सङ्खुवासभा। जिल्ला अस्पताल सङ्खुवासभालाई आवश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अस्पताल प्रशासन र सामान आपूर्र्ति गर्ने कम्पनीबीच मिलेमतो भएको पाइएको छ ।

झण्डै तीन करोडको लागतमा भेण्टिलेटर र आइसियु वार्डका सामग्री आपूर्तिका लागि भएको ठेक्का स्वीकृतिमा अस्पताल प्रशासन र सामान आपूर्तिकर्ता कम्पनीबीच मिलेमतो भएको पाइएको हो । ठेक्का प्रक्रिया खरिद ऐनको प्रावधान उल्लङ्घन भएको भन्दै आवश्यक छानबिन र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न सरोकारवाला निकायमा उजुरी परेको छ ।

भेण्टिलेटर र आइसियु वार्डका सामग्री खरिद गर्न भन्दै जिल्ला अस्पताल सङ्खुवासभाले २०७८ जेठ १६ गते काठमाडांैबाट प्रकाशन हुने एक दैनिकमा बोलपत्र आह्वानसम्बन्धी सूचना प्रकाशन गरेको थियो । सोे सूचनाअनुसार मेनका इण्टरप्राइजेज प्रा.लि., ¥यापिड टेडर्स, प्रोफेसनल मार्केटिङ प्रा.लि., युनाइटेड मेडिकल डिभाइस प्रा.लि. र द मेडिकल सोलुशन प्रा.लि. गरी पाँचवटा कम्पनीले बोलपत्र पेश गरेका थिए ।

उक्त सूचनामा मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक २ करोड ६० लाख ५३ हजार १ सय १० रुपैयाँको सीमामा रही आपूर्ति मूल्य घटाघटबाट भेण्टिलेटर र आइसियु वार्डका सामग्री आपूर्ति गर्न योग्यता पुगेका कम्पनीहरूलाई बोलपत्र पेश गर्न आह्वान गरिएको थियो । उक्त बोलपत्रदाता कम्पनीहरूमध्ये ¥यापिड टेडर्सले सूचना बमोजिमको सामान आपूर्ति गर्न सबैभन्दा बढी रकम २ करोड ८८ लाख ५१ हजार १ सय ९३ रुपैयाँ ९ पैसाको बोलपत्र पेश गरेको थियो भने मेनका इण्टरप्राइजेज प्रा.लि.ले सबैभन्दा कम २ करोड ५३ लाख ७० हजार ७ सय ६० रुपैयाँको बोलपत्र पेश गरेको थियो ।

सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा कम मूल्य कबोल गर्ने आपूर्तिकर्ता मेनका इण्टरप्राइजेज प्रा.लि.ले स्वीकृति पाउनुपर्ने हो । तर, जिल्ला अस्पतालले २०७८ असार २८ गते पुनः सोही दैनिकमा प्रकाशित बोलपत्र स्वीकृत गर्ने आशयको अर्को सूचना प्रकाशन गर्दै सामान आपूर्ति गर्न सबैभन्दा बढी रकमको बोली लगाउने ¥यापिड ट्रेडर्सलाई योग्य ठह¥याई स्वीकृतिका लागि सिफारिस गरिएको छ ।

अस्पताल प्रशासनले भेण्टिलेटर र आइसियुका सामग्रीहरूको स्पेसिफिकेसन निर्माण र ठेक्का स्वीकृतिका लागि बायोमेडिकल इञ्जिनियर अमितकुमार चौधरीलाई जिम्मेवारी दिएको थियो । इञ्जिनियर चौधरी काठमाडौंको शिक्षण अस्पतालका जागिरे हुन् । उनले पनि यो टेण्डर प्रक्रियामा एक पटक पनि सङ्खुवासभा नआई काठमाडौंमै बसेर सम्पूर्ण कागजपत्र र स्पेसिफिकेसन तयार गर्नेदेखि ठेक्का स्वीकृतिका लागि सिफारिस गरेको देखिन्छ ।

यस विषयमा इञ्जिनियर चौधरीले आफूले काठमाडौंमा नै बसेर सबै काम गरेको स्वीकार गर्दै आफूले तयार गरेको स्पेसिफिकेसन अनुसार गुणस्तरीय स्वास्थ्य सामग्रीको बोलपत्रलाई स्वीकृत गर्न सिफारिस गरेको दाबी गरे । अस्पताल प्रशासनको यो नियत सार्वजनिक भएपछि अन्य कम्पनीहरूले बोलपत्र स्वीकृत गर्ने आशय पत्रको पुनरावलोकन गरी पाऊँ भनी सम्बन्धित निकायहरूमा उजुरी दिएका छन् ।

यस विषयमा अस्पताल प्रशासनसँग सम्पर्क राख्दा अन्य कम्पनीभन्दा ¥यापिड ट्रेडर्स सामान आपूर्ति गर्न योग्य भएको भन्दै पन्छिएको छ । अस्पतालका क्रियाकलाप सम्बन्धी सूचनाहरू सामान्यतः अस्पतालको सूचनापाटीमा समेत टाँस भएको हुनुपर्नेमा बोलपत्र आह्वान र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना दुवै अस्पतालको सूचनापाटीसमेत देखिँदैन ।