धरान/‘दुःखीको घरमा मात्र बास हुने भए हे ई्श्वर दया राखी मलाई अझ दुःख दे' भन्ने कवि बालकृष्ण समको कविताकाे यी हरफजस्तै झापाका एक युवामा यस्तै कष्ट अइ परेकाे छ ।
झापा अर्जुनधारा ६ का ३९ बर्षीय केवल बाँनियाको जीन्दगी दुःखै दुःखले झेलिएको छ । ताप्लेजङको दुर्गम गाउँमा जन्मिएर सुविधा सम्पन्न ठाउँ झापा झरेका बाँनियाले सम्पत्ति आर्जन गरी परिवारलाई सुख दिने उद्देश्यका साथ वैदेशिक रोजगारमा मलेसिया पुगे । सम्पति आर्जन गर्न मलेसिया गएका उनको एकै पटक धेरै बज्रपात बर्सिए तर पनि उहा आत्मबल घटेको छैन् परिवारलाई केही गर्ने अठौट हराएको छैन ।
०६२ सालमा धन आर्जन गर्न मेलिसया छिर्नु भएका बानिया काम गरेको चारबर्षपछि देव्रेखुट्टामा समस्या आयो । शुरुमा कुर्कुचोमा घाउजस्तो हुने र कालो दाग जस्तो देखिन थाल्यो । मलेसियाको जोरवासस्थित रहेको सिइआर कम्पनीमा कामदारका लागि जानु भएका उनलाई खुट्टामा समस्या देखिएपछि मलेसियाकै पेजावन पेन्ग्राह अस्पतालमा देखाइदियो । समस्या ज्यूका त्यू भएपछि मलेसियाकै अर्को अस्पताल आटेरी बार डब्लरमा उपचार गराउदा खुट्टा काट्नुपर्छ भन्ने चिकित्सकबाट सल्लाह दिएपछि उनी नेपाल फर्किए ।
नकाटी खुट्टालाई निको पार्न सकिन्छ भनेर नेपालका धरै अस्पताल उनी उपचारका लागि धाए । उनले नेपाल आएपछि ०६५ सालमा नोबेल अस्पताल, नर्भिक अस्पताल, जनकल्याण आर्युवेद अस्पताल भत्तपुरमा समेत देखाए । तर सबैबाट उही सल्लाह आएपछि उनले काठमाण्डौको शिक्षण अस्पताल महारञ्जबाट खुट्टाको अप्रेशनका क्रममा देब्रे खुट्टा गुमाउनु परेकोे उनी सुनाउँछन् ।
बिदेशमै गएको एक बर्ष पछाडि अर्थात ०६३ माघमा दिदीलाई गुमाएका उनले सोही बर्षको मंसिरमा बुबालाई गुमाउनुप¥यो । बुबा र दिदी गुमाउनुको पीडा एकातिर छदैथियो त्यो भन्दा पनि ठूलो बज्रपात खुट्टा गुमाउदाको पीडा असैयह नै भएको उनी बताउछन् ।
एकपछि अर्को बज्रपात हुदै आएको उनका लागि खुट्टाको समस्या देखिएपछि श्रीमतिले समेर्त छोडेर गइन् । पीडा नै पीडाकोै जीवन विताउदा समेत उनले आफ्नो आत्मबल कहिल्यै गुमाएनन । पहिलो श्रीमतिर्ले उनलाई छोडेपछि दोस्रो विवाह गरेका उनको अहिले एक बर्षको छोरा समेत छ । आफ्नो उपचार गराउन आर्थिक संकट भइरहेको बेला एक बर्षका छोरालाई हर्मोनिया भएको सुनाछन् उनी।
यतिामात्र बज्रपातै बज्रपातले घेरिएको समयमा पनि उपचार खर्च अभावकै कारर्ण दुवै मृगौला विग्र्रिएकी आफ्नी बहिनीलाई बचाउन एउटा मृगौला प्रत्यारोपण पर्ने आट गरे तर उनले मृगौला दिन नपाई नै बहिनीको निधन भयो ।
अहिले फेरि उहाको दाहिने खुट्टामा समेत उही प्रकृतिको समस्या देखिन थालेको छ । फेरि अर्काे खुट्टा गुमाउनुपर्ने हो कि भन्ने चिन्ताले उनलाई पिरोलेको छ । विदेशबाट आएपछि झापा अर्जुनधारामै रहेको प्रज्वल अपांंग तथा महिला वहुउद्देश्यीय सहकारी संस्थामा क्यासिएर गर्नु उनले थाले । सहकारीले मासिक १० हजार दिएपनि उनको उपचारमा मासिक ५०÷६० हजार खर्च हुन थालेपछि जागिर छाडेर सहयोगका लागि उनी यत्रतत्र भौतारिन थाले ।
हालसम्म ५० लाख भन्दा बढी खर्च भइसकेकेको बताउने उनलाई हालसम्म सहयोगी दाताहरुबाट ५ लाख जम्मा भएको छ । सोमबारमात्र नेपाल यातायात स्वतन्त्र मजदुर संंगठनका प्रदेश नं. १ अध्यक्ष लक्ष्मी बानियाको पहलमा धरानमा ५१ हजार रुपैया सहयोग पीडित वानियालाई गरिएको छ । यातायात व्यवसायीहरुबाट २६ हजार र मदिरा व्यवसायी संघ धरानबाट २५ हजार सहयोग जुटेको हो । समस्या नै समस्याले जेलिनु भएका उनी अहिले सहयोगी दाताहरुको खोजीमा छन् । उनलाई सहयोग गर्नुपरेमा उनका नाममा रहेको ंं २९८७००३७१५४५२४०१ नं. को खातामा रकम जम्मा गरिदिन उनले सबैलाई आग्रह गरेका छन् ।
































