आषाढ श्रावणको वर्षा कम हुँदै आश्विन महिना शुभारम्भ भइसकेको थियो, आकाशमा लाग्ने बादल पातलिँदै गएर निलो आकाश खुलेसँगै धरती हरीयालीले सजिएर शोभायमान भएकी थिइ । ऊसँगै सोभायमान भएर बसेका पहाड, कन्दरा, नदी, नाला पनि सितल र सफा जल लिएर बगिरहेका थिए । बारीमा कतै कोदोको बाला फुलिरहेका थिए भने खेतका गराहरूमा पहेला धानका बाला झुलिरहेका थिए । यस्तो खुल्ला घमाइलो दिन आएपछि अब त दशैं आएछ है भन्ने हामी नेपालीहरूमा भान हुन्थ्यो । 

तिनै पहाड नदि नालाको बाटो हुँदै ओकाली ओराली गदै भरीयाहरू डोकोमा नाम्लो लगाएर थाप्लोको सहारा लिई उकालो चडिरहेका थिए ।  

बाटोको छेवैमा रहेको खरको छानो भएको काठको घरको अगाडि मुढामा बिर्खबहादुर (गाँउमा सबैले बिर्खे भनेर चिन्थे) झोक्राएर बसिरहेको थियो । बाटुली गुन्द्रीमा बसी गुन्दु्रक केलाइहेको थिई । दशैंको आगमनसँगै भरीयाहरू पातलिँदै गएका थिए । सायद किनमेलका सामानहरू सिरान गाँउतर्फका बजारमा पुगिसकेको थियो र आफ्नो घरव्यवहार मिलाउन सबैलाई चटारो पनि परेको थियो । 

सानी कुद्दै आई बिर्खेको अगाडि उभिई र हात समाउँदै ‘बाबा दशैंको लुगा किन्न जाने हैन’ भन्दै तान्न थाली । बिर्खेले ल ! ल !! हुन्छ भन्दै कुरा टा¥यो । सानीलाई निलो फ्रक र कालेलाई सर्ट पेन्ट र जुत्ता अनि बाटुलीलाई गुलाबी रंगको बुट्टेदार साडी किनीदिने रहर त थियो नि तर ती सारा चाहनाहरूलाई एकातिर पन्छाएर आपूm भित्र भित्रै जलिरहेकोको थियो बिर्खे ।

बिर्खेलाई दशैं आएको अलिकति पनि मन परेको थिएन । दशाले निम्त्याएको कल्पना गरेर बसिरहेको थियो ऊ । टाउको माथि ठुलै बज्रपात परेको थियो जुन उसले २० वर्षअघि देखिको बुबाको नासो बोकेको थियो । थोरै सम्झना मात्र छ, बिर्खेलाई बुबाको हातका औला समाएर तल्लो गाँउ झरेको र बुबाले पहाडे कागजमा बूढी औलाको छाप लगाई जिते साहुलाई रातो धनीपुर्जा सुम्पिई केही पैसा लिएको ।

महिना दिनअघि जिते साहुसँग बिर्खेको भेट भएको थियो साहुले बिर्खेलाई ‘अब तिमीले दिएको थोरै ब्याज मात्र लिन्न म तिम्रो बुबाले लिएको साउँ पचास हजार र उहिले देखिको बाँकिरहेको ब्याज पैतिस हजार गरी जम्माजम्मी पचासी हजार मलाई दशैंमा चाहिन्छ । सप्तमीको दिन आउछु’ भनेर हप्काएको थियो । पैसा पाइएन भने गाँउको पिपल बोटे चौतारीमा पञ्चहरू सामु छलफल हुनेछ र तिमीले भोगचलन गरेको जग्गाजमिन, खेतबारी मेरो हुनेछ भन्दै एक महिनाको समय दिई हिँडेको थियो जिते साहु ।

साहुसँग कसरी सामना गर्ने त्यहीँ सोचिरहेको थियो कही कतै कुनै निकास नपाएपछि बिर्खेलाई बाँच्न मन लागेन । घरजग्गा जिते साहुले लगेपछि घर परिवारको विचल्ली भएको देखिरहेको थियो बिर्खेले । कहिले परिवार र केटाकेटीको अनुहार देख्थ्यो भने कहिले जिते साहुको र कहिले चामलको बोरा माथि राखेको डोरी । 

