उदयपुर  / चौदण्डी नगरपालिकाको पहाडी क्षेत्रमास्थित ऐतिहासिक चौदण्डीगढीमा भ्यूटावर निर्माण भएपछि दैनिक पर्यटकको वृद्धि भएको छ ।अहिले दैनिक भ्यूटावर चढ्न र मनोरम दृश्यवलोकनका लागि दैनिक दुईसयभन्दा बढी पर्यटक आउने गरेको चौदण्डी पर्यटन विकास समितिका संयोजक रोहित तामाङ बताएले जानकारी दिए ।

उनकानुसार उदयपुर जिल्ला बाहेक सुनसरी, झापा, मोरङ, सिरहा, सप्तरी, धनुषा, काठमाडौं चितवन तथा भारतको बिहार र सिलीगुढी पश्चिम बङ्गालबाटसमेत पर्यटक आउने गरेका छन् । पर्यटकको सङ्ख्या वृद्धि हुन थालेपछि त्यहाँको आन्तरिक पर्यटनको विकासमा निकै मद्दत पुगेको नगरप्रमुख खगेन्द्र राई बताए ।

chaudandigadi4 उनकानुसार पूर्वकै ऐतिहासिक र महत्वपूर्ण पर्यटनस्थलको रुपमा रहेको चौदण्डीगढीको पर्यटन विकास गर्न नेपाल सरकार शहरी विकास मन्त्रालय, पर्यटन विभागसहित स्थानीय नगरपालिका र सबैको सहयोगले अहिले सडक तथा भ्यूटावर निर्माण भएकाले पर्यटकको बृद्धि भएकोे हो । विसं २०७२ मा नेपाल सरकार शहरी विकास मन्त्रालयसहित पर्यटन बोर्ड र स्थानीय सरकारसहितबाट सहयोगस्वरूप प्राप्त रू ५५ लाख ८८ हजार र १३ लाख १७ हजार बराबरको स्थानीय जनश्रमदान गरेर कूल रु ६९ लाख ८५ हजारको लागतमा समुद्री सतहबाट एक हजार ८५० मिटरको उचाईको उक्त डाँडामा ४४ फिट उचाई र अठार मिटर गोलाइको भ्यूटावर निर्माण भएको नगरप्रमुख राईको भनाइ छ ।

उक्त भ्यूटावरबाट अहिले उत्तरी क्षेत्रको सातवटा हिमशृङ्खला सगरमाथा, आमादोल्मा, लोत्से, कोयु, मकालु, कञ्चनजङ्घा र अरुणबरुण क्षेत्रका हिमशृङ्खला प्रत्यक्ष अवलोकन गर्न सकिने संयोजक तामाङले बताए । यस्तै उत्तरी पहाडी जिल्लाहरु खोटाङ, भोजपुर, धनकुटा, सुङ्खुवासभा, र तराईका जिल्ला सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापासहित भारतको बिहार, पश्चिम बङ्गालको सिलीगुडीसम्म बाइनाकुलरबाट अवलोकन गर्न सकिने उनको भनाइ छ । पर्यटकको वृद्धि भएका कारण आफूहरुको व्यापार व्यवसाय पनि निकै फष्टाउन थालेको स्थानीय होटल व्यवसायी कला राईल ेबताइन ।

चौदण्डीगढीले पर्यटन विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेपनि अझै पनि खानेपानीको उचित व्यवस्थापन गर्न बाँकी रहेकाले सुनकोशी नदीबाट उक्त डाँडामा पानी लिफ्टिङ गरेर लाने तयारी भइरहेको र विद्युत्को विस्तार गर्ने कार्य शुरु भइरहेकामा दुई वर्षसम्ममा सबै पूर्वाधार तयार पारिने नगरप्रमुख राईले बताए ।

 चौदण्डी गढीको इितहास

chaudandigadi2
सेन राजाहरुको दरबारको भग्नावशेष तथा बिसासय कूल देवीको मन्दिरको जीर्णोद्धार गरेर सुरक्षित घेरबार गरी पुरातात्विक महत्वका वस्तुको संरक्षणको काम तीव्र रुपमा भइरहेको छ । चौदण्डीमा चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारदेखि सिधै चौदण्डीगढीसम्म केवलकार जोडेर सुनकोशीको रानीटारसम्म झार्ने लक्ष्य गरी अहिले निजी कम्पनीसँग सहकार्यको प्रयास भइरहेको नगर प्रमुख राईले बताए ।

यस्तै सुनकोशीको रानीटारमा जलयात्राका लागि पूर्वाधार पूर्णरुपमा तयार भइसकेको छ । बेल्टार बजार हुँदै चौदण्डीसम्म घुमेर सुनकोशीको रानीटारसम्म जलयात्रा गर्नका लागि सुनकोशीसम्म नै केवलकारसमेत जोडिन लागेपछि चौदण्डीगढी पर्यटनस्थलका रुपमा विकसित हुन थालेको समाजसेवी विष्णु कोइराला बताउँछन् । चौदण्डी घुम्न आउने पर्यटकका लागि गेष्टहाउस तथा होटल व्यवस्थापनको काम नगरपालिका र चौदण्डी पर्यटन विकास समितिको अगुवाइमा भइरहेको छ । चौदण्डीगढी १८२६ देखि उदयसेन, लोहाङ सेन र हेमदत्त सेनजस्ता सेनवंशी राजाले राज्य गरेको ऐतिहासिक थलोका रुपमा चिनिन्छ ।

chandra 1 chaudandigadi1