने नेपालमा आफ्नो राजधानी उपत्यकाको समेत व्यवस्थित गर्न सकेको देखिँदैन । नेपालमा अझै पनि आधारभूत कुराहरूको विकास र विस्तार गर्न बाँकी नै छ । त्यसैले उद्योग तथा कलकारखाना, जलविद्युत्, यातायात, खानेपानी, सञ्चार, स्वास्थ्य, शिक्षा, कृषि, उत्खनन्, सडक, सहर आदिको निर्माण, उत्थान र विस्तार गर्नु अपरिहार्य छ । यो उल्लेखित पूर्वाधारहरूको निर्माण गर्दा फेरि पनि अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ तथा ग्यासको प्रयोग हुनेछ ।

अहिले मात्र पेट्रोलियम पदार्थ तथा ग्यासको उच्च मूल्य भएको होइन । विभिन्न घटनाक्रम र कालखण्ड अध्ययन गर्दा कुनै कालमा अत्यधिक मूल्य वृद्धि र कुनै कालमा मूल्य कम पनि भएको पाइन्छ । जसमा सन् १९९३ मा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि भएको थियो । यसै क्रममा सन् १९७४ तिर ३००% सम्म मूल्य वृद्धि भएको थियो । संसारमा सङ्कट पैदा भएको थियो । अहिलेको अवस्थामा  पेट्रोलियम पदार्थ तथा ग्यास विना कुनै पनि गतिविधि गर्न सहज हुँदैन । जब Scottish Chemist – James Young ले सन् १८४७ मा पेट्रोलियम पदार्थ र ग्यास पत्ता लगाए; त्यो समयमा धमाधम पूर्वीय र पश्चिमी मुलुकहरूले भौतिक विकास र विस्तार गरिरहेका थिए । त्यसैले पेट्रोलियम पदार्थ तथा ग्यासको बजारीकरण गर्नुलाई उचित समय भयो, उचित मूल्य पायो । उचित वस्तु भयो । अन्ततः अपरिहार्य कोमोडिटी हुन पुग्यौं ।

पछिल्लो समयमा खोज तथा अनुसन्धान गर्दा पेट्रोलियम पदार्थ तथा ग्यासको खानी रित्तिने निश्चित छ भनेर वैज्ञानिकहरूले भनेका छन् । वैज्ञानिकहरूका अनुसार सन् २०५२ देखि खानी रित्तिने अनुमान गरिएको छ । वैज्ञानिकहरूका अनुसार यो पृथ्वीमा पेट्रोलियम पदार्थ र ग्यासको इतिहास सन् ३४७ देखि अहिलेसम्म रहेको पाइन्छ । त्यसैले जुन–जुन देशको रेभेन्यु पेट्रोलियम पदार्थ र ग्यासमा निर्भरता छ, त्यो देशहरूले विगत ३–५ वर्षा पहिला बाट बिजिनेस डाइभर्सिफाइ गरिरहेका छन् ।

नेपालको १२ औं राष्ट्रिय जनगणनाले प्रकाशन गरेको तथ्याङ्क हेर्दा नेपालको कुल जनसङ्ख्या २ करोड ९२ लाख ९२ हजार ४ सय र ८० जना छ । जनसङ्ख्या वृद्धिदर मात्र ०.९३ % अथवा करिब १ % को हाराहारीमा देखिन्छ तर, अर्कोतिर नेपालीको जनसङ्ख्या खासै वृद्धि नभए तापनि पेट्रोलियम पदार्थ र ग्यासको उपभोग उच्चतम् बिन्दुमा पुगेको छ । नेपालको ट्रेड डेफिसिएट गत सालभन्दा करिब २४.९४% ले बढेको छ । यो जेनेरिएट गर्ने प्रमुख कारक तŒवमध्ये पेट्रोलियम पदार्थ र ग्यास पनि हो ।

नेपालमा पेट्रोलियम पदार्थ र ग्यासको वैकल्पिक समाधान खोज्नु अपरिहार्य भैसकेको देखिन्छ । जसमा विद्युतीय सवारी साधन र चुला प्रयोगमा ल्याउने, नवीकरणीय इनर्जीको प्रयोग गर्ने र हाइड्रोन इन्धनको उत्पादन र प्रयोग गर्ने आदि । आज आएर नर्वेले पेट्रोलियम पदार्थ र ग्यासको प्रयोग न्यून मात्र गरेको छ । Green hydrogen oil गरी चाँडै पेट्रोलियम पदार्थ बन्द गर्ने योजनामा छ । World Energy Agency का अनुसार नेपाल पनि प्रमुख एक देशमा पर्दछ, Green Hydrogen oil उत्पादन गर्नको लागि । ओपेक अन्तर्गत रहेको देशहरूले पनि Green Hydrogen को plant धमाधम जोड्दै छन् ।

नेपाल सरकारले तत्काल गर्नुपर्ने अर्को उत्तरदायित्वहरू पनि निम्नलिखित छन् । नेपाल आयल निगमलाई निजीकरण गर्नुपर्ने, आई.ओ. सी. सँग आयात गर्दा जुन विभिन्न शीर्षकमा प्रत्यक्ष र अप्रत्यक्ष कर असुली गरिएको छ, जुन अन्तर्राष्ट्रिय मूल्य कम नभइन्जेल त्यो करको दरलाई घटाउने, तत्काल अम्लेखगञ्जदेखि काठमाडौंसम्म पेट्रोलियम पदार्थको पाइप लाइन जोड्ने किनकि करिब ७०–८० लाख उपत्यमा जनसङ्ख्या रहेको छ । पेट्रोलियम पदार्थमा अझै पनि मिसावट गरिन्छ भनेर अनौपचारिक कुराहरू सुनिन्छ र मिसावट र चुहावट नियन्त्रण हुन्छ । त्यसैले मिसावट भएको पेट्रोलको प्रयोगबाट अर्को थप मेसिनरी समस्याबाट पनि गुज्रिनु परेको छ । यसको प्रतिकूल असर सबैलाई पर्नेछ ।