नेपाली साहित्यका मूर्धन्य साहित्यकार उपन्यासकार, कथाकार डायरी लेखक, कवि, विश्वेश्वर प्रसाद कोइरालाका विषयमा धेरै लेखिए । नेपाली साहित्यमा वहाँलाई सूर्यविक्रम ज्ञवाजीले सर्वप्रथम दोषी चश्मा प्रकाशित गरी कथाकारका रूपमा परिचित गराए ।

बीपी कोइरालाको जन्म भारतमा, शिक्षा–दीक्षा भारतमा, राजनीतिक दिशा ग्रहण भारतमै भएकोले वहाँको प्रारम्भिक रचना फाटफुट हिन्दीमा लेखिन थाल्यो । वहाँको जन्म १९१४ प्रथम विश्वयुद्धताका भएको थियो । यो गणनाअनुसार १९२७ तिर अर्थात् १३ वर्षको उमेरमा वहाँले भारतमा हिन्दी पाठ्यक्रम पढ्दाताका कनीकुथी हिन्दीमा लेखन थाल्नुभयो । फाटफुट रूपमा हिन्दी कथाबाट र त्यसताका भारतमा इष्ट इण्डिया कम्पनीको विरुद्ध महात्मा गान्धीको स्वतन्त्रताको लहरले भारतीय जनतामा जागरण ल्याएको थियो । शहीद भगतसिंह शहीद भएपछि क्रान्तिको ज्वाला भड्कँदै थियो ।

बीपी वनारसमा पढ्दा साहित्यप्रति आकर्षित हुनुभएकोले हिन्दीमा लेखेका साहित्य प्रस्फुटित हुन थाल्यो । फाट्टफुट्ट विस्तारै वहाँका फुटकर रचनाहरू प्रस्फुटित भई वहाँको हिन्दी साहित्यका मूर्धन्य साहित्यकार शान्तिप्रसाद द्विवेदीसँग परिचय भयो र वहाँ हिन्दी साहित्यप्रति आकर्षित हुनुभयो । त्यसैताका भारतका प्रख्यात उपन्यासकार, कथाकार प्रेमचन्द्रले हंस पत्रिका प्रकाशित गर्थे । सम्पादन गर्थे, त्यो पत्रिका बीपीले पढ्ने गर्नुभयो । त्यसमा छापिएका सामग्री हेरेर बीपीलाई यति त म पनि लेख्न सक्छु भन्ने लाग्यो । त्यही आत्मबलले वहाँलाई हिन्दीमा लेख्न प्रेरणा मिल्यो र ऊर्जा दिए शान्तिप्रसाद द्विवेदीले र प्रेमचन्द्रले प्रोत्साहन गरे ।

बीपीले नेपाली साहित्यमा पु¥याएको प्रभाव बारे विगतदेखि नै चर्चा हुँदै आएको छ । वहाँका दोशी चश्मा कथा सङ्ग्रहपछि बीपी राजनीतिमा ज्यादा व्यस्त भएकोले वहाँमा साहित्यिक शिथिलता रहन गयो । राजनीतिमा वहाँ प्रधानमन्त्री भएपछि २०१७ साल पौष १ गते प्रजातन्त्रको हत्या भएपछि वहाँ जेल पर्नुभयो र ८ वर्ष जेलमा बिताउनुभयो । त्यो ८ वर्ष वहाँले अध्ययन गरे । लेखनमा बिताउनु भयो । फलस्वरूप वहाँका कालजयी रचना नरेन्द्रदाइ (उपन्यास), मोदिआइन (उपन्यास), सुम्निमा (उपन्यास), हिटलर र यहुदी (उपन्यास), तीन घुम्ती (उपन्यास) । भैरवी कथासङ्ग्रह थुप्रै कविता, आत्मकथा आत्मश्वैत वृत्तान्त, फेरि सुन्दरी, जेल जर्नल इत्यादि रहेका छन् । वहाँको जेल जीवन प्रजातन्त्र स्थापनाको लागि सङ्घर्ष थियो भने साहित्यका लागि वरदान ।

