भेडेटार फुड फेस्टिबल गर्नुको मुख्य उद्देश्य के हो ?
– २०७० सालदेखि शुरु गरेको फुड फेस्टिवल अहिले ८ औ संस्करणमा पुग्गेको छ । ‘भेडेटार प्रकृतिको गहना पर्यटक भिœयाउने हाम्रो चाहना’ भन्ने नाराको साथ भेडेटार फुड फेस्टिबल सधैं झै यस वर्ष पनि पुष १५ देखि १७ गतेसम्म फेस्टिवल मनाउँदै छाँै । फुड फेस्टिवल गर्नुको मुख्य उद्देश्य पर्यटन प्रर्वद्धनसँगै विभिन्न जातीय खानाहज्ञलाई समुदायमा परिचत गराउनु, स्थानीय घरेलु सामाग्रीको प्रर्दशनी, अर्गानिक खेतीबाट उत्पादित तरकारी फलफुलको प्रदर्शनी तथा हस्तकला कृषि घरेलु उत्पादन साथै मौलिक सांस्कृतिक परम्पराका बारेमा पर्यटकहरूलाई जानकारी गराउने उद्देश्य हो ।

फुड फेस्टिबलको मुख्य आकर्षकहरू के–के छन् ?
– विशेष गरी फुड फेस्टिवल भएकाले हामीले खानेकुराको परिकारलाई प्राथामिकता दिएका छौँ । यहाँ राई, लिम्बू, मगर, नेवार जातिका स्टलहरू रहका छन् । फेस्टिवललाई नयाँपन दिन हेलिकप्टरबाट हिमाल पहाड ,तराईका रमणीय दृश्यहरूको अवलोकन गराउने साथै विभिन्न ठाउँबाट आएका पर्यटकहरूलाई यहाँको जातीय पोसाकको प्रवद्र्धन गराउन पनि सांस्कृतिक तथा जातीय पहिरन लगाएर फोटो खिचेर रमाइलो गर्न सकिने वातावरण सिर्जना गरेका छौं । त्यस्तै पयर्टकहरूलाई मनोञ्जन दिन बेलुका स्थानीय तथा कलाकारहरूको सांस्कृतिक कार्यक्रम र राष्ट्रिय कलाकारहरूको प्रस्तुति देखाएर रमाइलो गर्ने जस्ता आकर्षणहरू रहेका छन् ।

फुड फेस्टिवलमा जोडेर यहाँका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने कुरा गर्नुभएको छ, यो चाहिँ कसरी गरिरहनुभएको छ ?
– हामीले फेस्टिवलसँगै यहाँबाट नजिक रहेका पर्यटकीय स्थलहरू जस्तै नाम्जे, नमस्ते झरना, पाथीभार मन्दिर साँगुरीगढी, ध्वजेडाँडा, राजारानी ताल विश्रान्ती मन्दिर, आत्माघर, विग बुद्धलगायतका क्षेत्रबारे पनि पर्यटकहरूलाई घुमाउने र यसबारे बुझाउने सोच राखेका छौं ।

फुड फेस्टिबलको ८ औं संस्करणमा आइपुग्दा कार्यक्रमहरू केही परिवर्तन गर्नुभएको छ ?
– निजी क्षेत्रहरूबाट लगनी गर्ने अवसरहरू सिर्जना भएको छ भन्ने लाग्छ । त्यस्तै पर्यटकहरूको आगमनमा वृद्धि भएको छ । २०६९ सालमा शुरु गर्दा तीन चारवटा मात्रै होटलहरू थिए । तर, अहिले हजारदेखि १२ सय सम्म पर्यटकहरू राख्न सक्ने होटलहरू निर्माण भएका छन् । निजी लगानीकार्ताहरू यस ठाउँमा लगानी गर्न उत्साहित देखिन्छन् । पर्यटकीय स्थलहरूको निर्माण भएको छ । यसको मुख्य कारण नै भेडेटार फुड फेस्टिबल हो भन्ने लाग्गेको छ । विशेष गरी स्थानीय क्षेत्रबाट पर्यटनमा लगानी बढेको छ । यस पालिदेखि भेडेटारको अझै धेरै पर्यटन भित्राउन प्रचार प्रसारलाई विशेष ध्यान लिएर पर्यटन सूचना केन्द्रसमेत बनेको छ । भेडेटारको बारेमा विस्तृत रूपमा जानकारी दिन ब्रोसरहरूसमेत बनाएका छौँ । यी कुराहरू नै भेडेटार फुड फेस्टिवलका विशेष उपलब्धीहरू हुन् ।

फेस्टिबलका लागि नेपाल सरकारबाट सहयोग उपलब्ध भएको छ कि छैन ?
– नेपाल सरकारबाट पटक–पटक आर्थिक सहयोग प्राप्त गर्नको लागि पहल गर्दै आइरहेका छौँ । यस वर्ष न्यूनतम सहयोग प्राप्त भएको छ । विशेष गरी निजी क्षेत्रबाट नै विभिन्न कम्पनीहरूलाई आर्थिक सहयोग मागेर हामीले निरन्तर कार्यक्रमहरू गरिरहेका छौँ । पर्यटन बोर्डले यस वर्ष १ लाख सहयोग गरेको छ । त्यस्तै स्थानीय सरकारले पनि केही बजेट दिएको छ र प्रदेश सरकारबाट समेत माग गरेका छाँै । वहाँहरूको सकारात्मक प्रतिक्रिया आएको छ । नदिएको त होइन तर पर्याप्त भने छैन ।

फेस्टिबल लागत खर्च कति हो ?
– यस पटक लगभग ३१ लाखको लागतमा फुड फेस्टिवलको स्टिमेट गरेका छौँ । विशेष गरी मुख्य प्रायोजक जाउलाखेल ग्रुप अफ इन्डिष्ट्रीले आर्थिक सहयोग गरेको छ । त्यस्तै गरी स्थानीय सरकार साँगुरीगढी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । त्यस्तै विभिन्न कम्पनीहरूले फुड फेस्टिवलको लागि आर्थिक सहयोग गरेका छन् । धरान नगरपालिकाले जातीय पोसाकका लागि सहयोग गरेको छ ।

यो फुड फेस्टिबलबाट के कस्तो फाइदा होला ?
– फाइदा बेफाइदा भन्दा पनि भेडेटारमा रमणीय वातावरण रहन्छ र सधैंभरि भेडेटार जानुपर्छ भनेर सबैलाई सन्देश पु¥याउनु नै मुख्य कुरा हो । गर्मीमा चिसो हावा खान सकिन्छ भन्ने जाडोमा घाम ताप्न सकिने मौसम भएकोले जुनै पनि समयमा भेडेटार आउन सकिने जानकारी सबैमा फैलाउन सक्नु पनि हाम्रा लागि उपलब्धि हो ।

फुड फेस्टिबलमा आउने पर्यटकहरूको सुरक्षाको व्यवस्था के कस्तो छ ?
– अहिले सम्म फुड फेस्टिबलमा नकारात्मक गतिविधि भएका छैनन् । स्थानीय जिल्ला प्रहरी प्रशासन र सशस्त्र प्रहरीहरूसँग समन्वय गरेर सुरक्षाको व्यवस्थालाई कडाइ गरिएको छ । स्थानीय युवाहरूलाई स्वयंसेवक का रूपमा परिचालन गरिएको छ । अहिले सम्मको ७ औं फुड फेस्टिवलसम्ममा आइपुग्दा अहिले सम्म कुनै पनि अप्रिय गतिविधिका घटनाहरू घटेका छैनन् ।

अहिले सम्म फेस्टिबलमा आउने पर्यटकहरूको प्रतिक्रिया के कस्तो पाउनु भएको छ ?
– भेडेटार फुड फेस्टिबलको समयमा अव्यवस्थित पार्किङको समस्यालाई व्यवस्थित गर्न विशेष पर्यटक आगन्तुकहरूले सुझाव दिएका छन् । जातीय खानेकुराहरू फुड फेस्टिबलमा मात्रै होइन अरू समयमा आउँदासमेत ती परिकारहरू पाउने वातारण होस् भन्ने सुझाव दिनुभएको छ । त्यही अनुसार नै अहिले भेडेटारका होटलहरूमा केही परिवर्तन ल्याएको छाँै यसपालिको फेस्टिवलमा सवारी साधनको लागि विशेष प्रथामिकताका साथ व्यवस्था मिलाएको छौँ ।

प्रस्तुतिः निलिफा सुब्बा