श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ २० गते शुक्रबार, ५ सेप्टेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। भाद्र शुक्लपक्षको त्रयोदशी तिथि ०१ः४० बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र श्रवण २३ः१६ बजेसम्म, उप्रान्त धनष्ठिा, चन्द्रमा राशि मकर, सूर्र्याेदय ०५ः४५ बजे र सूर्यास्त ०६ः१८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विशेष काममा जग बसाउने अवसर छ। मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरले मन प्रफुल्लित गराउनेछ। धेरैले कामको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पुरानो मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म–कर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ।दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले आशा जगाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गृहस्थी सुखद् र यात्रा रमाइलो रहनेछ।काम बन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। हिम्मत गर्दा जटिल कामसमेत सम्पादन हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिले विरोध गर्नेहरूले नै मित्रताका हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।