यहाँ यो लेखको उद्देश्य वहाँको प्रभावका बारेमा हिन्दी साहित्य चर्चा केन्द्रित गरेको छु । यद्यपि वहाँका साहित्यिक धारणाहरूका बारेमा मेरो पुस्तक बीपी कोइरालाका साहित्यिक विचारहरूमा विस्तृत विचार विमर्श गरिएको छ ।

यहाँ हिन्दी साहित्यको चर्चा गर्दा बीपीले विद्यार्थीकालमा हिन्दीमा लेख्न थालेको र वहाँले तत्कालीन सुप्रसिद्ध हिन्दी साहित्यका साहित्यकारहरूसँग सान्निध्य गर्न पाएकोले वहाँ हिन्दीमा सिद्धहस्त हुनुभयो ।

तर वहाँलाई नेपाली भाषामा नै लेख्न सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइरालाले उत्साहित गरेकोले वहाँको हिन्दी भाषामा लेखाइ विराम लाग्यो । तर वहाँका हिन्दी रचना बारे वहाँका जानकारीमा गराएका बम्बई कविता, बम्बई कथा फाट्टफुट्ट बाहेक सबै अनभिज्ञ थिए ।

बीपीको साहित्य बारे शोध गर्ने दर्जनौं विद्वानहरूले यो बाहेक थप अनुसन्धान गरेनन् । भारतमा नै नेपाली पढाउने विश्व विद्यालयहरू बिएचयु, नर्थ बङ्गालमा पढाइ भयो । तर बीपीका उपन्यासहरूमा कथाहरू हिन्दीमा अनुवाद गरिए । सुम्नीमालाई भागलपुर विश्वविद्यालयका प्रा.डा.सुरेन्द्रप्रसाद साहले हिन्दीमा अनुवाद गरे । यस्तै विदेशीले अङ्ग्रेजीमा गरेका थिए । तर वहाँको हिन्दीमा योगदानमा कुनै स्वदेशी विद्वानले अनुसन्धान गर्ने जमर्को गरेनन् ।

यसैबीच सधैँ खेलकुदमा मात्र लेख्ने गरेका नवीन अर्यालले २६ असोज २०७१ को नेपाल साप्ताहिकमा बीपीको हिन्दी साहित्यको कथा विधामा कलम चलाए । त्यो पनि एकजना विदेशी महिलालाई भेटेपछि ।

जसमा ती महिला फिन्ल्याण्डबासी (फिनिस) रहिछन्, जो भारतमा दक्षिण एसियाको स्कलरका रूपमा पिएचडीका लागि भारत जयपुरको सांस्कृतिक इतिहास माथि शोध गर्न आएकी थिइन् । यो कुरा १९८६ मा हो । भारतमा बस्दै गर्दा फिनिस नागरिक मिरिया मल्लीक ५५ वर्षले भारतमा आएपछि मात्र बस्दै गर्दा दक्षिण एशियाको राजनीतिको चर्चा गर्ने क्रममा उनले वीपी कोइराला साहित्यकार पनि हुन् भन्ने सुनेपछि उनलाई बीपी बारे जान्ने बुझ्ने उत्कण्ठा लागेछ र भारतमा विद्वानहरूसँग सम्पर्क राखिन्, चर्चा गरिन् । अनि बीपीले हिन्दीमा समेत लेखेको थाहा पाएपछि उनी बीपीको हिन्दी साहित्यमा योगदान बारे खोज्न कम्मर कसिन् । फलस्वरूप उनी वनारस हुँदै पछि बीपीकै नाताले नेपाल आइन् बीपीलाई बुझ्न ।

यसरी मिरिया मल्लीक नै पहिलो विदेशी विद्वान भइन्, जसले बीपीको हिन्दीमा प्रभाव चर्चा अनुसन्धान गर्न थालिन् । फिनिस अनुसन्धानकर्ता मिरियाले बीपीको हिन्दी साहित्यमा कथा विधाबारे खोज्दै उनले वीपीको सम्पर्कमा आएका विद्वानहरू वनारस इलाहवाद, पटनादेखि काठमाडौंसम्म सम्पर्क बढाइन् ।

शोधकर्ता मिरियाले बीपीले हिन्दीमा लेखेका जम्मा ६ वटा कथा फेला पारिन् । ती सबै कथा प्रायः छोटा रहेका छन् । तीमध्ये उनले बीपीको वहाँ कथाबाट इलाहावाद फेला पारिन् । उनी यति प्रभावित भइन् कि उनले त्यो कथा विश्वकै उत्कृष्ट फुटकर कथा भन्न रुचाउँछिन् । उनले बीपीले यो कथा १६ वर्षको उमेरमा लेखेका बताएकी छन् । उनले विश्वमा बीपीको जस्तै कथा लेख्ने एक मात्र हेन्स हन्डर्सनले मात्र लेख्थे भनेकी छन् पत्रकार नवीनलाई । उनले १९८६ मा लेख्दै गर्दा, खोज्दै गर्दा, बीपीका ६ वटा कथा मात्र फेला पारिन् र उनले बीपीका हिन्दी कथाहरू मात्र अङ्ग्रेजी, हिन्दी, फिनिस, नेपाली र स्वीडिस गरी ५ भाषामा प्रकाशित गर्ने उद्देश्य रहेको बताइन् पत्रकार नविनलाई । उनका दावीमा वीपीले हिन्दीमा लेख्तै गर्दा वनारसबाट प्रेमचन्द्रको हंस पत्रिकाबाहेक कलकत्ताबाट रामानन्द चटर्जीको सम्पादनमा प्रकाशित हुने मोडर्न रिभ्यु तथा नामै वनारसी दास चतुर्वेदीको सम्पादनमा प्रकाशित हुने विशाल भारतमा प्रकाशित गरेका थिए ।

बीपीले भारतको प्रवासकाल विद्यार्थीकाल, जेल बसाइकालमा के कति हिन्दीमा फुटकर कविता, कथा तथा अन्य विषयवस्तु लेखे, त्यो लेखाजोखा गर्ने मिरियाले अहिलेसम्म किताब प्रकाशित गरेको चर्चामा सुनिएको छैन तर हिन्दी साहित्यमा बीपीको हिन्दी लेखनका शोध हाम्रो विज्ञ, शोधकर्ताले खोजेको देखिँदैन र बाँकी भविष्यमा छाडि दिउँ तर बीपीको हिन्दी लेखन बारे हामीले मिरियालाई पछ्याउनु एक मात्र विकल्प रहेको छ । किनकी उनले धेरै सामग्री सङ्ग्रह गरेकी छन् ।

मिरियाले बीपीलाई प्रोत्साहन गर्नेहरूका नाममा प्रेमचन्द्र, शान्तिप्रसाद द्विवेदी सबै प्रसङ्गमा आइसकेका छन् । त्यसमा थप गरेकी छन् । सम्पादक रामानन्द चटर्जी र अगाडि मिरियालाई उद्धृत गर्दै पत्रकार नवीन लेख्छन्– सानैदेखि दुःख र कष्टमा हुर्किएका कारण पनि बीपीको लेखनमा मनोविज्ञानको प्रयोग हुनसक्ने मिरियाको ठम्याइ छ । उनी रुसी साहित्यकार एन्तोन चेखोवबाट प्रभावित भए पनि बीपीका लेखनमा तुर्गनेम र मेक्सिम जस्तै मिक्स पाइने बताउँछिन् । उनी भन्छिन्, ‘प्रेमचन्द्र सबैभन्दा बढी प्रभावित मेक्सिम गोर्कीबाट थिए । त्यहीँबाट बीपीमा सरेको पनि हुनसक्छ ।’ उनी बीपीको लेखनमा छोटो वाक्य मीठो भाषा त्यो पनि बोलचालको हुने हुँदा निकै सशक्त, अनुभूत हुने बताउँछिन् ।

यस्तै नवीन अगाडि लेख्छन्– बीपीको कथामा टिप्पणी गर्दै भन्छिन् तर मान्नुपर्छ । नेपाली समाजलाई ६०–७० वर्षअगाडि बीपीले धर्मभिरु र यौनमाथि चलाएको कलमलाई स्वीकार गरे । हिन्दीमा नै त्यो साहित्य प्रकाशित भएको भए सायद उननको हालत पनि तसलीमा र रुस्दी जस्दै हुन्थ्यो । बीपीको हिन्दी छोटा कथामाथि टिप्पणी गर्दै मिरियाले उल्लेख गरेको नवीनले छुटाएका छैनन् । मिरिया बीपीले १७ वर्षमा लेखेका हिन्दी कथा ‘वहाँ’ पढ्दै कथालाई यसरी भन्दै बिट मार्छिन् ।

‘एउटा सानो बच्चा आÏनो आमालाई तारा के हो भनेर सोधिरहेछ । ऊ आमालाई मृत्युको विषयमा सोधिरहेको छ । ऊ मनोविज्ञानको कुरा गरिरहेको छ ।’

यसमा दार्शनिक चिन्तन पनि देखिन्छ र ऊ समाधान पनि दिन्छ, जब आमा सुत्छे अनि कसैलाई थाहा नदिई सुटुक्क प्वाँख लगाएर उडेर तारामा जान्छे । यस्तै बीपीको ‘बम्बईप्रति’ शीर्षक कथालाई मिरिया राजनीतिक दृष्टिकोणका रूपमा लिन्छिन् । बीपी प्रयोगकर्ता मात्र होइनन्, त्यसको समाधान पनि दिन सक्ने साहित्यकार हुन् । अन्त्यमा मिरिया बीपीबारे निष्कर्ष सुनाउँदै नवीनलाई बताउँछिन्– बीपीको हिन्दी लेखन जबरजस्त थियो । उनले हिन्दीमै लेखिरहेकी भए उनी भारतमा कहलिएका लेखक हुन्थे । बीपीको बेजोड हिन्दी साहित्यमाथि टिप्पणी गर्थिन् ।

यसरी मिरियाको जस्तै कथन राख्ने हिन्दीका सुप्रसिद्ध कथाकार पनि प्रेमचन्द्र, जयशङ्करप्रसाद द्विवेदी, चटर्जी आदि थिए । यस्तै नेपालीमा धारणा राख्नेहरूमा सूर्यविक्रम ज्ञवाली, धरणीधरलगायत हुनुहुन्थ्यो ।

तीनताका दार्जिलिङमा ज्ञवाली, धरणीधर कोइरालाहरू अध्यापन गराएर साहित्य सेवा गरिरहनु भएको थियो भने बीपी कलकत्ताबाट बी.एल. पास गरी दार्जिलिङमा वकालत गराइरहेका बेला बीपीलई साहित्यमा खास गरेर कथाप्रति आकर्षित गर्ने ज्ञवाली थिए । जसले बराबर तपाई हिन्दीमा किन लेख्नुहुन्छ, नेपालीमा लेख्नुहोस् । तपाईका कथाहरू राम्रा छन्, मनोवैज्ञानिक छन् भन्दै प्रत्साहित गरे । फलस्वरूप बीपीले दोषी चश्मा कथा सङ्ग्रहमार्फत् नेपाली साहित्यमा लेख्न बुरु गर्नु भयो र वहाँका प्रारम्भिक रचनाबाहेक हिन्दी साहित्यमा थप लेखिएको देखिएन ।

यसरी नेपालीमा लेख्न भन्ने नेपाली लेखक र हिन्दीमा लेख्ने झन् छिटो प्रख्यात हुने लोभ देखाएका हिन्दी साहित्यकारहरू त्यसपछि चुप लागे । यसै त बीपी साहित्यमाभन्दा बढी राजनीतिमा होमिनुभएकोले हिन्दी त के कुरा नेपाली साहित्यले पनि सिपीहरू भेट्न दस वर्ष कुर्नुपर्यो ।

बीपीलाई राजनीति र साहित्यका बारेमा परेका कुरा मैले आÏनो पुस्तक बीपी कोइरालाका साहित्यिक विचारहरू पहिलो÷दोस्रो संस्करणमा उल्लेख गरिसकेको छु र पनि पाठकलाई मिरियासँग जोड्न पुनः दोहोर्याउँछु । बीपीलाई हरेक साहित्यकारका प्रश्न हुन्थ्यो– ‘किन बेकारमा राजनीतिमा लागेर साहित्यको अनदेखा गर्नुहुन्छ । तपाईं साहित्यमामा रहनुपर्छ ।’ अर्काथरी जसले बीपीको ईश्र्या गर्थे ती बराबर भन्ने गर्थे किन राजनीतिमा जानुहुन्न तपाईंको क्षेत्र त राजनीति हो । यस्तै राजनीतिका सहकर्मीहरूले तपाईं बेकारमा राजनीतिमा नलाग्नुहोस् । तपाईं साहित्यमा लेख्नुभयो भने नेपाली साहित्यले थप उन्नति गर्न सक्छ ।

तर बीपीले कसैका कुरा सुन्नुभएन । वहाँले राजनीति र साहित्य दुवैमा बराबर हात हाल्नुभयो र साहित्य राजनीतिका विभेद छुट्याउनुभयो । बीपीले हिन्दीमा जे जति लेख्नुभयो । ती सबैलाई दसवर्ष समय दिएर मिरियाले भारतमा हिन्दी साहित्यका ठेली पत्रपत्रिका चहार्नुभयो ।

तर पनि वहाँले शोध गरेका बीपीका कथाहरू बारेको पुस्तक बजारमा देखिएको छैन । उनका खोज अनुसन्धानहरू पुस्तकका रूपमा बाहिर आएपछि मात्र नेपाली पाठक र समालोचक समीक्षक र अनुसन्धानकर्ता शोधकर्ताले लेखन अगाडि बढाउन सक्छन् । बीपीबाट भारतीय हिन्दी कथाकार उपन्यासकार, नेपाली क्रान्ति कथाका लेखक नेपालका प्रजातन्त्र सेनानी भारत विहारका फणिश्वरनाथ रेणु... कोइराला निवासमा हिन्दीमा दीक्षित भएका हुन् । उनलाई बीपीले सानैदेखि कोइराला निवासमा ल्याउनुभयो ।

बीपीको हिन्दी साहित्यमा लेखिएका मिरियाको पुस्तक प्रतीक्षा गर्नुबाहेक केही छैन । शायद उनले भनेबमोजिम त्यो अङ्ग्रेजी, हिन्दी, नेपालीमा के पहिला प्रकाशित हुन्छ, त्यो कुरा समयले बताउनेछ । बीपीबाट भारतीय हिन्दी कथाकार उपन्यासकार नेपाली क्रान्ति कथाकार, लेखक नेपालका प्रजातन्त्र सेनानी भारत विहारका फणिश्वरनाथ रेणु कोइराला निवासमा हिन्दीमा दीक्षित भएका हुन् । उनलाई बीपीले सानैदेखि कोइराला निवासमा ल्याउनुभयो र उनी साहित्यकार तारणीप्रसाद कोइरालासँगै हुर्के तर उनले हिन्दीमा नै लेखे । उनका ‘मैला आँचल’ उपन्यासमा सप्तकोशी, विराटनगर, कोशी अस्पताल लगायतको वर्णन छ । बीपीको निधनमा उनले हिन्दीमा लेखेको आलेख यस पंक्तिका लेखकले नेपालीमा अनुवाद गरी बीपीका साहित्यिक विचारहरूमा समावेश गरेको छ ।

यस प्रसङ्गमा भन्नुपर्दा बीपीले हिन्दीमा लेख्नु मात्र भएन, हिन्दी लेखक शिद्धहस्त लेखक फणिश्वरनाथ रेणुमा प्रभाव राख्नुभयो । मध्यकालमा हिन्दीका कवि भारतेन्दु र नेपालका कवि मोतीराम पहिलो हिन्दी र नेपालीका सेतु भए भने बीपी दोस्रो वहाँ हिन्दीका र नेपालीका सेतु हुनुहुन्थ्यो । प्रस्तुत लेख पञ्चायतकालमा नेपाल बोर्डरमा जफत गरिएको थियो र सो को एक प्रति लेखकले जोगवनीबाट धरान आºनै घरमा मगाएको हो । यो तस्बिरयुक्त लेख शहीद भीमनारायण श्रेष्ठ स्मृति पुस्तकालयलाई समर्पण गरिएको छ ।