मान्छेहरु भन्छन् राजनितिमा इमानको खडेरी लाग्यो । नेताले बोलेका कुरा पुराउँदैनन् भन्ने गफ गाउँघर देखि चिया पसलहरुमा मज्जाले बहष हुन्छ । तर सबै नेता एकै स्वभाबका हुदैनन् भन्ने एउटा उदाहरण हुन इनरुवाका राजिव कोईराला । आफ्नै पार्टी भित्र होस् या अन्तरपार्टीका सहकर्मीहरुसंग होस् उनको राम्रो सम्बन्ध राख्छन । बोल्छन् अनि पुराउछन ।

राजनितिमा छलकपड विना गर्न सकिन्छ । तर छलकपड विना राजनितिमा आउनेहरु पनि थोरै मात्र छन । सुनसरीमा ब्राण्ड नाम हो राजिव कोइराला । त्यस माथि पनि इनरुवाका वा मधेसका लागि राजिव एउटा कुशल नेता मात्र हैन अविभावक हो । नेपाली काँग्रेस सुनसरीमा दुई पटक चुनाव जितेका राजिव काग्रेसमा मात्र हैन मधेसका जनता सँग नजिक छन । नेपाली काग्रेस प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्ष संसदीय दलका नेता तथा सुनसरी क्षेत्र नम्वर २ ख बाट प्रदेश संसद बनेका राजिव पदका लागि भन्दा पनि जनताका लागि काम गर्ने नेता पर्छन ।

कोईराला विरासतकै कारण पनि राजिवको सुनसरीमा अलि बढि चर्चा छ । कसैलाई पाखा र कसैलाई काखा पनि गर्दैनन् । निष्ठावान राजनीति गर्दै आएका राजिवको लोकतन्त्रप्रतिको प्रतिबद्धता र सरल राजनीतिक जीवनशैली राजीव कोइरालाको पारिवारिक विरासत हो । राणाशासनको जहानियाँ कालखण्ड होस् कि पञ्चायती निरङ्कुशता, त्यो बेलामा सुनसरीमा प्रजातन्त्रको दियो जोगाइराख्ने प्रतिबद्ध आदरणीय थोरै व्यक्तिहरूमध्ये एक थिए, डाक्टर केशरीराज कोइराला । राजीव उनै केशरीराजका जेठा छोरा हुन , जो सुनसरी काङ्ग्रेसको इतिहासमा त्यागी नेताका रूपमा सदा स्मरणीय छन् ।

वाणिज्यशास्त्रमा स्नातक गरेका ५६ वर्षीय कोइराला जनताको सेवा र राजनीतिका लागि आर्थिक लाभको कुनै पेसा नअँगालेका व्यक्ति हुन् । उनी राजनीतिक आवरणमा हुने कुनै पनि प्रकारको भ्रष्टाचारको जरो उखेल्न चाहन्छन् । राजनीतिका नाममा गरिने देखावटी, तडकभडक र सत्ता-स्वार्थका लागि जोसँग पनि गरिने सम्झौता शब्दकोशमा छैन उनी भन्छन् ।

जनताका पक्षमा संविधान अनुसारका ठोस कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने कोइराला राजनितिमा सक्रिय छन । राजनीतिक रूपमा उनको जुन धैर्यता र उचाइ छ, त्यसलाई विश्लेषण गर्दै पार्टीले प्रमुख प्रतिपक्ष दलको नेता बनायो । राजीव कोइराला सुनसरीको युवा-वृत्तमा ‘राजीव दाइ’का नामबाट सुपरिचित छन् । लोकतान्त्रिक आस्थाको सम्मान तथा एउटा निरन्तर राजनीतिक पृष्ठभूमिबाट उठेका राजिवको उचाई पछिल्लो केहि समय यता अझ बढेको छ ।

