५ रूपैयाँ, २० रूपैयाँ, ५० र १०० रूपैयाँहरूको छलफल चल्दै थियो । 'आजकाल किन हाम्रो हजुरबा (रू १०००) बजारमा आजकाल देखिनु हुन्न बुवा ' भनेर १०० को नोटले ५०० को नोटलाई सोध्यो । ५ सयको नोटले भन्यो ' तेरो हजुरबालाई बाँधेर राखेको छ रे ।' 

'काँ बाँधेको रे बुवा ? '

'देउवाको घरको खाल्डोमा, अरू नेताहरूको घरको खाल्डोमा । ' ५ सयले जवाफ दियो ! 

' अनि एकलै ?'

' के को एक्लै ? बाजे जस्ता त करोड-करोडको संख्यामा अरे ! अनि त्यहि भएर हजुरबा बाहिर निस्कन नपाएर महंगी, बेरोजगारी र आर्थिक मन्दी बढेको रे ।' ५ सयको जवाफ थियो ।

   उत्सुकतापूर्वक १०० ले सोद्दै गयो । नाती ५० र पनाति २० पनि सुनिरहेका थिए । 'अनि तपाईं भन्दा अग्ला विदेशी साथीहरूलाई पनि कुनै बाँधेको अवस्थामा , कुनै डढेको अवस्थामा जेन्जीहरूले भेटेका थिए रे त ?' नाति ५० को नोटले पनि प्रश्न तेर्स्यायो ।

 Screenshot_20250912_145219_Chrome

' तैले १०० डलरको बिटा बिटा देखेर सोधेको होला । खै राष्ट्र बैंकले समेत मेरो साथीलाई नदेखेको रे त ! ' ५ सय पनि असमञ्जसमा पर्दै भन्यो । 

खासमा भको चाहि के र छ ? त्यसरी हाम्रा हजुरबालाई खाल्डोमै जाक्नु चै किन नि ? सोध्यो पनाति २० ले पनि । 

       'जागिर लाईदिए वापत, टिकट दिए वापत, गणतन्त्र ल्याईदिए वापत, ठेक्का र करको रकम मिलाई दिए वापत, मन्त्री बनाईदिए वापत, महाकाली बेचे वापत, भन्सार छली गरे वापत, सुनको विष्कुटका सयौ बोरा अध्यारोमा पास गरिदिए वापत, वलात्कार, ज्यानमुद्दा जिताई दिएवापत , संवैधानिक अंगमा नियुक्ति वापत लगायतका ठाऊँहरूबाट आका हजारौ संख्याका हजुरबाहरूलाई जनताले एकदिन पनि थाह नपाउन भनेर गाडेको अरे ! ' 

छोरा १०० ले फेरि सोध्यो -' अनि छविलाल र ओली बा' का मा चाहि गाडेको भेटेनछन् ? ' 

     ' टेरामक्सतिर पठाको अरे ! कति त स्वीस बैकमा अरे । दुबई लगायतका विदेशी शहरहरूमा प्लटिग र होटलमा लगाको छ रे ! '

' अनि पिण्ड खाने बेला किन चाहिएछ यिनलाई ? '

'त्यहि भएर पो गणतन्त्र यिनीहरूलाई फापेको रैछ नि ! ' 

'हो त , अहिले त गणतन्त्र जाने भो भनेर रून थालेका छन् डाकाहरू ! राजा आयो भने हामीलाई बाँकी राख्दैन भन्ने पीर पनि छ अरे , १७००० को साटो फेर्छन् र भारतीय दलाल भनिरहेकामा पीर पर्या छ रे ।'

Screenshot_20250912_145835_Chrome