बिर्खे सानो छँदै बुबाको देहान्त भएको थियो । बिर्खेले पढ्न सकेन । आमाले अर्काको ढिँकी जातो गरी कमाएको पैसाले घर चलेको थियो । एक वर्षअघि आमाको पनि मृत्य भए पछि बिर्खे टुहुरो बनेको थियो । अर्काको जग्गामा हलीको काम गरी घर ब्यवहार चलाउँदै आएको थियो । सोझो र इमानदार भएको कारण गाउँमा सबैले उसलाई केही न केही काम दिइरहन्थे र दुई चार पैसा जोड्न सकेको थियो । बिर्खेलाई थाहा भएसम्म बुबाले पाँचहजार मात्र ऋण लिएको भन्ने कुरा सुनेको र बुझेको थियो तर बुबाको देहान्त पछि जिते साहुले पचास हजार तिम्रो बुबाले लिएको भनेपछि बिर्खेको सातो गएको थियो उसलाई मर्नु न बाँच्नु भएको थियो र पनि बिर्खेले हिम्मत हारेन । पचास हजारकै भए पनि ब्याजसम्म तिरिरहेको थियो ।

साँझ पर्न थाल्यो बाटुलीले टुकी बालेर खाना पकाई, सानी र काले भात खाएर आमासँगै सुते तर बिर्खेलाई निन्द्रा लागेन भोलि बिहान पञ्च र जिते साहुका अगाडि कसरी पर्ने भन्ने सोचिरहेको थियो । बल्लतल्ल जोडेको तीन हजार पैतिस सय रुपैयाँबाहेक अरू केही थिएन । मुखमै रहेको दशंैतिहार मनाउने कि साहुको ऋण तिर्ने बिर्खे दोधारमा थियो । हरेक पक्षबाट बिर्खेले आफ्नो घर परिवार र घरजग्गा जोगाउन सोच्यो तर कुनै समाधानको बाटो देख्न सकेन ।  एउटा ऋण तिर्न अर्को फेरि ऋण कहाँबाट लिने त्यो झन् सम्भव थिएन । सोच्दा सोच्दै बिर्खे कति बेला निदायो थाहै भएन एक्कासी कुखरी काँको आवाजसँगै बिर्खे बिउँझ्यो उसलाई ठूलाठूला कान, अाँखा, नाक, मुख, दारा, सिंह र यमानको जिउ भएको राक्षसले खेदाइरहेको थियो जसको अनुहारमा जिते साहुको आकृति झल्किरहेको थियो । केही समयको लामो संघर्षपछि बिर्खे उकालो चढी ज्यान जोगाउन सफल भएको थियो र सपनाबाट झसङ्ग भई ब्युझेको थियो ।

सप्तमी पूmलपातीको दिन जसरी जसरी समय बित्दै थियो त्यसरी नै बिर्खेको छटपटी बढिरहेको थियो । बिर्खेको धैर्यको सिमा टुट्न थालेको थियो । के गर्ने, के नगर्ने सोच्न सकिरहेको थिएन । एकातिर सानी, काले र बाटुलीको अनुहार देख्थ्यो भने अर्कातिर जिते साहु । यस्तो पनि दिन भोग्नु पर्छ भन्ने कल्पनासमेत गरेको थिएन । बिर्खेले पञ्च भलादमीको सामु के भन्ने र इज्जत कसरी जोगाउने भन्ने विषयमा सोचिरहेको थियो ।

मध्यान्ह भइसकेको थियो बिर्खे कोठा भित्र खाटमा पल्टेर हुने नहुने कुराहरू सोची रहेको थियो उसको दिमागमा ज्वारभाटा चलिरहेको थियो । बाटुलीले बिर्खेलाई बोलाउँदै कोठाभित्र छिरी र बिर्खेलाई एकछिन घर नजिकै तल्लो बजार जाने बाटोको पूर्वतिर रहेको भगवती मन्दिर पुगेर आउन भनी ।

