काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई वर्तमान संकटबाट संवैधानिक दायरामै रहेर राजनीतिक निकास दिन विचार–विमर्श जारी रहेको बताएका छन्। लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न आफू निरन्तर प्रयत्नशील रहेको उनको भनाइ छ।
आज जारी गरिएको विज्ञप्तिमा राष्ट्रपति पौडेलले आन्दोलनरत नागरिकका माग सम्बोधन गर्न छिटो समाधान खोजिने विश्वास दिलाउँदै सबै पक्षलाई संयमित रहि शान्ति कायम गर्न सहयोग गर्न आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलद्वारा राजनीतिक निकासका लागि विचार–विमर्शमा रहेको जानकारी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































