सिमसार पर्यटन सुन्दरहरैंचा विकासको आधार

alt
  • माघ २९, २०७६
  • ३६५ पटक पढिएको
  • ब्लाष्ट खबर

देश पर्यटन वर्षमय छ, पर्यटन वर्ष २०२० मनाउन देश र देशवासी पूर्ण समर्पित छन्, लागि परेका छन् । देश–विदेशमा रहेका सारा नेपाली, नेपालसँग जोडिएका, नेपाल र नेपालीलाई मन पराउने, माया गर्ने साराले आफूले जानेको, देखेको ठाउँ र पर्यटकीय क्षेत्रको, स्थानीय संस्कृतिको प्रचार प्रसार गरिरहेका छन् । सारा नेपालीको फेसबुक, इन्स्टाग्राम र ट्विटरका भित्ताहरूमा हिमाल पहाडका टाकुराहरू, मठमन्दिर झरना, पोखरी र तराइका सिमसारका तस्विरहरू टाँगिएका छन् । जसले हाम्रो सम्पत्तिको प्रवर्धन गरेको छ । प्राकृतिक र मानव निर्मित क्षेत्रहरूको सम्भाव्यता अध्ययनमा सहयोग गरेको छ, प्रचार प्रसार गरेको छ । गन्तव्यलाई सहज बनाएको छ । रोजगारलाई र स्वरोजगारको वातावरण सृजना गरको छ । तैपनि समग्र देशको आर्थिक विकासमा कति प्रभाव पार्छ देख्न बाँकी नै छ ।

सन्दर्भ सुन्दरहरैंचाको ः सुन्दरहरैंचा विकासको बगैंचा भन्ने नारालाई आत्मसात् गर्दै अगाडि बढेको सांस्कृतिक सामाजिक दृष्टिले उन्नतशील र सहिष्णुतापूर्ण नगर पश्चिममा इटहरी उपमहा नगर, पूर्वमा बेलबारी नगरपालिका, उत्तरमा केरावारी गाउँपालिका र दक्षिणमा धनपालगडी गाउँपालिकासँग जोडिएको छ । मध्यभागमा महेन्द्र राजमार्गले चिरेको नगरले ११०.१६ वर्ग किमि क्षेत्रफल ओगटेको छ । जसमा २० प्रतिशत क्षेत्र वन र सिमसार पर्दछन् ।

उत्तरमा रहेको चारकोसे घना वन यस नगरपालिकाको मुख्य प्राकृतिक स्रोत हो । त्यही वनको काखमा रहेका छन् बाघझोडा र हसिना सिमसार । जङ्गल छोएर बनेको ताल, तालमा जरुवाको पानी, आफ्नै पर्यावरण, जलीय चक्र नै सिमसारको विशेषता हो । सिमसार कुलो पैनीको मुहान हो, जङ्गली जनवारले पानी खाने ठाउँ, जलीय, उभयचर र जङ्गली जनवारले बच्चा जन्माउने र हुर्काउने ठाउँ सिमसार नै हो । वातावरणीय पर्यावरणीय दृष्टिकोणले सिमसारको धेरै महŒव छ । यसको संरक्षण गर्न जरुरी छ । साथै व्यवस्थित ढङ्गले सिमसारको संरक्षण गरेर पर्यटकीय क्षेत्रमा परिणत गर्न सकिन्छ । सिमसारलाई अध्ययन, पर्यटन र मनोरञ्जन दुवै क्षेत्रबाट अगाडि बढाउने हो भने स्थानीय आर्थिक विकासमा धेरै सम्भावनाहरू छन् । रोजगार, स्वरोजगार र राजस्व सङ्कलनको राम्रो स्रोत बन्न सक्दछ । उक्त कार्यको लागि महŒवाकाङ्क्षी योजना कार्यान्वयन, क्षमता र दृढता, दीर्घकालीन सोच, जनताको चाहना, आवश्यकता महसुस र साझा सम्पत्ति भन्ने भावना चाहिन्छ ।

सन्दर्भ भित्र ः वर्षैदेखि उराठ लाग्दो देखिने बाघझोडा सिमसार त्यहाँ पुग्ने मानिसहरूले, यस्तो गरे हुने, उस्तो गरे हुने भन्ने मनगढन्ते भावना पोख्ने ठाउँ मात्र बनेको छ । १÷२ वटा फलंैचा, १÷२ वटा मठमन्दिर भन्दा बाहेक ढुङ्गा र माटोको ठाउँ सार्ने काम मात्र भएको छ । बाघझोडाको सम्भावना, यस विकासले पार्ने सकरात्मक प्रभाव र आर्थिक विकासमा गर्न सक्ने सहयोग त्यहाँ पुग्ने जो कोही सामान्य व्यक्तिले आँकलन गर्न सक्दछन् । त्यस्तै हसिना सिमसार सुन्दर प्रवेशद्वार, भित्र सामान्य अस्थायी संरचना, अलिक पर अलपत्र एक्लो डाइनोसर भन्दा बाहेक केही देखिँदैन । बनिदै गरेको वाकिङ रोड, भवन तथा टिकट प्रणाली राम्रा प्रयासहरू हुन् । तर, डोजर र डडेलो लगाउने कार्य सिमसारको लागि अत्यन्तै घातक पक्ष हुन् । वैकल्पिक उपायहरू अपनाउनु पर्दछ । हसिना सिमसार क्षेत्रको पर्यटकीय सम्भावना भने अत्यन्तै उच्च रहेको छ । जसको भौगोलिक संरचना भने धेरै सम्भावना युक्त छ । तलाउसँग जोडिएकाा थुम्काहरू सजावट योग्य छन् । त्यस्तै विराटचोक भित्रै रहेको कालीमन्दिरको पोखरी सामान्यतया संरक्षण भए तापनि फोहर र पानीका बोतलले भरिएको छ । स्थानीय लागानी, दातृ निकायको सहयोग, वन समितिको लागानी र भए गरिएका योजना र कार्यान्वयनको त्यति प्रभाव देखिँदैन ।

