आफ्नै पत्नी र सन्तानको हत्या गर्ने व्यक्तिलाई हतियार राख्न किन दिइयो ? २६ जनाको ज्यान जानेगरी टेक्ससको चर्चमा भएको आक्रमणपछि अमेरिकी सुरक्षा निकायले खेपिरहेको प्रश्न हो यो।
चर्चमा आक्रमण गरी २६ जनाको हत्या गर्ने व्यक्ति डेभिन प्याट्रिक केली रहेको पहिचान भइसकेको छ। अमेरिकी वायुसेनामा काम गरेका केलीले सन् २०१२ मा आफ्नी श्रीमती र सन्तानको हत्या गरेपछि सेनाको कोर्ट मार्सल बेहोरेका थिए। सन् २०१४ मा सेनाले कारबाही गर्दै उनलाई घटुवा मात्र गरेन, अन्ततस् सैन्य सेवाबाटै निष्कासन गरिदियो।
अमेरिकी कानुनले हत्यामा संलग्न व्यक्तिलाई हतियार खरिद गर्न र साथमा राख्ने अनुमति दिँदैन। केलीले भने हतियार खरिद गरेको रहस्य खुलेको छ।
प्रारम्भिक अनुसन्धानमा केली घरेलु हिंसाका दोषी रहेको रेकर्ड आपराधिक सूचना केन्द्रमा समावेश छु, वायुसेवाको विज्ञप्तिमा उल्लेख छ।
उनी हत्यारा रहेको यो सूचना चुहावट नभएकाले केली हतियार किन्न सफल भएका थिए।
को हुन् केली ?
ब्यापटिस्ट चर्चमा अन्धाधुन्ध गोली चलाउने केलीले सन् २०१२ मा आफ्नी श्रीमती र दुई छोराको हत्या गरेका थिए। श्रीमतीको हत्यामा सेनाको कोर्ट मार्सलले उनलाई दोषी ठहर गरिसकेको थियो। उनले आफ्ना छोराको टाउको र जिउमा गोली प्रहार गरी ज्यान लिएका थिए। श्रीमतीलाई भने कुटपिट गरी चक्कु प्रहार गरेका थिए।
यो अपराधको सूचना सार्वजनिक नहुँदा सन् २०१६ मा उनले एआर नामक राइफल खरिद गर्न सफल भए। उनले सो राइफल टेक्ससको सान एन्टोनियोमा रहेको हतियार गोदामबाट खरिद गरेका थिए। उनले हतियार बोकेर हिँड्नका लागि लाइसेन्स लिने प्रयास समेत गरेका थिए । तर, टेक्ससको स्थानीय सरकारले उनलाई अनुमति दिएको थिएन।
टेक्सासका प्रमुख जर्ज एबोट पनि उनले हतियार खरिद गरेको विषयमा आश्चर्य प्रकट गर्छन्।
'केलीको आपराधिक पृष्ठभूमि हुँदाहुँदै उसले हतियार खरिद गर्न कसरी सम्भव भयो ?' उनी प्रश्न गर्छन्।
केलीले हतियार प्राप्त गरेको विषयमा वायुसेनाका साथै निरीक्षकले पनि अध्ययन गरिरहेका छन्। पेन्टागनले समेत उनको आपराधिक गतिविधि र हतियार खरिदको विस्तृत अध्ययन सुरु गरिसकेको छ।
'रक्षा विभागका प्रमुखको संयोजकत्वमा समेत अनुसन्धान सुरु भएको छ, छिटै सत्यतथ्य सार्वजनिक हुनेछ', रक्षा विभागका कार्यकारी उपनिर्देशक मार्क राइटले भनेका छन्।
प्रारम्भिक अनुसन्धानमा वायुसेनाले केलीको आपराधिक संलग्नता र सेनाको कारबाहीबारे प्रान्तीय सुरक्षा निकायलाई कुनै खबर नदिएको खुलेको छ। घरेलु हिंसा वा आपराधिक क्रियाकलापमा संलग्न सैनिकको विवरण सेनाले प्रहरीलाई जानकारी गराउनुपर्छ। वायुसेनाले भने कुनै खबर गरेको थिएन।
एजेन्सी