श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत २३ गते सोमबार, ५ अप्रिल २०२६, रौद्रनाम संवत्सर । वैशाख कृष्णपक्षको चतुर्थी तिथि ०२ः२७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र अनुराधा भोलि ०३ः०९ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः४९ बजे र सूर्यास्त ०६ः२३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आफन्तको उपहारले प्रसन्नता मिल्नेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।आँट गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। शत्रुहरू पनि किनारा लाग्नेछन्। 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रियभेट हुनुका साथै अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।   
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। नसोची चुनौती अँगाल्ने बानीले काम रोकिन सक्छ। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्, सजग रहनुहोला। अपरान्ह नयाँ कार्यतर्फ अग्रसर भइनेछ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
पारिवारिक असमझदारीले कुनै काम रोकिन सक्छ। तापनि पुरानो समस्या सुल्झनाले नयाँ अवसर प्राप्त हुनेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।