भगवती मन्दिर बिर्खे बस्ने गाँउ पस्ने प्रवेशद्वारमै थियो जहाँ गाउँलेहरू पूजाआजा गर्न जान्थे र आफूले चिताएको मनोकांक्षा पूरा हुने विश्वास लिएका थिए । नवरात्रिको समय भएकाले बिहानभरि निकै चहलपहल थियो तर मध्यान्हको समयमा भीडभाड कम भइसकेको थियो ।

बिर्खेलाई उठ्न मन लागेन । श्रीमती र केटाकेटीले ज्यादै कर लगाएपछि बिर्खे परिवारसँगै मन्दिरतिर गयो । मन्दिर पुग्नै लागेपछि बिर्खेले बाटुलीलाई ‘एकछिन ल’ भन्दै घर फर्कियो र कोठाभित्र पसी चुकुल लगायो । जिते साहुको आउने समय भइसकेको थियो क्यारे । साहुसँग कसरी सामना गर्ने त्यहीँ सोचिरहेको थियो कही कतै कुनै निकास नपाएपछि बिर्खेलाई बाँच्न मन लागेन । घरजग्गा जिते साहुले लगेपछि घर परिवारको विचल्ली भएको देखिरहेको थियो बिर्खेले । कहिले परिवार र केटाकेटीको अनुहार देख्थ्यो भने कहिले जिते साहुको र कहिले चामलको बोरा माथि राखेको डोरी । 

आज सबै तिरबाट हारी सकेको थियो बिर्खे । अचानक बिर्खेको दिमागमा के आयो कुन्नी बिर्खे उठ्यो र चामलको बोरा माथि राखिएको डोरी समाउन पुग्यो त्यतिकैका ढोकाबाट सानो स्वरसहित घचेटेको आवाज आयो, बिर्खे अत्तालियो र ढोकाको प्वालबाट आएको अवाजलाई सुन्ने र हेर्ने कोशिस गर्यो । बाबा ढोका खोल्नुस् न भन्दै सानीले ढोका घचेटी रहेकी थिई । बिर्खेले आपूmलाई केही सम्हाल्दै विस्तारै ढोका खोल्यो र सानीतिर हे¥यो । सानीको हातमा एउटा सानो कालो ब्याग देख्यो । ‘बाबा बाबा यो हेर्नुस् त के हो यो ?’ भन्दै ब्याग बुबाको हातमा थमाइ दिई । बिर्खे एक छिन त अलमलियो त्यसपछि कुनै विचार नगरी त्यो ब्याग विस्तारै खोल्यो । ब्यागभित्र केही कागजपत्र र केही पैसा थिए । त्यति धेरै रुपैयाँ देखेपछि बिर्खे डरायो र त्यहाँ भएको कागज पत्र हेरेपछि त झन् होस उड्यो । जुन सोच्दै नसोचेको कुरा थियो त्यो ब्यागभित्र । यसो कागजपत्र हेर्दा चिने जस्तो लाग्यो । पल्टाएर हेर्दा २० वर्ष अघि जिते साहुकहाँ जाँदा बुबाले पहाडे कागजमा औठाको छाप लगाएको जस्तो याद आयो र अर्को रातो कागज हेर्दा नपढे पनि घरको धनीपुर्जा हो भन्ने थाहा पायो । 

‘सानी यो ब्याग कहाँबाट ल्यायौ ?’ भनेर बिर्खेले छोरीलाई अत्तालिएर सोध्यो सानीले भगावती मन्दिर अगाडि रहेको फलैचानिर भेटेको जानकारी दिई । बिर्खे मनमनै खुसी त भयो तर उसलाई डर पनि लागिरहेको थियो कि जिते साहुले आज के गर्ने हो भनेर । बिर्खेले सानीलाई ब्याग भेटाएको ठाउँ देखाउन भन्यो र सँगै हिड्यो । उनीहरू ब्याग भएको ठाँउ मन्दिर नजिक पुगे । बिर्खेले हृदयबाट नै भगवतीको आराधना गर्यो र मन्दिरमा प्रवेश गरी मनमनै आशीर्वाद माग्यो । 

