भद्रपुर / भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा केही महिनायता बेवासिरे रूपमा रहेकी महिलाको उद्धार गरिएको छ । झापाका मानव अधिकारर्मीहरूको पहलमा इटहरीस्थित माया घरले संरक्षण गर्ने गरी ती महिलाको उद्धार गरिएको हो । शुक्रबार गएको टोलीलाई प्रदेश नम्वर १ सामाजिक विकास मन्त्रालय मातहत रहेकोको बेसाहाराको आश्रय स्थल माया घर इटहरीमा संरक्षण गर्ने गरी मानव अधिकारकर्मी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीको सयुक्त रोहवरमा अञ्चल अस्पताल प्रशासनले जिम्मा लगाएको छ । केही दिन अघि 'मेची अपस्पतालमा छिरिङकीआमाको विल्लिवाठ, आफन्त खोज्दैं अस्पताल प्रशासन' भन्ने शिर्षकमा ब्लाष्ट खवर डटकममा समाचार छापिए पछि उनीको उद्धार गरिएको हो ।
कार्तिक ३० गते विरामी अवस्थामा काँकरभिट्टा प्रहरीले मेचीनगरबाट उद्धार गरी अस्पतालमा भर्ना गराइएकी महिलाका आफन्त खोजी गर्दा पत्ता लागेको थिएन । बेवारिसे महिलाको संरक्षणका लागि झापाली मानव अधिकारकर्मी कोषराज न्यौपाने, रणदेव हजाम, दिपक दास, विष्णुप्रसाद खरेल, रेखा अधिकारी लगायतको पहलमा माया घर इटहरीको संरक्षण जुटेको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डन डा. पिताम्बर ठाकुरले उद्धारका लागि आएकी माया घरकी सचिव अर्पणा राईलाई महिला रहेको क्याविनमा जिम्मेवारी पत्र हस्तान्तरण गर्दा सुतीरहेकी महिला जुरूक्क उठेर दार्जेलिङ लाने हो भन्दै खुसी व्यक्त गरेको दृष्यले सवै हर्षित भएका थिए । आफन्तविहीन भएर अस्पतालमा महिनौं कटाएकी बेसाहारालाई साहारा जुटाउन पाएकोमा अधिकारकर्मी तथा सामाजिक अभियन्ताले खुसी प्रकट गरेका थिए ।
राम्ररी बोल्न, आँखा देख्न र कान सुन्न समेत नसक्ने महिला आफू दार्जेलिङ बजार छेउकी बासिन्दा भएको बताउँदै घर लानु पर्छ नि ? ढाँट्ने होइन नि भन्दै खुसीले माया घरबाट ल्याइएको गाडीमा चढेर गएकी छिन् । दोहोरो कुराकानी समेत गर्न नसक्ने ती महिला आफूलाई डिकी तामाङ भएको बताउँछिन् । अन्दाजी ४५ वर्ष उमेर रहेकी महिलालाई आफन्त तथा अभिभावक लिन नआएसम्मका लागि संरक्षण गर्दै लालनपालनको जिम्मा लिएर राख्नका लागि प्रहरी, अस्पताल प्रशासन, अधिकारकर्मी सामाजिक अभियन्ताले माया घर इटहरीलाई जिम्मा लगाएका हुन् ।
मानव सेवाका लागि सञ्चारमाध्यमको शक्ति अपार रहेको अभियन्ता पुण्यप्रभा सुब्बाले प्रतिकृया दिइन् । यस्तै अधिकारकर्मी दिपक दासले सडक मानवविहीन समाज परिकल्पना नै मानव अधिकारको आधारभूत मान्यता रहेको बताए । अस्पतालका मेडिकल सुपरिटेण्डन डा. ठाकुरले अस्पताल बेसाहारा राख्ने आश्रय स्थल नभए पनि रोगीको सेवा केन्द्र रहँदा रहँदै ती महिलाको सुरक्षा र संरक्षण मानव सेवाका लागि गरिएको बताए ।