धरान । धरान उपमहानगरपालिकाको आकस्मिक रूपमा कार्यपालिका बैठक बसे पनि बजेट पारित हुन सकेन । बैठकमा राखिएका एजेन्डाहरूमध्ये एउटा मात्रै एजेण्डा पारित भएको छ । 

एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेका कारण बजेट पारित हुन सकेको थिएन । बुधबार बसेको बैठकमा पनि बजेट पारित हुन नसकेको हो । गत शुक्रबार एमालेका बहुमत कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेका थिए ।

एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले करको दायरा घटाउनुपर्ने र प्रमुख उपप्रमुख भिजन कोष हटाउनुपर्ने अडान राखेका कारण बजेट पारित हुन सकेको थिएन ।  बुधबारको आकस्मिक बैठकमा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरू उपस्थित भए पनि कर्मचारी तलब वृद्धिको विषय मात्रै पारित भएको छ ।

अन्य २५ वटा एजेन्डामा बहस हुन सकेको छैन । स्थानीय सरकारी कर्मचारी समिति २०८० को २७ दफा बमोजिमको मात्रै एजेण्डा पारित भएको हो ।