रङ्गेली/ विपद व्यवस्थापन र न्युनिकरणमा पुर्व तयारी महत्वपुर्ण भएको प्रदेश १ सरकार तथा सांसदहरुले बताएका छन् ।

प्रदेशमा विपदको अवस्थालाई उजागर गर्न आयोजना गरिएको कार्यशालामा मुख्य मन्त्री शेरधन राइले विपद निम्तनुमा गरिबि,भौगोलीक अवस्था,पछौटेपन र जनचेतनाको अभावको पनि दोष रहेको बताए । उनले प्रदेश सरकार चाडै विपद व्यवस्थापन र न्यूनिकरणको कामलाई अगाडी बडाउने बताए ।

उनले बाटो बनाउदा,घर निर्माण,बस्ती विकासले पनि विपद आउन सक्ने भएकोले त्यस तर्फ पनि ध्यान दिने बताए । उनले साना साना कुरामा ध्यान पुर्याउनसके ठूलो उपलब्धि हुन सक्ने बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा सोमबार विपद जोखिम न्युनीकरण र व्यवस्थापनः प्रदेश र प्राथमिकता विषयक एक दिने कार्यशाला गरेको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्रि हिक्मतकुमार कार्कीले सम्भावित विपद जोखिमका क्षेत्रहरु पहिचान भएको बताए ।

जोखिम न्युनिकरणको लागी प्रारम्भिक जानकारी लिइसकेकोले त्यसको निदानको लागी कदम चाल्ने मन्त्री कार्कीले बताए । उनले समयमै निति बनाएर काम गरेको खण्डमा ठूलो धनजनको क्षतिबाट जोगिन सक्ने धारणा राखे ।

प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेस संसदियदलका नेता राजिब कोइरालाले विपद न्युनिकरणमा तिनै तहका सरकार बीच समन्वयको खाचो औल्याए । त्यसैगरी नेकपा संसदिय दलका उपनेता टङ्क आङ्बोले प्रदेश १ का १४ जिल्लाका संभावित क्षेत्रहरुको पहिचान गर्नु पर्ने बताए । उनले नितिहरुलाई कागजमा मात्र सिमति नराखेर व्यवहारमा लागु गर्नु पर्ने बताए ।

प्रदेश सांसद सर्वध्वज साम्बाले अहिलेको अवस्थामा विपद आएमा ‘रामराम’ भन्नुको विकल्प नरहेको बताए । सम्भावित विपद अवस्था र स्थानको बारेमा जानकारी भए पनि व्यवहारीक रुपमा गर्न नसकेको उनले बताए ।

उनले तत्काल काम थाल्नु पर्ने बताए । सांसद विमल कार्कीले प्रदेश सरकारले विपद व्यवस्थापनमा समयमै ध्यान नदिने हो भने ठूलो समस्या भोग्नु पर्ने बताए । अहिले पहाडी क्षेत्रमा मुहान सुक्ने, जंगलका रुख,बास सुक्ने थालेको उनले बताए ।

त्यसैगरी तराइ र चुरेका खोला नाला २ फिट भन्दा माथि उठेको बताए । उनले खोलको तटबन्ध ढुङ्गा र तराजालीले मात्र सम्भाव नभएकोले जैविक प्रविधि अपनाउने पर्ने बताए । सांसद नवनिता चौधरीले ईआईए र आईई गरेर वातावरण मैत्रि विकास गर्नु पर्नेमा जोड दिइन् ।

झापा रेडक्रसका सभापति लोकराज ढकालले संघ र प्रदेश सरकारले तत्कालीन गावि अवस्थाका विपद व्यवस्थापनका संरचनाहरुलाई संबोधन नगरेको बताए । उनले आपतकालीन कोषको व्यवस्था गर्नु पर्ने बताए ।

कार्यक्रममा प्रदेश मुख्य सचिव केदार न्यौपाने,आन्तरिक मामिल तथा कानुन मन्त्रालय अन्तरगत विपद व्यवस्थापन महासाखा प्रमुख रविन्द्र आचार्य, एक्सन एडका दिनेश गुरुङले विपदको सम्भावना र अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।