धरान / भारतीय माछा नपाली बजारमा आउन छाडे पछि पूर्वमा माछा अभाव भएको छ । करिव ढेड महिनादेखि नेपाल तर्फको क्यारेन्टाइनले भारतीय माछा ल्याउन कडाइ गरे पछि अभाव भएको हो ।
विगतमा नेपाल तर्फको क्यारेन्टाइमा चेक गराए पछि माछा नेपाल भित्रने गरेका थिए । तर भन्सारमा हाल भारतीय क्वारेन्टाइन चेक जाँचको कागज भए पछि मात्र नेपाल भित्राउन दिने गरे पछि भारतीय माछा आयतमा कमी आएको हो । माछा व्यवसायी संघ विराटनगरका सदस्य प्रवेश आलाम मियाका अनुसार भारतीय क्यारेन्टाइन चेक पूजी ल्याउन कलकता जानु पर्ने हुन्छ । । कलकताबाट ल्याएर काम गर्न समस्या भएकाले भारतीय माछा नेपाल भित्र छाडेको आलामले बताए ।
आलामका अनुसार जोगमनी नाकाबाट भारतीय माछा दैनिक तीन टन नेपाल आउने गरेको थियो । ती माछा मोरङ, सुनसरी, झापामा विक्रि हुदैं आएको थियो । तर पछिल्लो समय पूर्ण रुपमा बन्द छ । भारतीय माछामा फर्मालिनको मात्रा बढि भएको भन्ने गुनासाे आए पछि भन्सार कार्यालय विराटनगरले क्वारेन्टाइन चेकमा कडाइ गरेको हो ।
पछिल्लो समय मारेङको डागी, झापाको दमक, सुनसरीको इटहरी, रामधुनीलगायतस् थानमा माछा पालन गरिए पनि आवश्यकता अनुसार आपूर्ति गर्न सकेको छैन् । सुनसरी माछा व्यवासायी संघका अध्यक्ष देव साहका अनुसार धरानमा २५ स्थानमा माछा विक्रि हुदैं आएको छ । दैनिक ४ सय केजी माछा धरानमा खपत हुदैं आएको छ । तर माछा अभावले हाल ढेड सय केजी मात्र धरान आउने गरेको छ । माछा अभाव भए पछि मुल्य पनि बढेको साहले जानकारी दिए । प्रतिकेशी २८० रुपैयामा पाइने माछा हाल ४ सय सम्म पुगेको छ ।
पशु सेवाविज्ञ केन्द्र सुनसरीले माछा तथा मासुको उत्पादन बढेको तथ्याङ्क गत साता सार्वजनिक गरेको थियो । उत्पादनमा वृद्धि भए पनि नेपालको उत्पादनले बजार धान्न सकेको छैन् ।
जिल्लामा चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ७ हजार ९ सय ३.४१ मेट्रिकटन माछामासु उत्पादन भएको पशु सेवाविज्ञ केन्द्र सुनसरीको तथ्याङ्कले देखाएको छ ।
नेपालमा आर्थिक वर्ष २०७०/७१ मा ६४ हजार ९ सय मेट्रिक टन उत्पादन भएको माछा आव २०७४/७५ मा आइपुग्दा ८६ हजार ५४४ मेट्रिक टन उत्पादन भएको तथ्याङक छ । जुन उत्पादन चार वर्षको समयमा झन्डै २० हजार मेट्रिक टन बढेको देखिन्छ । विदेशी मुलुकबाट आयात हुने माछाको क्रम भने घटेको तथ्याङ्कले देखाएको छ । आव २०७०/७१ मा १२ हजार ८६९ मेट्रिक टन आयात भएकामा आव २०७४/७५ मा १० हजार ७५६ मेट्रिक टन आयात भएको छ ।
केन्द्रका सूचना अधिकारी सुमित्रा लौडारीले नेपालमा माछापालन व्यवसायमा कृषकको आकर्षण बढेको बताइन् । विश्वका विकसित मुलुकले वार्षिक प्रतिव्यक्ति २८ किलो माछा खाने गरे पनि नेपालमा उत्पादित माछाले वार्षिक ३ दशमलव शून्य १ किलोग्राम मात्र उपलब्ध हुने गरेको केन्द्रले जनाएको छ । अल्पविकसित मुलुकमा भने प्रतिव्यक्ति वार्षिक ११ किलोग्राम माछा प्रयोग हुँदै आएको छ ।
नेपाललाई सन् २०३१ सम्म माछाको प्रयोगका लागि अल्पविकसित मुलुकको दाँजोमा पु¥याउन माछापालनसम्बन्धी विभिन्न कार्यक्रम ल्याउन लागेको छ । प्रदेश तथा संघले विभिन्न स्थानीय तहलाई माछा जोनका ेरुपमा घोषणा गरि व्यवसायी माछापालनका लागि प्रोत्साहन गदैं आएको छ ।
नेपालमा हाल प्रयोग हुँदै आएको माछामध्ये ६५ प्रतिशत भारतबाट तथा ३५ प्रतिशत नेपालकै विभिन्न स्थानबाट आयात गरिदैं आएको छ ।
नेपालका विभिन्न नदीनाला तथा तालतलैयामा हाल २३२ प्रजातिका माछा पाइन्छन् । तीमध्ये ११ प्रजातिका माछालाई व्यावसायिक रूपमा पालन गरिएको छ । कमनकार्प, विगहेडकार्प, सिल्भरकार्प, ग्रासकार्प, रहुकार्प, नैनीकार्प, भाकुरकार्प, टिलापिया, मांगुर, पंगास, जल कपुर, असला र ट्राउटलाई व्यावसायिक रूपमा पालन गरिएको केन्द्रले जनाएको छ ।
माछाको उत्पादनलाई बढाउन देशभर केन्द्रसहित १३ वटा सरकारी फार्म संलग्न रहेका छन् । माछाको विकास र विस्तारका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत नौवटा अनुसन्धान केन्द्र स्थापना गरी माछाको अध्ययन तथा अनुसन्धान भइरहेको केन्द्रले जनाएको छ ।