श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ ३० गते सोमबार, १५ सेप्टेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। आश्विन कृष्णपक्षको अष्टमी तिथि ०६ः३० बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मृगशिरा ११ः४३ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०५ः४९ बजे र सूर्यास्त ०६ः०७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको भरपर्दा आफ्नो काम प्रभावकारी नहुन सक्छ। समस्या निम्तिने हुँदा योजना मिलाएर अघि बढ्नुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। व्यवहारमा सजग रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन्। अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न भने समय लाग्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ। तर शुभचिन्तकहरूले अप्ठ्यारो पर्दा साथ दिनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। स्वास्थ्य कमजोर हुने समय रहेकाले खानपानमा सजग रहनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बेलैमा होस नपु¥याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । लोकप्रियता हासिल गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेत गर्दा आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गरे लक्ष्य प्राप्तिका साथै दिगो काम प्रारम्भ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ।