इटहरी/ जाडोयामको शुरुवातसँगै पूर्वी तराईका जिल्लाहरूमा महिलाहरूले भक्काबाट मनग्य आम्दनी लिने गरेका छन् ।

चामलको पिठोलाई बाफको माध्यमबाट पकाइने भक्का जाडो मौसममा एकदमै रुचाइने गरिन्छ । थोरै पुँजीमा राम्रो आम्दानी हुने हुनाले पनि आदिवासी बाहुल्यता क्षेत्रमा जाडोभरि यस्ता उद्यमले पारिवारिक गुजारा टार्न निकै सघाउ पु¥याउँदै आएको छ । जाडो मौसममा चोकमा मात्रै नभई टोलटोलमा भक्का बिक्री हुने गरेको छ । इटहरीको चोकमा जाडोमा धिपधिप आगो बलेसँगै हिजै ओख्लीमा कुटेर ठिक्क पारेको चामलको पिठोको भक्का बनाउन थाल्छिन् इटहरीकी रेखा शर्मा ।

विहानै जाडोमा भक्का बनाउन थाल्ने उनी राम्रो यही ब्यापारबाट राम्रो कमाइ गर्दै आएकी छिन् । ‘दैनिक १० केजी चामलको भक्का बेच्छु ’ उनी भन्छिन् । मेहेनत गरे अनुसार पैसा पनि राम्रै भएको छ । खर्च कटाएर मासिक ४० देखि ५० हजार सम्म कमाइ हुन्छ पाँच जनाको परिवार यसैले धानिरहेको छु । उनी थप्छिन् गर्मीको बेलामा साग सब्जी बेच्छु जाडोको बेलामा भक्का ।

भक्का बेचेर राम्रो आम्दानी गर्ने शर्मा मात्र हैन । इटहरीको चोक आसपासमा भक्का बेच्नेहरूको दैनिकी यसरी नै बित्दै आएको छ । भक्का बनाउन शुरु गर्दागर्दै भक्का खाने मान्छे आइपुग्छन् र भन्छन् मलाई २० रुपौयाँको भक्का दिनु न, पाक्दै गरेको भक्का तातो तातो झिकेर पात र त्यसभन्दा मुनि पत्रिकाको टुक्रा लगाएर दुईवटा भक्का दिन्छन् । मर्निङ वाक गरेर आउने र विभिन्न ठाउँहरू जाने मानिसको जमघट पनि राम्रै देखिन्थ्यो त्यहाँ ।

उनीहरू पनि भक्का मागेर आफ्नो पालो कतिबेला हो, हामीलाई गाडीले छोड्छ भन्दै कराउँदै पातमा भक्का लिएर आछुछु... गर्दै खाइरहेका हुन्छन् । आइतबार विहान आगो घोच्दै मान्छे अलिक कम भएको बेला भक्का बनाउँदै भाँडामा राख्दै थिइन् इटहरीकी गङ्गादेवी श्रेष्ठ । उनलाई आफ्नो ग्राहकलाई खुशी बनाउन हतार पनि उस्तै हुन्छ जहिल्यै विहानको समय । ‘श्रीमान् सब्जी पसल गर्छन्, म भने भक्का बेच्छु,’ उनले ग्राहकलाई भक्का दिँदै भनिन् । बिहान उनका श्रीमान्ले सब्जी पसल सम्हाल्छन् उनी भक्का बेच्छिन् दुवैको आम्दानीले हात मुख जोर्न दुःख सुःख पु¥याइरहेको श्रेष्ठ परिवार बताउँछन् ।

चामलको पिठोलाई पानी हालेर वाफमा पकाएर भक्का तयार गरिन्छ भने त्यसको अचारमा टमाटर, धनियाँ, मसला, तेलमा तारेर खोसार्नी लगाएर पिसेपछि अचार बन्छ र त्यो स्वादिष्ट हुन्छ । कसै कसैले पिठोमा चिनी पनि हाल्ने गरेका छन् । चिनी हालेको भक्का बच्चा, केटाकेटी र पहिलो चोटि भक्का खाने व्यतिmले मन पराउने गरेको भक्का व्यापारीहरू बताउँछन् । जाडो मौसममा भक्का बेचेको भयो सात आठ वर्ष भयो ।

लामो समयदेखि भक्का बेच्दै आएकी मन्जुदेवीले गर्मी मौसममा मकै पोलेर बेच्दै आएको बताइन् । अहिले मेरो भक्का बेच्ने समय हो उनले भनिन् । मेरो श्रीमान् गर्मीमा माछा मार्नुहुन्छ त्यही पेसाबाट ५ जनाको परिवार धानिरहेको छु, बिहान ५ बजे देखि ७ बजे सम्म बेच्छु र दिउँसो ३ बजेदेखि गरेर दुई हजार पचीस सय जतिको भक्का बेच्छु सङ्गीत चोक छिर्ने बाटोमा भक्का बेच्दै गरेको उनले बताइन् । इटहरीमा भक्का प्रतिगोटा १० रुपैयाँमा पाइन्छ । ‘बढेको जाडोसँगै पिरो धनियाँ र टमाटरको अचारसँग भक्का खाँदाको मज्जै अर्कै हुन्छ’ भक्का खाँदै गरेका स्थानीयवासी रामबहादुर साहले भने, ‘पेट पनि अघाउने जाडोमा जिउ पनि तताउने ।’ भक्का यातायात साधनका मजदुर तथा कर्मचारीको पनि बिहानको भरपर्दो खाजा हुने गरेको छ ।