• डा.अरुण कुमार सिंह

dr arun

अहिले नेपालको विभिन्न भु-भागमा डेङ्गु रोगि पनि देखा पर्ने शुरु भइसके को छ  । डेंगु ज्वरो लागेको विरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज/Aedes)मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ। समयमै यस रोगको रोकथामको बारेमा नसोचिदा र जनचेतनाको आभावले हरेक वर्ष यसले महामारीकै रुप लिने गरेको छ ।

डेंगु ज्वरो भनेको के हो ?
       
     भाइरसद्धारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । यो डेंगु भाइरसको संक्रमणले गर्दा लाग्ने रोग हो। यो भाइरस ४ प्रकारका हुन्छन्। डेंगु भाइरस-१, २, ३ र ४ । एक खालको भाइरसको संक्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ, अर्थात् एकपटकको संक्रमणपछि लाइफ लंग इम्युनिटि हुन्छ। तर अन्य प्रकारका डेंगु भाइरसको संक्रमणबाट भने केहि समयलाई मात्र सुरक्षा हुन्छ र त्यो लागेपछि त्यसका जटिल समस्याहरु आउने सम्भावना बढेर जान्छ।


डेंगु ज्वरोका तीन अवस्थाहरु हुन्छन्।
१. साधारण डेंगु ज्वरो
२. डेंगु हेमोरेजिक ज्वरो
३. डेंगु शक सिन्ड्रोम

हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुन सक्छ ।

डेंगु ज्वरोका लक्षणहरु के हो ?

डेंगु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् सामान्यतया डेंगु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्।यसका प्रमुख लक्षणहरू ज्वयो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ।  

- एक्कासि उच्च ज्वरो आउनु हो, ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ ।

–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

– असाध्यै टाउको दुख्ने

–शरीरमा विमिरा आउने

–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने

–नाक वा गिजाबाट रगत बग्ने

–वाकवाकी लाग्ने

–पेट दुख्ने

–रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने,

-बेहोश हुने

डेंगु ज्वरो बाट बच्ने उपायहरु के हो ?

–सुत्ने बेलामा झुल लगाएर सुत्ने,

-घर वरिपरि सफा राख्ने,

-फोहोर पानी जम्न नदिने,

-हातखुट्टा छोप्ने गरी लामा कपडा लगाउने, -

-घर वरिपरि लामखुट्टे मार्ने औषधीहरु छर्ने गर्नुपर्छ

–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने

–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने

–फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने

–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ

–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।

–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ

–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ

–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

डेंगु ज्वरोको कसरी गरिन्छ परीक्षण ?

 डेंगू ज्वरो को परीक्षण गर्न बिरामीको रगत तथा सेरमको नमुना लिने गरिन्छ । विभिन्न कोषहरुमा कल्चर गरेर कीट तथा सेरोलोजिकल टेस्टहरु  आदि गरेर प्रयोगशालामा सजिलै रोगको पहिचान गर्न सकिन्छ ।

डेंगु ज्वरोको उपचार के हो ?
यस रोगको अहीले सम्म कुनै खास औषधि तथा सुइ खोप उपलब्ध छैन । आराम गर्ने, प्रशश्त पानि पिउने तथा ज्वरो को औषधि सेवन गर्ने, रगत बगेको अवश्थामा जति सक्दो चाँडो अस्पताल पुग्ने गर्नु पर्दछ ।चिकत्सकले सही सलाइन पानि दिनु यो रोग मा धरै जरुरी हुन्छ । ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर ज्वरो घटाउने भनेर एस्पीरीन तथा आईबुप्रोफेन भने खान हुँदैन । डेंगू ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।

(उप-प्राध्यापक, बालरोग विशेषज्ञ, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान. धरान)