मन्दिरभित्रबाट बाहिर निस्कने क्रममा बिर्खेले ‘बाबा बाबा’ भनी कराउँदै मन्दिरतिर आउँदै गरेको कालेलाई देख्यो । कालेले बाबालाई नजिकै रहेको स्वास्थ्य चौकीमा लग्यो जहाँ चौकी बाहिरपट्टि बाटुली बसिरहेकी थिई । ‘के भयो बाटुली ?’ भनेर बिर्खेले सोध्यो । बटुलीले बिर्खेलाई समाएर स्वास्थ्य चौकीभित्र लगी र एकजना बेडमा सुतिरहेको मानिसलाई देखाई त्यो मानिसलाई देखेर बिर्खेको सातो गयो त्यो मान्छे अरू कोही नभई जिते साहु थियो ।

बाटुलीले मन्दिर प्रवेश गर्न लाग्दा एकजना मनिस मन्दिर अगाडि चिप्लेर लडेको देखेको थिई जसको टाउको फुटेर रगत बगिरहेको थियोे । वरपर कोही मानिस नदेखेपछि बाटुली र काले मिलेर जसोतसो त्यो मानिसलाई सहारा दिई स्वास्थ्य चौकी लिएर गएका थिए । त्यही मानिस लडेको ठाउँदेखि केही पर सानीले ब्याग भेटेकी थिई र कसैलाई जानकारी नै नदिई घर फर्केकी थिई ।

बिर्खेले बोल्न सकी नसकी साहुको स्वास्थ्य स्थितिको बारेमा जानकारी लियो र डराउँदै त्यो ब्याग जिते साहुको हातमा दियो । जिते साहुको स्वास्थ्यअघि भन्दा अहिले केही सुधार भइसकेको थियो । जिते साहुले आफ्नो ब्याग चिन्यो र त्यो ब्याग लिई मुसुक्क हाँस्दै बिर्खेलाई भन्यो ‘आज तिम्रो श्रीमतीले मलाई समयमै यहाँ ल्याई दिएर मेरो ज्यान बचेको छ । समयमै नल्याई दिएको भए टाउकोबाट रगत बगेर म बाँच्ने थिइन । धन्यवाद छ तिमी र तिम्रो परिवारलाई’ भन्दै त्यो ब्याग जिते साहुले खोल्यो र त्यसभित्र रहेको धनीपूर्जा र तमसुक बिर्खेको हातमा थमाई दियो ।

बिर्खे अलमलमा पर्यो । त्यतिकैमा जिते साहुले ‘मैले पाउने जति सबै साउँब्याज पाइसकेको छु अब तिमीले मलाई केही तिर्नु पर्दैन । ल ! राम्ररी घर जाऊ र दशैं मान अनि दशैंमा मेरो घरमा पनि टीका थाप्न आउ है’ भन्यो । यति सुनेपछि बिर्खेको खुसीको सीमा रहेन उसलाई ठूलै युद्ध जितेको जस्तो अनुभव भइरहेको थियो । उसको आखाँबाट खुसीका आँशु छचल्किएर आए । यो घटनाले जिते साहुमा धेरै परिवर्तन आइसकेको थियो साच्चै नै ऊभित्र रहेको राक्षसको अन्त्य भइसकको थियो । सायद माँ भवानी दुर्गेकै कृपा होला ।

बिर्खे घर आएर लामो सास फेर्यो । अब उसलाई कुनै डर, त्रास, चिन्ता र तनाव थिएन उसले मनमनै सोच्यो सायद उसको कर्मको प्रतिफल नै उसले पाएको सम्झ्यो ।

आज टीकाको दिन सानी निधार भरी टीका लगाई आफ्नो मन पर्ने लुगा लाएर नाचिरहेकी थिई, काले र बाटुली खुसी देखिन्थे र बिर्खे सन्तुष्टिको सास फेर्दै आफ्नो परिवारसँग दशैं मनाइरहेको थियो ।