रङ्गेली/ ठाउँको दुख्यो भन्दै बेहोस भएका श्रीमान्लाई विभिन्न अस्पताल पु¥याउँदा कसैले बाँच्छ नभनेको सम्झन्छिन् सन्ध्या गुप्ता । बेहोस श्रीमान्लाई सन्ध्याले धेरै अस्पतालमा पु¥याइन् ।

तीन दिनपछि विराटनगर अस्पताल (विराट नर्सिङ होम) पु¥याइन् अनि उनका श्रीमान् ओमप्रकाश गुप्ताले नयाँ जीवन पाए । अन्तिम अवस्थामा अस्पताल आइपुगेका गुप्ताको न्यूरोसर्जन डाक्टर विवेक वैद्यले तत्काल अप्रेसन गरे । अनि, भारतबाट आएका ओमप्रकश गुप्ताले नयाँ जीवन पाएका थिए । चार महिना अगाडि टाउकाको अप्रेसन गरेका गुप्ता अहिले पुरानै अवस्थामा फर्किसकेका छन् । त्यस्तै सडक दुर्घटनामा परेर दुई महिना अघि यस्तै गम्भीर अवस्थामा पुगेका आफ्ना बुबा दुलारचन्द साह बाँचेको देखेर छोरा गौरव खुशी छन् । टाउकोमा गम्भीर चोट लागेका साहलाई पनि परिवारले विभिन्न अस्पतालमा पु¥याएको थियो । विराटनगर अस्पताल पुगे पछि नै उनले पनि नयाँ जीवन पाएका थिए ।

त्यस्तै एक वर्ष अघि मोटरसाइकल दुर्घटनामा परेका उपेन्द्र मण्डल गम्भीर अवस्थामा अस्पतल पुगेका थिए । टाउकाको अप्रेसनपछि उनी पनि अहिले निक्कै सामान्य अवस्थामा पुगेको उनका साला मुन्न मण्डलले बताए । विराटनगर अस्पतालमा डा.विवेक वैद्यले टाउकाको अप्रेसन गरिसके पछि स्वस्थ्य लाभ गरिरहेका ओमप्रकाश फेरि काममा फर्कने तरखरमा छन् । उमेरले ६० लागेका गुप्ता पोष्टअफिस एजेन्टको रूपमा काम गर्छन् । आश मारिसकेको अवस्थामा श्रीमान्ले पुनर्जीवन पाएकामा निक्कै खुशी छिन् सन्ध्या । अस्पताल, डाक्टर र नर्स सबैको सहयोगले आफ्नो श्रीमान् बाँचेको उनले बताइन् । गुप्ता टाउकोमा रगत जमेर तीन दिनदेखि कोमामा रहेको अवस्थामा अस्पताल आएको डा.वैद्यले बताए । उनका अनुसार तत्काल अप्रेसन नगर्दा गुप्ताको बाँच्ने सम्भावना निक्कै कम भइसको थियो । डा.वैद्यका आनुसार अप्रेसन लगतै गुप्ता होसमा आएका थिए ।

त्यस्तै भारतको पूर्णियाँका दुलारचन्द साह पनि सडक काट्ने क्रममा दुर्घटनामा परेका थिए । उनको टाउकामा गम्भीर चोट लागेको थियो । उनी बाँच्ने आश परिवारले मारिसकेको छोरा गौरवले बताए । पेसाले शिक्षक साह अन्तिम अवस्थामा विराटनगर अस्ताल पुगेका उनको टाउकोमा रगत जमेको थियो । सिटिस्क्यान गर्दा उनको टाउकोमा रगत जमेको देखिएको डा.वैद्यले बताए । भेन्टिलेटरमा राखेर उनको तत्काल अप्रेसन गरिएको थियो । उनलाई १७ दिन सम्म आइसियुमा राखिएको डा.वैद्यले बताए । त्यसपछि उनको स्वास्थ्य क्रमिक सुधार हुँदै आएको थियो ।

साह डेढ महिनासम्म अस्पतालमा बसेका थिए । एक वर्ष अगाडि होलीको दिन मोटरसाइकल दुर्घटनामा परेका रङ्गेलीका उपेन्द्र मण्डल नाजुक अवस्थामा अस्पताल पुगेका थिए । २५ वर्षीय मण्डलको पनि टाउकोमा गम्भीर चोट लागेको थियो । विरानगरका विभिन्न अस्पतालले उनको उपचार सम्भव छैन भने पछि परिवारले उनलाई विराटनगर अस्पताल पु¥याएको थियो । भेन्टिलेटरमा राखेर उनको पनि डा.वैद्यले टाउकाको अप्रेसन गरेका थिए । त्यसपछि विस्तारै उनको हतखुट्टा चलेको थियो । उनी आइसियु सेमि आइसियु हुँदै जेनेरल वार्डसम्म आइपुग्दा विस्तारै हिँड्न सक्ने भएको डा.वैद्यले बताए । अहिले पनि उनको बोली प्रष्ट खुली सकेको छैन । माया मारेको मन्छेलाई डाक्टर विवेक वैद्य र विराटनगर अस्पतालले बचाइदिएकामा मण्डलका साला मुन्ना मण्डलले खुशी व्यक्त गरे ।

टाउकाको चोटलाई अहिले पनि जटिल समस्या मान्ने गरिन्छ । टाउकोमा चोट लागेका बिरामीलाई सही समयमा र ठाउँमा उपचार पाए ठिक हुने डा.वैद्य बताउँछन् । डा.वैद्यका अनुसार ठिक हुन सक्ने बिरामी पनि गलत मानिसको हातमा पर्ने गरेको कारण अहिले पनि धेरै टाउकामा चोट लागेका बिरामीले ज्यान गुमाइ रहेका हुन सक्छन् । त्यससँगै शारीरिक रूपमा अपाङ्ग हुनेको समस्या पनि उस्तै रहेको उनले बताए । न्यूरो र स्पाइनल सम्बन्धी बिरामीलाई चाँडो भन्दा चाँडो अस्पतालमा पु¥याए ठिक हुने डाक्टर बताउँछन् । यस्ता समस्याका बिरामीलाई नेपालमै सस्तो मूल्यमा राम्रो उपचार हुन सक्ने उनले बताए । विराटनगर अस्पतालमा यस्ता बिरामीको उपचारको लागि सबै प्रकारका उपकरण सहितको सेवा उपलब्ध रहेको उनको भनाइ छ ।