वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ स्थित बृहत्तर वराहक्षेत्र विकास समितिको कार्यसमिति गठन गरिएको लामो समय बित्दासमेत कार्यकारी निर्देशक नियुक्त हुन सकेको छैन ।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को ३९ औँ बैठकमा गत चैतमा अध्यक्ष नियुक्ति गरिए पनि कार्यकारी निर्देशक प्रदेश सरकारले हालसम्म नियुक्ति गर्न सकेको छैन । काङ्ग्रेसको कोटाबाट वराहक्षेत्र नगरपालिका–२ का प्रकाश बस्नेतलाई अध्यक्षमा नियुक्ति गरिएको थियो । एमालेको भागमा कार्यकारी निर्देशक भागमा परे पनि एमालेको विभिन्न स्वार्थगत समूहको अवरोधका कारण नियुक्ति गर्न नसकेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले खुल्ला प्रतिस्पर्धाबाट कार्यकारीको नियुक्ति गर्ने व्यवस्था रहेको छ । प्रक्रियाअनुसार न्यूनतम् स्नातक तहको शिक्षा लिएको धर्म संस्कृतिको ज्ञान भएको र उमेरले ३५ वर्ष देखि ६० वर्ष ननाघेको हुनुपर्ने प्रावधान रहेको छ ।

प्रदेश सरकारको सामाजिक विकास शाखाको महाशाखा प्रमुख दामोदर फुयाललाई कार्यवाहक कार्यकारी निर्देशकमा खटाएको बृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्ष प्रकाश बस्नेतले बताए । कार्यकरी निर्देशक नहुँदा समितिको बैठक सञ्चालन, निर्णय कार्यान्वयन र प्रशासनमा ढिलाइ, योजना स्वीकृति, वित्त व्यवस्थापन, समन्वय र निगरानीमा असहज भएकोे अध्यक्ष बस्नेतले बताए ।

समितिले सुनसरी, उदयपुर र धनकुटा तीन जिल्लालाई समेटिँदै आएको छ । बृहत्तर समितिलाई आर्थिक वर्ष २०८२/०८३ लागि प्रदेशले ५० लाख बजेट छुट्याइएको भन्दै अध्यक्ष बस्नेतले वराहक्षेत्रस्थित औलिया बाबा मठ, छिन्नमस्ता शक्तिपीठ, यसैगरी धरानको विष्णुपादुका, पिण्डेश्वर र रामधुनीजस्ता ऐतिहासिक, पौणारिक र पुराताŒिवक महŒवको पुरानो मठ मन्दिरलाई प्राथमिकता राखिने बताए ।