धरान / विश्वमा महामारीको रुपमा फैलिएको कोराना भाइरस(कोभिड–१९)ले विश्वका शक्तिशाली देशहरुलाई हायलकायल बनाएको छ । अझै यसको भ्याक्सिन बन्न सकेको छैन् । ४ महिना अघि चीनबाट शुरु भएको यो भाइरस विश्वका मुलुकहरुमा महामारीको रुपमा झन बढेर गइरहेको छ । नेपालमा हालसम्म यस संक्रमणले ज्यान नगए पनि हालसम्म १२० जना संक्रमित भेटिएको तथ्याङ्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।

छिमेकी मुलुक भारतमा मात्र ६७ हजार भन्दा बढिमा संक्रमण देखिएको छ । २२ सय भन्दा बढि मानिसको मृत्यु भएको छ । सरकारले संक्रमणको हिसावले रेड जोनमा राखेको सुनसरी दक्षिण भारतसँग जोडिएको जिल्ला हो । पश्चिममा नेपालमा सबै भन्दा धेरै संक्रमण(३१ जना) भएको उदयपुरसँग जोडिएको जिल्ला सुनसरी पर्छ । यो हिसावले पनि सुनसरी उच्च जोखिममा छ ।

यी क्षेत्रका मानिस बढि जोखिममा

विशेष गरेर संक्रमणको जोखिममा स्वास्थ्यकर्मी, प्रहरी र पत्रकार देखिन्छन् । बढि संक्रमित भएको मुलुकमा स्वास्थ्यकर्मी बढि प्रभावित र प्रहरी र पत्रकारहरु पनि जोखिममा भएको पाइएको छ । यी तीन क्षेत्रका व्यक्तिहरु फ्रन्टलाइनमा बसेर काम गर्नु पर्ने भएकाले उच्च जोखिममा परेका हुन । जुनसुकै काम गर्दा व्यक्तिगत सुरक्षामा ध्यान पु¥याउनु पर्ने हुन्छ । विश्वव्यापी मान्यता अनुसार पहिले सुरक्षा त्यस पछि काम गर्ने भन्ने हो । तर व्यक्तिगत सुरक्षा सामाग्री र पूर्वतयारी विनै जोखिम क्षेत्रमा काम गर्दा स्वास्थ्यकर्मी, प्रहरी र पत्रकार जोखिममा हुने गरेका छन् ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिन अघि उदयपुरबाट ८ जना संक्रमितहरुको स्वाब लिन धरानमा ल्याइयो । स्वाब संकलन, सुरक्षा व्यवस्थालगायतको उचित प्रवन्ध प्रतिष्ठानले नगर्दा उनीहरुलाई ल्याएको ३ घण्टा पछि मात्र स्वाब लिने काम भयो । विहानदेखि दिनभरी केही नखाई राखे पछि विमारीहरु आक्रोसित भए । उनीहरुलाई नियन्त्रणमा राख्न प्रहरी नै परिचालन गर्नु प¥यो । सानो असावधानीले ती विमारीहरुसँग केही स्वास्थ्यकर्मी र प्रहरीहरु प्रत्यक्ष उनीहरुसँग सम्पर्कमा रहे ।

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले विमारीको स्वाब मात्र संकलन गरेर पठाउन पर्नेमा प्रतिष्ठानसँग समन्वय नै नगरि विमारी नै पठाए पछि असहज वातावरण सृर्जना भएको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिए । प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले स्थानीय तहसँगसमेत समन्वय नगरि विमारी ल्याएर पछि इलाका प्रहरी कार्यालय धरानको सकृयतामा उनीहरुलाई स्वाब संकलन पछि विराटनगरस्थित कोभिड–१९ अस्पताल लगिएको थियो ।

प्रहरी र स्वास्थ्यकर्मीहरु ७ दिन क्वारेन्टाइनमा

police

सानो असावधानीले उक्त घट्ना पछि प्रतिष्ठान पोष्टमा खटेका सई दुर्गा पराजुलीसहित ७ जना प्रहरी र विमारीसँग प्रत्यक्ष संलग्न भएका १५ जना स्वास्थ्यकर्मीहरुलाई समेत ७ दिन क्वारेन्टाइनमा राखिएको थियो । प्राविधीक समस्याले विमारीसँग निकट भएका कारण सावधानीका लागि चिकित्सकहरुको सल्लाहामा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

