श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ १९ गते बिहीबार ४ सेप्टेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र शुक्लपक्षको द्वादशी तिथि ०१ः५३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र उत्तराषाढा २२ः४५ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः४४ बजे र सूर्यास्त ०६ः१९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अरूको सहयोगमा जुट्नुपरे पनि आफैलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

परिश्रमले सजिलै लक्ष्यमा पु¥याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

शरीरमा कमजोरी अनुभूति हुनेछ। अध्ययनमा समय दिन नसकिएला । आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामूहिक काममा हात हाल्नुअघि विचार पु¥याउनु होला। समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

माया मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ । उपलब्धिका स्रोत पहिचान गर्न सकिनेछ।   

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि खर्च बढी हुन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अध्ययनमा प्रगति हुनेछ। रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापार र आर्थाेपार्जनका अन्य काममा समय बित्नेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले नयाँ काम सुरु हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।