कसैले लगानी गरेन, बजेट आएन, भन्ने कुरा मात्र पनि सम्पूर्ण अवरोध होइन । सिमसार क्षेत्र वन समितिसँग जोडिएका छन् । जहाँ पैसा होइन सोचको अभाव छ । प्रायः भएका सामान्य संरचना र स्थानीय लगानीबाट सिमसार पर्यटन क्षेत्र प्रवर्धनको शुरुवात भएका छन् । उदाहरण बेतना सिमसारको इतिहास विदितै छ । ठूलो बजेट आउँछ, सेटिङमा ठेक्का मिल्छ, र राम्रो भ्रष्टचार गर्न सकिन्छ भन्ने मानिसको बहुमतीय सोच यहाँको मुख्य अवरोध हो ।

राजनैतिक रूपमा नेकपाका वरिष्ठ नेता तथा निवर्तमान स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित यसै क्षेत्रबाट निर्वाचित सङ्घीय सांसद हुन्, भने नेपाली काङ्ग्रेसको तर्फबाट डा. द्वय शेखरकोइराला र सुनिल शर्माले यसै क्षेत्रबाट चुनाव लडेका थिए । त्यस्तै बाघझोडा सिमसार क्षेत्र÷वन उपभोक्ता समितिका अध्यक्ष नेकपाका चर्चित नेता तथा पूर्व संसद चन्दबहादुर गुरुङ हुनुहन्छ , भने प्रदेश निर्वाचित सांसद राजकुमार ओझा र चुमनारायण तबदार छन् । केन्द्रीय र प्रदेश स्तरीय नेताहरूको प्रसस्त चहल पहल र प्रभाव रहने नगर हो सुन्दरहरैंचा । तैपनि यहाँको पर्यटकीय सम्भावना बोकेको सिमसार क्षेत्र समसान सरि उराठलाग्दो छ, अलपत्र छ ।

सँगैमा छिमेकी बेतना सिमसार र तालतलैया सिमसारले प्रसस्त रोजगार, स्वरोजगार र संस्थागत विकास गरी राजस्व सङ्कलनमा सहयोग गरिरहेका छन् । आफ्नो क्षेत्रको परिचय बनाएका छन् । बेतना सिमसार क्षेत्रका अध्यक्ष डम्बरबहादुर बस्नेतका अनुसार २० जनालाई प्रत्यक्ष रोजगार र करिब २०० लाई स्वरोजगार दिँदै वार्षिक १ करोड आम्दानी गरेको कुरा बताइन्छ । त्यस्तै तालतलैयामा तालतलैया विकास तथा संरक्षण समिति स्थापना गरी १८ जनालाई प्रत्यक्ष रोजगारी, करिब १५० जनालाई स्वरोजगार स्थापना गर्दै वार्षिक ७० लाख भन्दा धेरै आम्दानी गरेको उक्त संस्थाका सचिव राजु बस्नेतले बताए ।
बाघझोडा र हसिना सिमसारलाई व्यवस्थित ढङ्गले संरक्षण र प्रवर्धन गर्ने हो भने स्थानीय रोजगार, स्वरोजगारको सृजना र नगरको आफ्नै पहिचन बनाउन सकिन्छ । माछापालन, जलीय र सिमसार अध्ययन क्षेत्र, बोटिङ्ग, व्यवस्थित पिकनिक स्पोर्ट, त्यस्तै जङ्गलका बाटाहरूलाई व्यवस्थित गरेर उत्कृष्ट साइकल मार्ग बनाउन सकिन्छ ।

वन र सिमसारलाई व्यवस्थापन गर्दै जङ्गली जनावर संरक्षण र अवलोकन क्षेत्र बनाउन सकिन्छ । त्यस्तै जङ्गलमा अलपत्र फालिएको फोहोरलाई प्रशोधन केन्द्र स्थापना गरी व्यवस्थापन गर्न सकिन्छ । उल्लेखित कार्यबाट धेरैले प्रत्यक्ष रोजगारी पाउँछन् भने, सफारी, रिक्सा, गाडी, साना ठूला होटल, ठेला पसले स्वरोजगारको अवसर प्राप्त गर्दछन् । समग्रमा वन र सिमसारको संरक्षण हुँदै स्थानीय निकाय÷राज्यले प्रसस्त राजस्व सङ्कलन गर्दछ । उक्त कार्यको लागि स्थानीय निकाय, स्थानीय जनता, क्षेत्रका नेता तथा प्रतिनिधिहरूको ध्यान आकर्षण हुनु जरुरी हुन्छ । तब मात्र दातृनिकाय गुहार गर्न सकिन्छ । समृद्ध सुन्दरहरंैचाको निर्माण गर्न सकिन्छ ।

simsar1

धरान १६ लाई चिनाउन स ...

धरान / धरान १६ स्थित जनपथ जागरन समाजको आयोजना तथा अन्नप ...

एमसिसी कार्यदलले बुझ ...

  काठमाडाै‌ / मिलेनियम च्यालेञ्ज कर्पो ...

वुहानबाट उद्धार गरिए ...

धरान । कोरोनाभाइरसको इपिसेन्टर चीनको वुहानबाट उद्धार गर ...

स्वाराको वार्षिक उत् ...

सुनसरी । इटहरीमा सञ्चालित स्वारा स्किन एण्ड हेयर क्लिनि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved