कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरले पहिलेभन्दा तुलनात्मक रूपमा बालबालिकालाई बढी प्रभाव पारिरहेको छ ।

कोभिड–१९ का केही भेरिएण्टहरू थप सङ्क्रमण र केही हदसम्म प्रतिरोधात्मक क्षमतालाई छल्ने खालका छन्, जस्तैः भारतीय भेरिएण्ट (बी.१.६१७), युके वा केण्ट भेरिएण्ट (बी.१.१.१), दक्षिण अफ्रिका भेरिएण्ट (बी.१.३५१), ब्रजिल भेरिएण्ट (पी.१) देखिएको छ ।

कोभिड–१९ भनेको कोरोना भाइरस(SARS - CoV-2) को कारण हुने सङ्क्रामक रोग हो र यो रोगले मुख्यतया ज्वरो, खोकीजस्ता लक्षणहरू देखिने गर्छ ।

सामान्यतया यो रोग ड्रपलेट इन्फेक्सन र कण्ट्याक्ट इन्फेक्सनद्वारा फैलिन्छ । ज्वरो आएमा वा श्वास फेर्न कठिन भएमा वा स्वाद थाहा पाउने क्षमता गुमाएमा वा गन्ध पाउने क्षमता गुमाएमा वा झाडापखाला लागेमा कोरोना परीक्षण गर्न सकिन्छ ।

कोरोना परीक्षणमा पोजेटिभ देखिएमा होम आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुराहरूः  

होम आइसोलेसनमा बस्दा दिनमा ३–४ पटक अक्सिनजको स्तर नाप्ने गर्नुपर्छ ।

झ्याल खुला राख्नुपर्छ, आराम गर्नुपर्छ र पोषिलो तथा झोलिलो खानेकुरा खानु पर्छ ।  

यदि बढी ज्वरो आएमा औषधि खानुपर्छ । यदि बालबालिकाले खाना नखाएमा ज्वरो १०१ भन्दा बढी आयो र छिटो–छिटो श्वास–प्रश्वास हुने गरेमा, कोखा हानेमा अक्सिनजको स्तर ९५ प्रतिशतभन्दा कम भएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ र जतिसक्दो चाँडो अस्पतालमा गई चिकित्सकलाई देखाउनु पर्छ ।

अस्पताल बन्द भएको बेला ज्वरो आएमा के गर्ने ?

ज्वरो कम गर्ने प्यारासिटामोल, जसलाई एसिटामिनोफेन पनि भनिन्छ, एक औषधि हो, जुन ज्वरो र हल्कादेखि मध्यम् दुखाइको उपचार गर्न प्रयोग गरिन्छ । कोरोनाबाट बचाउन अभिभावकले सतर्कता कुन कुरामा गर्नुपर्छ ।

खेलकुदका सुरक्षित स्थानको व्यवस्थापनदेखि उनीहरूको मानसिक स्वास्थ्यमा प्रभाव नपरोस् भनेर बालबालिकाहरूको उमेरका हिसाबले सिर्जनात्मक क्रियाकलापमा लगाउन चाँजोपाँजो मिलाउन अभिभावकले भूमिका खेल्नुपर्ने पर्छ ।

सम्बन्धितले बालबालिकाहरूलाई सङ्क्रमणबाट जोगाउनका लागि  विद्यालयहरू बन्द गर्नुपर्छ । अनलाइन कक्षा चलाउन सकिन्छ ।

घर भित्रबाहिर गर्ने अभिभावकहरूले घर आउनासाथ सिधै बालबच्चालाई समात्न हुँदैन । सरसफाइमा ख्याल राख्नुपर्छ ।

जहाँतहीँ मास्क नफालौँ, बाहिरको कपडा पनि छुट्टै राख्नुपर्छ र  सकिन्छ भने नुहाएर मात्रै बालबालिका समाउने गर्नुपर्छ ।

मानिस–मानिसबीच दूरी राख्नुपर्ने Social distancing: सामाजिक दूरी) या बाहिर निस्कने बखतमा मास्क लगाउने सङ्क्रमण रोकथामका प्रति कदम अपनाउनु जरुरी हुन्छ ।

(बालरोग विशेषज्ञ, उप–प्राध्यापक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान । (बालबालिकाको डाक्टर साथी पुस्तकका लेखक)