धरान । यामाहा कम्पनीको दुई पाङ्ग्रे सवारीका लागि धरानको आधिकारिक बिक्रेता विजयपुर ट्रेडर्सले ‘यामाहा कम्पनीका दुईवटा बाइक’ एकसाथ सार्वजनिक गरेको छ ।
ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाका अनुसार यामाहाको ‘एम टी १५ भी टु र एफजेड एस भी थ्री डीएलएक्स’ दुई पाङ्ग्रे सवारी सार्वजनिक गरिएको हो । सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र सञ्चालक खतिवडाले एकसाथ मोटरसाइकल लञ्च गरेका छन् । प्रमुख अतिथि रहेका श्रेष्ठले आफूले अहिलेसम्म यामाहाकै गाडी चलाउँदै आएको बताए । “मैले अहिलेसम्म यामाहाकै गाडी चलाउँदै आएको छु, राम्रो पनि लाग्छ” उनले भने, “विजयपुर ट्रेडर्सले जुन लक्ष्य राखेको छ । त्यो पूरा होस् भन्ने कामना गर्दछु ।”
उनले सरकार र राष्ट्र बैङ्कलाई आग्रह गर्दै भने, “व्यापारीहरूलाई कालोसूचीबाट हटाउन आग्रह गर्दछु । कालोसूचीबाट हटाएर उसको घरजग्गा फिर्ता गरी लोनको टर्मलाई बढाएर उसले तिर्न सक्ने अवस्था सिर्जना गरिनुपर्छ । व्यापारीहरूले व्यापार गर्दा नै पैसा फसेको हो । आर्थिक चलायमान बनाउनका लागि पनि व्यापारीमैत्री नीति ल्याइदिइयोस् ।” यस्तै महासङ्घका अध्यक्ष काफ्लेले भने, “विगतदेखि नै आफू पनि यामाहाको गाडी चलाउँदै आएको र राम्रो पनि लाग्छ । अरूलाई पनि यामाहाको गाडी किन्न सुझाव दिन्छु ।”
सञ्चालक खतिवडाका अनुसार हालै सार्वजनिक गरिएको मोटरसाइकल नयाँ रङ साथै आकर्षक रहेको छ । एमटी १५ भी टुमा स्ट्रिटफाइटर डीएनएका लागि परिचित रहेको जनाइएको छ । यस्तै एफजेड एस भी थ्री आइस फ्लुओ भेरमिलियोन थप गरिएको छ । नयाँ रङमा ल्याइएको सवारीमा स्टाइलिस समेत रहेको जनाइएको छ । विज्ञप्तिमा उल्लेख गरेअनुसार एम.ए. डब्लू राइडर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी निर्देशक दीपककुमार अग्रवालले भने, “यामाहा सधैँ इनोभेस, पर्फमेन्स र ग्राहको खुसीको लागि उभिँदै आएको छ । अहिले आएका नयाँ गाडीले ग्राहकको भावनात्मक सम्बन्ध जोड्नुका साथै युवापुस्ताको एड्भेन्चरलाई प्रेरित गर्दछ ।”
यस्तै कोशी प्रदेशका क्षेत्रीय व्यवस्थापक रोबिन श्रेष्ठले भने, “हामी धरानका राइडरहरूलाई नयाँ भेरियन्टहरू प्रस्तुत गर्न पाउँदा खुसी छौँ । यी गाडीहरू स्टाइल, पर्फर्मेन्स र प्रविधिका अनुभव पनि हुन् ।”