श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल पुस ९ गते बुधबार, २४ डिसेम्बर  २०२५, सिद्धार्थीनाम संवत्सर। पौष शुक्लपक्षको चतुर्थी तिथि ०१ः२३ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र श्रवण ०७ः१७ बजेसम्म, उप्रान्त  धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्योदय ०६ः५१ बजे र सूर्यास्त ०५ः१५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

पुराना कामको चर्चा हुनेछ र नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतिष्ठित काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्। पछि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि समयमा काम नबन्न सक्छ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आन्तरिक सूचना बाहिरिन सक्छ । रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्नेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।  बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।