धरान । धरान उपमहानगरपालिका–९ स्थित आचार्य लाइनमा रहेको दुईतले घरको तल्लो तलामा सञ्चालित कपडा पसलमा मङ्गलबार बिहान ११ः५० मा विद्युत् सट भई आगलागी भएको हो।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा प्रहरी टोली, स्थानीय बासिन्दा तथा धरान उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागी बिहान १२ः१० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको र क्षतिको विवरण आउन बाँकी रहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।