कोरोना संक्रमणको आशंकामा विमारी ल्याए पछि अस्पतालमा खट्ने प्रहरी, चिकित्सक र रिपोटिङका लागि आउने पत्रकारहरु व्यक्तिगत सुरक्षा अनपनाएर खट्नु पर्ने हुन्छ । तर ती ८ जना विमारी खाना नपाएर भाग्न लाग्दा एउटा माक्सको भरमा प्रहरीहरु खटिरहेका थिए । अहिले पनि फिल्डमा खटिएका प्रहरीलाई मास्क, पन्जा तथा स्यानिटाइजर प्रयाप्त छैन् । एउटा माक्सको भरमा उनीहरुले दिन भरी सुरक्षा प्रदान गरिरहेका छन् । लकडाउन कार्यन्वयनमा खटिरहेका प्रहरीहरु एउटा माक्स लगाएर दैनिक फिल्डमा छन् । ‘केही व्यक्तिगत सुरक्षाको व्यवस्था छैन् । माक्स पनि साथी भाइहरुसँग मागेर प्रयोग गरिरहेका छौं । एउटा माक्सको भरमा दिनमा रंगविरङका मान्छेसँग भेटिरहनु परेको छ ।’– फिल्डमा खटेका एक प्रहरी अधिकृतले भने–‘प्रतिष्ठानमा सुरक्षाका लागि खटेका प्रहरीलाई धेरै जोखिम छ ।’ सधै फ्रन्ट लाइनमा काम गर्ने प्रहरी एउटा माक्सको भरमा आफ्नो ड्युटी गरिरहेका छन् ।

police 1 त्यसो त झन स्वास्थ्यकर्मी बढि जोखिमा छन् । व्यक्तिगत सुरक्षा सामाग्रीको अभावमा उनीहरु जोखिम मोलेर काम गरिरहेका छन् । ‘धन्न धरानमा कसैलाई देखिएको छैन् । संक्रमण फैलिएमा चिकित्सकहरु पनि अछुतो रहदैंनन् ।’–प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंह भन्छन्–‘कोरोनाको विमारी भनेर टाउकोमा लेखेको हुदैंन् । जो आए पनि उपचार गर्नु पर्छ । सुरक्षाका सामाग्री प्रयाप्त छैनन् । नेपालमा भगवनाको कृपाले अहिलेसम्म केही भएको छैन् ।’

पत्रकारहरु माक्सको भरमा रिर्पोटिङमा

received_233267864764114 कोरोना भाइरसको महामारीमा मान्छे भेट्न हुदैंन । तर पत्रकारहरुलाई फिल्डमा पुगेर मान्छे नभेटेसम्म राम्रो स्टोरी बन्दैंन । विश्व स्वास्थ्य संगठनले व्यक्तिगत दूरी कायम गर्नु र घरबाहिर ननिस्कनु नै ज्यानमारा कोरोना भाइरसबाट बच्ने उपाय भनेर उर्दी जारी गरे पछि सबै भन्दा बढि तनाव पत्रकारलाई भएको छ ।
दशै र तिहारमा केही दिन विदा पाउदैं आएका पत्रकारहरु यो लकडाउनको अवधीमा पनि फिल्डमै छन् ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ र विश्व स्वास्थ्य संगठनले निम्नतम सुरक्षा विधी अपनाएर मात्र काममा जान भनेको छ । तर एउटा माक्सको भरमा फिल्डमा खटिरहेको पाइन्छ । कतिपय मिडियाले समाचारको लागि तागेता गरेका हुन्छन् । राम्रो समाचारको लागि फिल्डमा जानै प¥यो । तर उनीहरु सुरक्षित भने छैनन् ।

कतिपय मिडिया हाउसले एउटा प्रेस ज्याकेज, माक्ससमेत उपलब्द नगराएको अवस्था छ । अस्पताल तथा जोखिम मानिएका क्षेत्रमा जाँदा अनिर्वाय व्यक्तिगत सुरक्षा सामाग्री(पीपीई) प्रयोग गर्नु पर्ने हो तर यस्तो सामाग्री कतिपय सञ्चारगृहले उपलब्द नगराएको हिम शिखर टेलिभिजनका धरान सम्बाददाता तथा नेपाल पत्रकार महासंघ सुनसरीका कोषाध्यक्ष गोविन्द बस्नेत बताउछन् । जोखिम मोलेर एउटा माक्सको भरमा जनतालाई सूचना प्रवाह गर्ने काम पत्रकारले नछाडेको उनी बताउछन् ।

‘यो बेला समाचार ब्रेक गरेर पनि सुख छैन, मानिसहरू आतंकित होलान भन्ने पिर । नगरे पनि सुख छैन, सूचना मर्छ कि भन्ने पिर । आखिर जहाँ सूचना मर्छ, त्यहाँ हल्लाको राज चल्छ ।’–पोखराका पत्रकार केशवशरण लामिछाने भन्छन्–‘भ्रम र झुटको झन ठूलो आतंक मच्चिन्छ । त्यही आतंक चिर्न स्वस्थ सूचना पत्रकारको छनोट हुन्छ, जुन उसको जिम्मेवारी हो । यो जिम्मेवारी अझै कसरी निर्वाह गर्ने चुनौती छ ।’ घरमै बसेर समाचार नलेखेर चुकचुकाउने कि बाहिर निस्किएर समाचार लेख्नेर रोगी बन्ने जोखिम उठाउने भन्ने दोधारकै बीच सन्तुलन मिलाउँदै नहिँडे न पत्रकार भइन्छ, न त मान्छे नै ।'– उनी भन्छन् ।
पोइन्टर  अनलाइन(poynter.org)ले जनाए अनुसार हालसम्म विश्वमा ४० जना भन्दा बढि पत्रकारहरु कोरोना भाइरसका कारण मृत्यु भएको छ । नेपालमा पत्रकार सुरक्षित हुन घर मै बस्ने वाहेक अर्काे कुनै उपाय छैन् ।

स्वास्थ्यकर्मीहरुः युद्ध मैदानका सिपाहीहरु

विश्व स्वास्थ्य संगठनले व्यक्तिगत सुरक्षा सामाग्री संक्रमित बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई अनिर्वाय लगाउनु पर्ने बताएको छ । हेल्मेट, पञ्जा, चस्मा, प्रस्टसँग देखिने पोशाक वा लुगा, जुत्ता, डोरी, मास्क, गाउन लगाउनु पर्ने हुन्छ ।

व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को मुख्य उद्धेश्य सम्वन्धित सरोकारवाला सबै पक्षहरुबाट हुने सबै प्रकारका जोखिमहरुको न्यूनीकरण हो तथा दूर्घटनाको रोकथाम तथा असरको न्यूनीकरण नै हो । तर अधिकांश अस्पतलामा पीपीईको अभावका कारण स्वास्थ्यकर्मीहरु जोखिममा छन् ।

अस्पतलामा पीपीई अभाव

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक सय विमारीका लागि २० जना चिकित्सक हुनु पर्ने भनिएको छ । प्रतिष्ठानमा जनशक्तिको अभाव नभएको तर पीपीईको भने अभाव भएको हुने गरेको छ ।
मेडिसिन विभागका विभागीय प्रमुख तथा कोरोना विशेष अस्तताल हेदैं आएका प्राडा सञ्जिवकुमार शर्माका अनुसार आइसोलेसन वार्डमा हाल ७/७ दिनको समय तालिका बनाएर ४ समुहमा ६० जना स्वास्थ्यकर्मी खटाइएका् छ । ‘युद्ध मैदानमा होमिए पछि जोखिम त हुन्छ नै तर जोखिम न्यूनिकरणका लागि निम्नतम उपायहरु अपनाएका छौं ।’–प्राडा शर्माले भने–‘युद्धका लागि गोलीगठ्ठाहरु जुटाउने क्रममा पनि छौं ।’ अस्पताल प्रशासनका अनुसार प्रतिष्ठानमा चार वटा पुल बनाएर आइसोलेसन वार्ड संचालन हुदैं आएको छ । चिकित्सक, नर्स, सुरक्षागार्डसहित गरी एउटा पुलमा १५ जनाको टोली खटाइएको छ ।

विश्व स्वास्थ्य संगठनले भने अनुसारको पिपिई प्रतिष्ठानमा हाल ५० प्रति मात्र रहेको छ । केही पिपिई र परीक्षणका लागि किट, रिएजेन्टलगायतका सामाग्री काठमाडौबाट मगाइएको प्राडा शर्माले जानकारी दिए ।

सुरक्षा सामाग्री प्रयोग गर्न हेलचेक्राई

चिकित्साकर्मी तथा स्वास्थ्यकर्मीहरु पनि समय र आफ्नो कामको प्रकृति अनुसार फरक–फरक किसिमका व्यक्तिगत सुरक्षा सामाग्री प्रयोग गर्नु पर्ने हुन्छ । सामान्य परिस्थितिमा कति चिकित्सक र स्वास्थ्यकर्मीहरु यो लगाउन लाज मान्छन् यो आवश्यक ठान्दैनन । जस्तैः धेरै चिकित्सकहरुले पनि बिरामीको चेकजाँच गर्दा एप्रोन लगाउने गरेको पनि पाइदैन । अन्य बेला त संक्रमणको जोखिम बढ्छ भने यो कोरोना महामारीको बेला त झनै जोखिम हुन्छ । चिकित्सकहरुले आफ्नो व्यक्तिगत सुरक्षाका लागि सावधानी आवश्यक भएको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साह बताउछन् ।