उदयपुर/ अलैंचीको अत्यधिक मूल्य घटेपछि उदयपुरमा व्यावसायिक अलैची खेती नै विस्थापित हुन थालेको छ । जिल्लाको मध्य तथा उच्च पहाडी भेगमा लगाइने अलंैची खेती मूल्य र किराको कारण विस्थापित हुन थालेको हो ।

जिल्लाको पहाडी भेगका रौतामाई, लिम्चुङ्बुङ, ताप्लि गाउँपालिका र कटारी नगरपालिकाको उच्च पहाडी भेगमा लगाइएको अलंैची खेती विस्थापित भएको कृषकहरूले बताएका छन् । रौतामाईको बोलुङ्खा, चिसापानी, माझखर्क, लिम्चुङ्बुङको छाटाङ्, मार्से, ताप्लिको ओख्ले, लेखगाउँ, ईनामे, कटारीको लिम्पाटार, सोरुमछविसे लगायतका उच्च पहाडी भेगका हजारौँ रोपनी जग्गामा लगाइएका अलैंचीले मूल्य नपाएको र किराको प्रकोपकै कारण खेती विस्थापित भएको कृषकहरूले बताएका छन् ।

बाजे बराजुको पालादेखि नै मसलाको रूपमा प्रयोग गर्दै आएको अलंैची बिक्री वितरण हुन थालेपछि उच्च पहाडी भेगका (लेख)का कृषकहरूले व्यवसायिक रूपमा खेती गर्दै आए पनि करिब ३ वर्षदेखि अलैंचीको मूल्य घटेर ५ सयमा झरेको र किराले बगान नै सखाप पारेपछि खेती विस्थापित भएको अलैंची कृषक पूर्णबहादुर तामाङले बताए ।

तीन वर्ष पहिला केजीको २५ सयसम्मले बिक्री वितरण भएको कृषक तामाङले बताए । अलैंचीमा डढुवा रोग लाग्ने बोट मर्ने र रोगबाट बचेका अलंैचीमा पनि फुल्ने सिजनमा किराले पूmल खाइदिने समस्याले खेती मास्न बाध्य भएको उनले बताए । धारा, खोल्सा छेउछाउ खानको लागि रोप्ने अलंैचीले राम्रो भाउ पाएपछि धान खाने खेत मासेर अलंैची खेती गरेको भए पनि मूल्यको कमी र रोगले गर्दा गलाको पासो भएको कृषक तामाङले बताए ।

कृषक तामाङले भने ‘राम्रो बिक्री वितरण भएपछि व्यावसायिक अलैंची खेती गर्ने मनसाय बनाएर गाउँका केही व्यक्तिहरूले जग्गा भाडामा लिएर खेती लगाए । तर, अहिले निल्नु न ओकल्नु भयो । अर्को साल अलंैचीले भाउ पाउला भनेर कु¥यो त्यो साल पनि उस्तै हुन्छ । रोगले बगान नष्ट पा¥यो कुनै औषधीले पनि काम गरेन ।’

जिल्लाको पहाडी भेगमा बढी रामसाई प्रजातिको अलैंची हुने भएको कृषक लगन विकले बताए । तीन वर्षदेखि अलैंचीले भाउ नपाउँदा कृषकहज्ञ ठूलो मारमा परेका छन् । यसमा सरकारले कुनै कदम नचाल्दा कृषकहरू व्यवसय विस्थापित गर्दै अर्को व्यवसाय अँगाल्न बाध्य भएको उनले बताए । एक्कासी भाउ पातालमा खसे झै घट्नु र रोग, किराले गर्दा गत वर्षदेखि न्यून मात्रामा अलंैची उत्पादन भएको कृषकहरूले बताएका छन् । अहिले कुनै कृषकको घरमा तीन वर्षदेखिको अलैंची भण्डारण भएर बसेको छ । प्रायः सबै कृषकको घरमा गत वर्षदेखि अलंैची भण्डार गरेर राखिएको कृषक विकले बताए ।

उत्पादन भएको अलैंचीले बजार भाउ नपाएपछि कृषकहरू ठूलो आर्थिक सङ्कटमा परेको कृषक विकले बताए । न त सरकारी सहयोग मिल्छ । न त उचित बजार भाउ केही नपाएपछि कृषकहरू अलैंची खेती छाड्दै अन्य पेसामा लाग्न थालेको उनले बताए । यतिबेला अलंैची कृषकको घरमा करिब डेढ क्युन्टल भन्दा बढी अलैंची थन्किएर बसेको कृषक देउमान राईले बताए । यसले अलंैची कृषकहरू यति बेला निराश भएका छन् । कालो सुन भनेर भनिने अलंैचीले कृषकहरूलाई ठूलो धोका दिएको उनले बताए । कृषक राईको अनुसार ‘एक मनको ८० हजार रुपैयाँमा बिक्री वितरण गरेपनि अहिले केजीको ५ सय भन्दा कृषकहरू चकित मात्रै हैन निराश बनेका छन् । अलंैची गोडमेल र नचिनेको रोगसँगै बढ्दो किराको प्रकोपले कृषकहरूलाई उठ्नै नसक्ने गरी थला पारेको छ ।’

तीन महिना खान पुग्ने कृषकहरूको सहारा बनेको अलैंचीले अहिले मर्नु न बाँच्नु बनाएको छ । बारीमा उत्पादन भएको अन्न बालीभन्दा सयौँ गुणा राम्रो नगदेबाली भएपछि व्यावसायिक रूपमा खेती गर्दा आज समस्या आएको उनले बताए । उत्पादन भएको अलैंचीको उचित मूल्य नपाएको र रोगले बोट मरेपछि खेतमा लगाएको अलैची मासेर अन्य खाद्यबाली लगाउन थालेको कृषक मदन राईले बताए । गरिब गाउँलेहरूको मुख्य आयस्रोतको माध्यम बनेको अलैंची उचित मूल्यमा बिक्री वितरण नहुँदा कृषकले ज्याला मजदुरी गर्नका लागि गाउँ छाड्न थालेको उनले बताए । कृषक राईले भने ‘रोग, किरा र अन्य जनावरबाट दुःख गरेर जोगाएर उत्पादन गरेको अलैंचीको बजार भाउ छैन ।

खेत बारीमा लगाएको अलंैची रोगले मरेर केहि बाँकी रहेको बोट पनि उखलेर फाली दिएर अन्य खाद्य बाली लगाएको छु । अलैंचीले कृषकलाई ठूलो धोका दिएको छ ।’ कृषकलाई समस्या पर्दा पनि सम्बन्धित निकायले कुनै कदम नचालेको भन्दै कृषकहरूले दुःख व्यक्त गरेका छन् । सरकारले न त रोग नियन्त्रण गर्ने औषधी नै दियो, न त उचित बजार मूल्य नै दिन सक्यो ।, कुनै प्रकारको सहयोग नपाएको कृषकहरूले बताएका छन् । नेपाल कृषि प्रधान देश भनेर मात्रै नहुने भएकाले सम्बन्धित निकायले यस्ता कृषि व्यवसायलाई बजारीकरण र रोग, किराको प्रकोप नियन्त्रण गर्दै समस्याको समाधान गर्ने हो भने स्थानीय स्तरमा आर्थिक सुधार हुने निश्चित देखिन्छ ।