श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ २९ गते आइतबार, १४ सेप्टेम्बर २०२५,सिद्धार्थीनाम संवत्सर। आश्विन कृष्णपक्षको सप्तमी तिथि ०८ः४४ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र रोहिणी १३ः०९ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः४९ बजे र सूर्यास्त ०६ः०८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर प्राप्त भए पनि समयको महŒव नबुझ्नाले पछि परिनेछ। अरूको आलोचना गर्दा आफैलाई हानि हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा धेरै समय दिन नसकिएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बोली र व्यवहारमा सजग रहनुपर्ला। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा केही लाभांश मिल्नेछ। आँटले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आगन्तुकहरूले अलमल्याउने हुँदा काममा समय दिन नसकिएला। कमजोरीलाई सुधार गर्ने मौका पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको उपयोगले ढिलै भए पनि काम बन्न सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विश्वासपात्रमाथि शङ्का जाग्न सक्छ।बलजफ्ती गर्नाले पनि कामकाजमा बाधा पुग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
टाढाका साथीभाइले काममा साथ दिनेछन्।प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। रोकिएको रकम उठ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भविष्यका लागि केही लगानी बढाउन सकिनेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आंशिक फाइदा भए पनि काम पूरा गर्न बढी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला।