अमेरिका, इटाली,फान्स जस्ता विशवका शक्तिशाली मुलुकहरुमा कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गइसकेको छ । तर दक्षिण कोरियाले भने विभिन्नप्रविधीहरु अपनाएर कोरोनालाई नियन्त्रण बाहिर जान दिएको छ्ैन् । हालसम्म दक्षिण कोरियामा ९ हजार ५ सय ८३मा कोरोना संक्रमण देखिएको छ । १ सय ५२ जनाले ज्यान गुमाएका छन् । ५ हजार ३३ जना निको भएका छन् । एक्टिप केस ४ हजार हाराहारीमा रहेको छ ।

  •  संक्रमण फैलिन नदिन के गदैंछ कोरिया सरकार

corona_test station

received_243535020134336 दक्षिण कोरियाले संंक्रमण फैलिन नदिन विभिन्न प्रविधी अपनाएको छ । अन्य मुलुकहरु जस्ता लकडाउन कोरियाले गरेको छैन् । क डाउन गरेको छ । बाहिर निस्किदा दुव्यवहार गर्ने, पक्राउ गर्नुपर्नेअवस्था त्यहाँ छैन् । मानिसहरु आफू आफ्नााेाे ज्यानकन लागि सुरक्षित भएर घरमा बसेका छन् । सडकको ठाँउठाँउमा फिवर क्लिनिक राखिएको छ । हिडदा हिड्दैंका शंका लागेका मानिसबाट थ्रोट स्वाबलिएर  जाँच्ने प्रविधि छ । १० मिनेटमा रिर्पोट तयार हुन्छ । टेष्ट पोजेटिभ देखिए सरकारले तत्काल नियन्त्रणमा लिएर आइसोसेलसनमा राख्ने व्यवस्था छ । गाडीहरुमा पनि चेक जाँच गर्ने व्यवस्था गरिएको छ ।

  • कोरोना संक्रमणका जानकारी दिने एप्स

apps

काेराेना संक्रमित थाहा पाउने एप्स।

apps1

५ किमी दुरीमा स्ट्रिट क्लिनिकहरु छन् । ती क्लिनिकहरुमा उच्च प्रविधीको कोरोना संक्रमण पत्ता लगाउने एप्स पनि छ । एप्सको माध्यमले कसन क्षेत्रमा कोकति संक्रमणका चपेटामा भन्ने कुरा एप्सले जानकारी दिन्छ । सोही जानकारी अनुसार कोरिया सरकारले त्यस्ता क्षेत्रमा सिल गर्ने गरेको छ । एक सय मिटर क्षेत्रमा त्यस एप्सले काम गर्ने गरेको छ । कोरिया सरकारले प्रयोग गरेको यो प्रविधिले सरकारलाई संक्रमण नियन्त्रण र पत्ता लगाउन निकै उपयोगी भएको छ । एप्सले सबै एकुरेट टाडा दिन्छ । त्यही आधारमा सरकारले व्यवस्थापन र निगरानी गरिरहेका छ ।

  • उत्पादन क्षेत्र आफ्नो काममा व्यस्त छ

received_548858309364314 1

नेपाल र भारतको जस्तो त्यहाँ सबै क्षेत्र बन्द छैन् । खाद्यन्न उत्पादन गर्ने कम्पनिलाई विशेष सुरक्षा अपनाएर २४सैं घण्टौ उत्पादनमा लगाइएको छ । खाद्यन्न, तरकारीलगायतका आवश्यक पर्ने सामाग्री उत्पादन कार्य रोकिएको छैन् । त्यहाँ काम गर्ने मजदुरहरुका लागि विशेष सुरक्षा र आकर्षक तलव सुविधा व्यवस्थापन गरिएको छ । माक्स बनाउने प्रसस्त नयाँ कम्पनि बनाएर उत्पादन गरिरहेका छन् । खेतमा काम गर्नेहरुलाई विशेष सुरक्षा अपनाएर काम गरिरहेका छन् । त्यहाँ काम गर्ने मजदुर, कामदार आफू सुरक्षित भएको महसुस गर्छन् । परसोलन प्रोटेक्ट इक्युपमेन्ट(पिपिइ) सबै कामदारहरुलाई वितरण गरिएको छ । यस्ता सामाग्री कोरियाले आफै उत्पादन गरेको छ । अमेरिकी सरकारले समेत कोरियाबाट आवश्यक सामान खरिद गरेर लगेको छ । कोरियामा जनता आफै सचेत छन् । सरकारले लकडाउनको घोषणा गरेको छैन् । तर जनता सडकमा निस्कदैनन् । जनता आफै सचेत छन् । घरमा बसेर कोरोना विरुद्धको लडाईमा सरकारलाई साथ दिइरहेका छन् । औषधी चाहियो भने खानेकुरा सकियो भने सरकारलेआफैल्याइ दिने व्यवस्था छ । त्यहीभएर पनि जनता बाहिर निस्कदैनन् ।

  • कोरियामा यसरी शुरु भएको थियो संक्रमण

chinchonji hcurch

chinchonji church

कोरियाको राजधानी सोउल पछिको दोश्रो ठूलो औद्योगिक शहर थेगुबाट कोरोना संक्रमण शुरु भएको थियो । त्यो संक्रमण त्यहाँकी एक ६१ बर्षीय वृद्धाले चाइनाबाट ल्याएकी थिइन । त्यहाँ रहेको सिन्चोन्जी चर्चमा प्राथना गर्न भेला भएका अनुयायीहरुमा फैलिएको थियो । शुरुमा ३०जनालाई फैलिएको थियो । यो शहर सोउलबाट करिव ४ सय किमी पूर्वमा पर्छ । ती वृद्धाले चाइनाबाट आएर हजारौ कोरियाली विच चर्चमा प्राथर्ना गर्न पुगे पछि संक्रमण फैलिएको थियो । थेगुमा हाल ६ हजार ८ सयमास.क्रमण फैलिएको सरकारी अधिकारीहरुले बताएका छन् । ती वृद्धाको सानो गल्तिले ९७ जनाको ज्यान गइसकेको छ । ती वृद्धाका पनि ज्यान गइसकेको छ । थेगु शहरमा भने कोरियाले आवतजावत बन्द गरेको छ । त्यहाँबाट संक्रमणलाई बाहिर जान दिएको छैन् ।

  • कोरियामा बस्ने नेपालीको कस्तो छ अवस्था

received_583450649180852 received_548858309364314 1

कोरियामा कामदारको रुपमा गएको नेपालीहरु सुरक्षित भएको बताउछन् । कोरिया सरकारको सकृयताले अन्य मुलुक भन्दा केही सुरक्षित भएको उनीहरुको भनाई छ । उनीहरुको चिन्ता त नेपालको छ । अमेरिक, फ्रान्स,इटालीजस्ता शक्तिशाली राज्यले नियन्त्रण गर्न नसकेको कोरोना यदि नेपालमा पस्यो भने हालत के होला भन्ने उनीहरुको चिन्ता छ । आफ्ना घर परिवार आफन्त कसरी सुरक्षित होला भनेर चिन्ता गरिरहका छन् । थेगु शहरबाट करिव ३ सय किमी टाढा हामान क्षेत्रमा बसिरहेका नेपालीहरु घरबाट निस्किएका छैनन् । करिव ६ सय हाराहारीमा रहेका नेपाली नेपालकै चिन्ता गरेर बसेका छन् ।

  • आरएनआरएको यस्तो छ तयारी

कोरियामा करिव ५० हजार भन्दा बढि रोजगारीका लागि नेपाली कामदार पुगेका छन् । गैर आवसीय नेपाली महासंघको नेतृत्वमा नेपालमा व्यक्तिगत सुरक्षाका सामाग्री कोराना टेष्ट किटलगायतका अत्यावश्यक औजार नेपाललाई सहयोगका लागि उनीहरुले आर्थिक सहयोग जुटाइरहेका छन् । यज्ञराज सुवेदीको नेतृत्वको संस्थाले दुई हजार किट नेपाल पठाउने तयारी गरेको छ । प्रत्येकबाट एउटा किट किन्ने पैसा उठाइएको थियो । हाल कोषमा एक करोड पुग्न लागेको उनीहरुले बताएका छन् । यो सहयोग करिव ५ हजार नेपालीहरुको मात्र हो । ५० हजार सबै नेपाली सहभागी हुने हो भने अरर्वौ संकलन हुने छ ।

  • हामीलाई त नेपालकाे चिन्ता छ

korea boy

काेरियामा काम गरिरहेका धरानका कृष्ण माबुहाङ र भाेजपुरका जीवन कार्की ।

नेपालीहरुलाई सुरक्षित बनाउन उनीहरुले चिन्ता गरिरहेका छन् । र कोरियाकै काम गरेर आरम गर्ने कोठाबाट आफ्ना आफन्त परिवारलाई घरबाट बाहिर ननिस्कन पनि आग्रह गरिरहेका छन् । विश्व हारिसकेको अवस्थामा कोरोनालाई जित्न घरबाट बाहिर ननिसक्नु भन्दा अर्को कुनै विकल्प नभएको उनीहरुको बुझाई छ । सरकारले लकडाउन मात्र होइन किटनाषक औाषधी छर्केर नेपालीहरुलाई सुरक्षित गर्नु पर्ने कोरियाको छनाम क्षेत्रमा लाइभ स्टोकको काम गर्ने धरानका कृष्ण मावुहाङ बताउछन् । ‘यहाँ सबैकाम चलिरहेको छ । म भर्खर काम गरे रकोठा फर्किएको छ । सुगुरको फार्ममा काम गर्छु । सरकारले आफ्नो काम गरिरहको छ हामी आफ्नो काम गरिहरेका र्छौ । यहाँ हाम्रो कुनै चिन्ता छैन् ।’–मावुहाङले भने –‘हामीलाई त नेपालको चिन्ता छ । लकडाउनमा हुदाखाने वर्गहरु कसरी जीवन बचाउछन् । उनीहरु रोगले होइन खान नपाएर मर्ने चिन्ता छ ।’ छनाम थेगुबाट अढाई सय किमी टाडा पर्छ । सबै क्षेत्रको कामनियमित चलिरहेको उनी बताउछन् ।

  • नेपाल र नेपालीले सिक्नु पर्ने कुरा

अमेरिका, कोरिया, जापानलगायत मुलुकमा लकडाउन सरकारले घोषणा गरेको छैन् । तर नेपाल भारतमा लकडाउनको समयमा लखरलखर सडकमा हिड्ने काम त्यहाँका नागरिकले गरेका छैनन् । कुनै पनि नागरिकलाई पक्राउ गरेर प्रहरी कार्यालयमा राख्नु परेको छैन् । सरकारलाई परेको विपत्तिलाई सामना गर्न नागरिकले सहयोग गरिरहेका छन् । नेपाल र भारतमा सरकारले लडकडाउन घोषणा गरेर पनि नियन्त्रण गर्न प्रहरी प्रशासन सडकमा खट्नु पर्ने अवस्था नेपाल र भारतका लागि शुभ लक्षण होइन । विकसित मुलुकका जनताबाट नेपालीले पनि पाठ सिक्नु पर्छ । घरबाट बाहिर ननिसक्दा आफ्नै सुरक्षा हुने हो भन्ने कुरा बुझनु पर्छ की । तीनै तहका सरकार जनताको सुरक्षाका लागि काम देखाउने बेला हो कोरियामा विभिन्न संघ संस्था र सरकारले चाहिए जति माक्सलगायतका सुरक्षा सामाग्री जनतालाई उपलब्द गराउदैं आएको छ । तर नेपाल सरकारले आफ्ना जनताको सुरक्षाका लागि माक्स समेत उपलब्द गराउन सकेको छैन् । अव सरकारले अन्य मुलुकबाट सिकोस । आफ्ना जनताको सुरक्षाका लागि आवश्यक सामान उपलब्द गराओस । माक्स लगायतका आवश्यकासमान किन्न जनता बाहिर निस्कनु पदैन । नेपालमा पनि त्यस्तो व्यवस्था सरकारले किन गर्न नसक्ने । स्थानीय सरकार यहीबेला त हो काम देखाउने । तीन तहका सरकारले कोरोना विरुद्ध काम गरेर देखाउने एउटा अवसर पनि जुरेको छ । त्यो अवसरलाई विश्वका मुलुकहरुमा नमुना हुने काम गर्न किन चुक्ने ।

  • राहत प्याकेज ल्याउ

अमेरिकाले आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि र मारमा परेका कम्पनिका लागि राहत पुग्ने गरि २२ खर्व अमेरिकी डलरको राहत प्याकेजको घोषणा गरेको छ । बार्षिक आय मासिक ७५ हजार डलर भएका कमजोर नागरिकका लागि मासिक १२ सय डलर र विवाहितका लागि २४ सय डलर, नावालका लागि ५ सय डलर व्यवस्था गरेको छ । साना व्यवसायीहरुलाई ऋण दिन तनि अर्व डरल छुट्याएको छ । यता बेलायतले महामारीले रोजगारीी गुमाएका कामदारका लागि तनि महिनासम्म २५ सय पाउण्ड सहयोगको घोषण गरेको छ । महामारकिाकारण बेतलववी विदामा बस्नेका लागि तलवका े८० प्रतिशत अनुदान दिने भएको छ । ३० अर्बको कर छुट गरेको छ । अस्ट्रेलियाले एक खर्ब ८९ अर्वको राहत प् याकेज ल्याएको छ । बेरोजागरलाई ५५० डलर भत्ता, ठूलो परिवार हुनेलाई ७९० डलर दिनेे भएको छ । हङकङले देश भित्र बसोबास गर्ने मानिसलाई १०हजार डलर दिने भएको छ । भारतले २२ अर्ब ६०करोड अमेरिकी डलरको राहत प्याकेज बनाएको छ । ८ करोड ७० लाखकिसानलाई अप्रिल पहिलोहप्तामा दुईहजार पठाउने भएको छ । महामारीको लडाईमा खटेका चिकित्सक स्वास्थ्य कर्मचारीको ५० लाखको विमा गर्ने भएको छ । यि केही देशको राहतको उदाहरण हुन । नेपालमा चिकित्सक, नर्स, प्रहरी, पत्रकार महामारी विरुद्ध अहोरात्र खटेका छन् । उनीहरुसँग व्यक्तिगत सुरक्षाका सामाग्री पनि छैनन् । उनीहरुलाई प्रोत्सोहान गर्न व्यक्तिगत सुरक्षाका सामानसँगै राहतको घोषणा गर्न सरकारले ढिलाई गर्नु नहुने हो ।

  • खर्च गर्न नसक्ने विकास बजेट यतै खर्च गरौ

सरकारले विकास बजेट बर्ष भरी ५० प्रतिशत पनि खर्च गर्न सक्दैंन् । बार्षिक रुवमा अरवौंका विकास बजेट फ्रिज हुदैं आएको छ । त्यो ५० प्रतिशत विकास बजेट महामारि नियन्त्रणका लागि खर्च ग¥यो भने बजेट सदुसपयोग हुने छ । जनताले राहत पाउने छन् । सरकारले राहत प्याकेज घोषणाा गर्न ढिलाई नगरौं ।