२०३५ सालमा नेपाल विद्यार्थी सङ्घ सदस्य तथा नेपाली काङ्ग्रेस सुनसरीको सचिव दुई कार्यकाल ,नेपाली काङ्ग्रेस सुनसरीको सभापति दुई कार्यकाल हालका पनि सभापति हुन । राजिवलाई तडक भडक मन पदैन । अरु पार्टीलाई गाली गर्नु भन्दा आफु सध्रनु पर्छ उनी भन्छन् । नेपाली काग्रेस सुनसरीमा केन्द्रिय स्तरको ठुला नेतालाई चुनाव जिताउन समेत महत्वपूर्ण भूमिका छ ।

१० बर्ष काग्रेस छोडेर नेपाली काग्रेसमै फर्केका विजयकुमार गच्छदारले गत २४ गते इनरुवाको एक कार्यक्रममा भने लोकतन्त्रप्रतिको प्रतिबद्धता र सरल राजनीतिक जीवनशैली निर्वाह गदै आएका नेता राजीव कोइरालाको स्वभाव पनि सरल रहेको छ । त्यागी नेता केशरीराजका सन्तान राजीवको ब्यवहार पनि पिताको जस्तै रहेको छ । राजिव कुशल नेता भए ।

सुनसरी इनरुवाले नेपाली काँग्रेस र कोईराला खान्दानको लामो ईतिहाँस वोकेको कारण पनि स् कोईराला परिवार इनरुवाको लागि विश्वाशिलो पात्र हो । मधेस आन्दोलनमा पनि उतिनै सम्मान पाएको बताउँछन । केहिले मधेसी कोईराला समेत भन्छन उनलाई । कोईरालाले निर्वाचन पश्चात आफ्नो निर्वाचन क्षत्रमा रहेका सवै बाटाको स्तर उन्नती गरी पक्की वनाउने प्रतिबद्धता धमाधम थालेको बताउँछन ।

कुनै पनी राष्ट्रलाई दिगो शान्ती र समृद्ध वनाउनका लागि राजनितिको आवश्यक पर्छ । राष्टूको विकास गर्न सत्ता संचालन गर्न जनताले जनतामाथि जनताले चुनेका प्रतिनिधिले नै देसको कानुन व्यवस्था संचालन गर्न राजनिति गर्नू पर्छ । जसरी गाडी चलाउन पेटूोल र सिष्टमको आधारमा हाक्नुपर्छ ठिक त्यसै गरी देशमा पनि राजनितिज्ञहरुले राजनिति मार्फत शासन सत्ता चलाउनुृ पर्छ उनी भन्छन् ।

प्रमुख प्रतिपक्ष दलका नेतृत्व गदै आएका राजिव बोल्ने बहानामा संसदमा बोल्दैनन् । आफु नबुझेका नजानेको विषय विज्ञ सँग छलफल गरेर मात्र संसदमा समय लिन्छन् । सरकार पक्षलाई आरोप प्रतिआरोप हैन भद्र सुझाब दिने काईराला संसदमा सानो तिनो विषयलाई प्रपोकाण्ड बनाउदैनन् ।

हामिकहा राजनिति भनेको एउटा पेशा हो व्यापार हो भने जस्तो गरी राजनिति गर्ने प्रचलन शुरु भएको छ । हिजो राजनिति गर्ने भनेको देस र जनताका लागि निस्वार्थी भावले गरिने सेवा नै राजनिति भनिन्थ्यो । तर आज आएर राजनिति भनेको सवै भन्दा सजिलो नाम दाम एकै पटक संग सगै कमाउन सकिने माध्यम वन्दै गइ गहेको छ ।

अव यो घेरा भित्र देसको सरकार मात्र होइन प्रतिपक्ष मात्र होइन विभिन्न क्षेत्र सँग आवद्ध बुद्धिजिवी मानवधिकारकर्मी नागरिक समाज सवै यो जनताको प्रश्नको घेरा भित्र परी सकेका छन् । जनताको घेरामा पर्नु भनेको जनताको कठघरामा उभिनुहो त्यसको जवाफ सवैले दिनैपर्छ अव हरेक मन्त्री नेतालाई जनप्रतिनिधिलाई आम जनताले सोध्ने छन राजनिति के का लागि किन ? लिन कि दिन । सवैको एउटै प्रश्न हुनेछ ।