मेची अपस्पतालमा छिरिङकीआमाको विल्लिवाठ, आफन्त खोज्दैं अस्पताल प्रशासन

alt
  • पुष २४, २०७६
  • उतम नेपाल

भद्रपुर /  सडकबाट प्रहरीले उद्धार गरी ६ महिना अगाडि मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारार्थ भर्ना गरिएकी महिलाको आफन्त फेला पर्न सकिरहेको छैन । बेवारिसे अवस्थामा रहेकी महिलाको आफन्त खोजिदिन अस्पताल प्रशासनले अनुरोध गरेको छ ।
अस्पतालमा उपचारार्थ भर्ना गरिएकी महिला अहिले रोगबाट मुक्त भए पनि आफन्त वा संरक्षक लिन नआएपछि संरक्षकको खोजी गरिदिन अनुरोध गरेको हो । राम्ररी बोल्न, आँखा देख्न र कान सुन्नसमेत नसक्ने ती महिला आफू दार्जिलिङ् बजार छेउकी बासिन्दा भएको बताउने गर्छिन् । कसले गर्दा बेवारिसे भएर, कसरी नेपाल आइपुगिन् भन्ने थाहा नपाउने ती महिलाले छिरिङ् नाम गरेको छोरो रहेको जानकारी दिने गरेकी छन् । दोहोरो कुराकानीसमेत गर्न नसक्ने ती महिला आफूलाई डिकी तामाङ भएको बताउँछिन् । ६० वर्ष माथिको उमेर समूह जस्तो देखिने ती महिलालाई प्रहरीले खुट्टा भाँचिएको अवस्थामा उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गराएको थियो ।
मेडिकल वार्डका इन्चार्ज विपि चौधरीका अनुसार ती महिलाको रेखदेख गर्ने आफन्त नभएका कारण अस्पतालले दैनिक सय रूपैया दिएर सरसफाइका लागि खर्च गरिरहेको छ । आफैं हिडडुल गर्न नसक्ने ती वेसाहारा बृद्धाको उद्धार गर्न कुनै संंस्थाले जिम्मा लिए अस्पताल प्रशासन अन्य विरामीका लागि समय र श्रम खर्चने थियो ।
महिलाको आफन्त खोजीमा लागि परेकी सामाजिक अभियन्ता पुण्यप्रभा सुब्बा विभिन्न सञ्चार माध्यम तथा सम्पर्क व्यक्ति मार्फत ती महिलाको आफन्तको खोजी गरिरहे पनि फेला नपरेको बताउँछिन् ।

 

केकीको धमाकेदार प्रस ...

धरान । माया पुन मगरको नयाँ गीत ‘नेपालकी छोरी&rsqu ...

कोरोनाको लक्षण देखिए ...

धरान । कोरोनाभाइरसको लक्षण देखिएका अमेरिकी गायक जोन प्र ...

धरानमा कहाँ-कसरी राह ...

धरान/धरान उपमहानगरपालिकाले बनाएको फुड बैंकले प्रत्येक व ...

अमेरिकी राष्ट्रपति ट ...

धरान । कोरोनाको सङ्कटमा गुज्रिरहेका बेला अमेरिकाले विश् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved