उदयपुर/ प्रकृतिको सौन्दर्यताका रूपमा परिचित विभिन्न रङ्का चराचुरुङ्गी संरक्षणमा उदयपुरको फुलबारी टोल विकास समिति लागि परेको छ ।

त्रियुगा नगरपालिका–८ उत्तराई टोलका समितिले आफ्नो क्षेत्रभित्र स्थायी वा अस्थायी बसोबास गर्ने चरा चुरुङ्गीको संरक्षण गर्न समिति सक्रियरूपमा लागि परेको हो । केही वर्ष अगाडिदेखि नै चरा संरक्षणमा लागि परेको गाउँलेहरूलाई साथ दिनकै लागि समितिले चरा मार्न निषेधित क्षेत्र नै घोषणा गरेको टोल विकास समितिका सल्लाहकार रामवती चौधरीले बताइन् । गाउँलेको अभियानलाई सफल बनाउनका लागि समितिले चरा मार्न निषेधित क्षेत्र घोषणा नै गरेको छ । चरा मारेको भेटिए पहिलो पटक ५ सय जरिवाना गरिने सल्लाहकार चौधरीले बताइन् । उक्त क्षेत्रमा चरा मार्न बाहिरबाट नै आउने भएको भेटे जति गाउँलेहरूले नै सम्झाएर पठाउने गरेको सल्लाहकार चौधरीले बताइन् ।

चराले क्षतिभन्दा पनि संरक्षण गर्दछ । विषालु किरा फटेङ्ग्रा खाएर मानिसलाई सहयोग गर्ने गरेको सल्लाहकार चौधरीले बताए । चारै तिरबाट खोलाले घेरेको टप्पु भएकाले चराको बासस्थान बनेको उनले बताइन् । जिल्लामै पहिलो पटक चरा मार्न निषेधित क्षेत्र घोषणा गरी चरा संरक्षणमा लागेको सल्लाहकार चौधरीले बताइन् । यस क्षेत्रका जङ्गलमा बिहान र साँझ पख विभिन्न प्रजातिका चराचुरङ्गीहरूको सङ्गीतमय आवाजले गुञ्जयमान हुन्छ ।

विभिन्न चराका आआफ्नै आवाजले सङ्गीतमय बन्ने जङ्गल बाहिरबाट चरा मार्न आउने शिकारीहरूले चरा मार्ने गरेकाले संरक्षणमा लागेको सल्लाहकार चौधरीले बताइन् । उक्त क्षेत्रमा करिब २८ प्रजातिका चराचुरुङ्गी स्थायी रूपमा बसोबास गर्दै आएको स्थानीयबासीहरूले दाबी गरेका छन् । यस क्षेत्रमा लोपउन्मुख प्रजातिका चराहरूसमेत पाइन्छ । धनेश, चिल, हाडफोरा, गडुर, लाटोकोसेरो, सुँगा, मैना, ढुकुर, कोकले, ह्लाचेलगायतका करिब २८ प्रजातिका विभिन्न चराचुरुङ्गीहरू पाइने स्थानीय छायादेवी चौधरीले बताइन् । कतिपय चराचुरुङ्गीले मानिसलाई समेत दुःख दिने गरेको स्थानीय चौधरीले बताइन्् । मानिसले खेत बारीमा लगाएको अन्नपात खाएर क्षति गर्दछ । तर सबै चराले क्षति नगरी संरक्षण पनि गर्दछ । तराई गर्मी ठाउँ भएकाले प्रसस्त सर्प पाइन्छ । यस्ता सर्पलाई चिल, हाँडफोरा, बकुल्ला, गडुरजस्ता चराले आहाराको रूपमा खाइदिएर मानिसलाई सहयोग गर्ने गरेको स्थानीय चौधरीले बताइन् ।

बाहिर गाउँबाट चरा मार्न आउने शिकारीहरूलाई सम्झाएर पठाउने गर्दथ्यौ । अहिले पनि गाउँका मान्छेले चरा मार्दैन तर बाहिरबाट आएर मार्ने भएको भेटे जतिलाई सम्झाएर पठाउने गरेको स्थानीय चौधरीले बताइन् । उक्त क्षेत्रमा सिमल, साल, सिसौलगायतका रुख पाइने भएकाले ठूला तथा साना चराहरूको बास स्थान बनेको सञ्चारकर्मी डिएन चौधरीले बताए । जिल्लामा भएको एक सर्वेमा लोपोन्मुख चरासमेत यस क्षेत्रमा पाइएको उनले बताए । चराको केन्द्र भएकाले यसको विकास गर्न सके पर्यटकीय क्षेत्र बनाउन कुनै समस्या नहुने सञ्चारकर्मी चौधरीले बताए ।

पर्यटकीय स्थलको प्रचुर सम्भावना बोकेको ठाउँ हो । अहिले गाउँलाई साथ दिँदै सङ्घसंस्था लागि परेकाले भविश्यमा एक पर्यटकीय स्थलको निर्माण हुने उनले बताए । यस क्षेत्रमा पानीको मुहान प्रसस्त भएकाले जङ्गली जनावर तथा चराचुरुङ्गीको लागि अति उपयुक्त ठाउँ हो । यस क्षेत्रमा वृक्षरोपण गरि लोप हुँदै गएका चरालाई संरक्षण र अन्य चरालाई मार्न नदिनु नै सुन्दर कामको थालनी भएको सञ्चारकर्मी चौधरीले बताए । पानीको स्रोत र जङ्गल भएकाले बस्न अनि बचेर हुर्काउनका लागि सहज हुने भएकाले बढी चरा पाइने उनले बताए । वन र जङ्गली जनावर तथा चराचुरुङ्गीको संरक्षण नगर्ने हो भने प्रकति सौन्र्दयता लोप हुने सञ्चारकर्मी चौधरीले बताए ।