धरान । भारतको दक्षिणी प्रान्त तालिमनाडुमा पदीय हैसियतमा ग्राम पञ्चायतको मुखिया नै भए पनि दलित महिलालाई भुइँमा बस्न बाध्य पारिएको घटनाले दलित समुदायमाथि हुने विभेदको उत्कर्षबारे बीबीसी हिन्दी सेवाले सार्वजनिक गरेको छ । घटना तालिमनाडुको कुड्डालोर जिल्लाको थेरक थित्ताई ग्राम पञ्चायतको हो ।

ग्राम पञ्चायतको अध्यक्ष भएकी दलित महिला राजेश्वरी सरवणकुमार र अर्की वार्ड सदस्य दलित महिलालाई परिषद्को बैठकमा सोही ग्राम पञ्चायतका उपाध्यक्ष मोहनराजले आफूहरू गैरदलित उच्च जातिको भएकाले कुर्सीमा बस्ने र दलितले भुइमा बस्नुपर्ने जिकिर गरेपछि अध्यक्ष राजेश्वरी र अन्य दलित सस्दस्यहरू भुइँमा बस्न बाध्य भएका थिए ।

परिषद्को बैठकमा दलित पदाधिकारी जति भुइँमा र कथित उच्चजातिका पदाधिकारी जति कुर्सीमा बसेको तस्बिर सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि आधुनिक र विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा दलितमाथि गरिने विभेदबारे उक्त घटनाले चर्चा पाएको हो ।

तामिलनाडुमा १२ हजारभन्दा बढी ग्राम पञ्चायत छन् । १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भए पनि स्थानीय निकायमा निर्वाचित दलित प्रतिनिधिहरूमाथि विभेद र दुव्र्यहार भने कायमै रहेको छ । दलित समुदायमाथि हुने विभेदको यही निरन्तरताको एउटा पाटो हो यो ।

यद्यपि, प्रहरीले घट्ना सार्वजनिक भएपछि कुड्डलोर जिल्ला प्रशासनले दलितमाथिको उक्त विभेदलाई सामाजिक अपराध मानेर उपाध्यक्ष मोहनराज, सदस्य सुकुमार र सचिव सिंदुजाविरुद्ध उजुरी दिएका छन् । परिषद्का आरोपित सदस्य र पञ्चायत सचिवलाई प्रहरीले गिरफ्तार गरेको छ तर मुख्य अभियुक्त मानिएका उपाध्यक्ष मोहनराज भने फरार रहेका छन् ।

घटना सार्वजनिक भएपछि मिडियाको सम्पर्कमा आएकी राजेश्वरीले आफू ग्राम पञ्चायतको अध्यक्ष चुनिएपछि परिषद्को बैठकमा बस्ने कुर्सी नै नदिएको बताएकी छन् । यतिमात्र नभएर गणतन्त्र दिवसमा राष्ट्रिय झण्डासमेत फहराउन नदिएर अपमानित गरेका थिए ।

_114844884_66e18e10-7db1-4394-ba34-8910dfe433a5 उनले भनिन्, ‘गणतन्त्र दिवसमा राष्ट्रिय झण्डालाई फहराउन मलाई नदिएपछि उपाध्यक्षका पितालाई फहराउन दिइयो । परिषद्को बैठकमा कुर्सीमा त बस्न दिएनन् नै भुइँमै बसेर भए पनि मैले आफ्नो ग्राम पञ्चायतको विकास र हितमा कुरा राख्न खोज्दा पनि मलाई केही गर्न आउँदैन भन्दै चुपचाप बस्न लगाउँछन् ।’

सोही ग्राम पञ्चायतकी महिला वाड सदस्य सुङ्गतीले परिषद् बैठकमा आफूहरूलाई पदाधिकारी सदस्यको रूपमा न्युनतम मानवीय सम्मान पनि नदिएको बताइन् । उनले भनिन्, ‘परिषद्को आधिकारिक सदस्य भएर पनि यसकारण सहन बाध्य भएका छौं कि हामी दलित हौं ।’

फरार उपाध्यक्ष मोहनराजले बीबीसीलाई फोन सम्पर्कमा आफूले त्यस्तो कुनै विभेद नगरेको बताएका छन् । उनले परिषद्को बैठकमा अध्यक्ष राजेश्वरी आफै नै भुइँमा बसेको बताए । उनले भने, ‘गलत मनसायले राजेश्वरीले यो प्रकरणलाई जनताको बीचमा लगिरहेकी छन् । जबकि महिनौंसम्म पनि उनले यस विषयमा किन केही बोलिनन् ।’

बीबीसी हिन्दी सेवाबाट अनुदित/तस्बिर स्राेतः बीबीसी हिन्दी