धरान/सुनसरीको बराहक्षेत्र–४ का प्रेम शेर्पाले गाविस सचिवको मिलोमतोमा कीर्ते कागजात बनाएर भाइहरुको नाममा रहेको करीब साढे ४ धुर जग्गा हडपेको पाइएको छ । तत्कालीन गाविस सचिव सैनध्वज राईले कीर्ते कागजात बनाइदिएपछि प्रेमले भाइहरुको नाममा रहेको जग्गा हडपेका हुन् ।कान्छी आमापट्टिका तीनजना भाइमध्ये कुमार, दोर्जे र राकेश शेर्पाको नाममा चार कठ्ठा साढे ८ धुर जग्गा देखिन्छ । कुमार, दोर्जे र राकेशको नाममा रहेको जग्गा हडप्नका लागि जेठीपट्टिका प्रेमले कुमार र दोर्जे क्रमशः २०५० साल र २०५४ सालमा अविवाहित अवस्थामै बेपत्ता भएको र राकेशको २०६७ सालमा मृत्यु भएको कागजात बनाएका थिए ।
जबकि दोर्जेले २०५६ सालमा बिहे गरेका थिए भने उनको एक सन्तानसमेत रहेको देखिन्छ । कुमार, दोर्जे र राकेशको नाममा एक ठाउँमा १५ धुर जग्गा छ भने कुमारको नाममा भिन्नै ३ कठ्ठा साढे १३ धुर जग्गा रहेको देखिन्छ । प्रेमले यसअघि नै बुबाबाट अङ्शवण्डा लिइसकेका थिए ।दोर्जेकी श्रीमतीको नाम छुन्चुङ हो । दोर्जे र छुन्चुङबाट २०५७ साल पौष १२ गते छोरी जन्मिएकी थिइन् । लक्की नाम राखिएकी छोरीको जन्मदर्ता र नाता प्रमाणित २०६८ असार २८ गते गाविसबाट गरिएको थियो । नाता प्रमाणित गरिदिने व्यक्ति पनि प्रेम नै हुन् । नाता प्रमाणितपछि नागरिकता बनाएर आपूm वैदेशिक रोजगारीको क्रममा साउदी अरब गएको छुन्चुङले बताइन् । उनी गएको केही समयपछि नै प्रेमले गाविसमा अर्को नाता प्रमाणित गरेको देखिन्छ ।
नाता प्रमाणित गर्न गाविसमा २०६८ चैत्र १० गते निवेदन दिएकोमा गाविस सचिवले त्यही दिन नाता प्रमाणित गरिदिएका थिए । छुन्चुङसँगको नाता प्रमाणित ४ दिनपछि मात्रै गरिएको देखिन्छ । दुबै नाता प्रमाणित गर्ने सचिवमा सैनध्वज नै हुन् ।नागरिकता बनाएपछि विदेश गएकाले आपूmलाई केही जानकारी नभएको छुन्चुङले बताइन् । ‘पाँच वर्षपछि आउँदा त दाजुभाइको नाममा रहेको जग्गा जेठाजुले नामसारी गरेको रहेछ’, उनले ब्लाष्टकर्मीसँग भनिन्, ‘मलाई विदेश पठाएको तीन–चार महिनापछि बेचेर खान थालेछ ।’ उनले २०५७ सालमा छोरी जन्मिएको र त्यसको ५–६ वर्षपछि पति बेपत्ता भएको दाबी गरिन् । तर, प्रेमले बनाएको कागजातमा भने अविवाहित अवस्थामै २०५४ सालमा बेपत्ता भएको उल्लेख छ ।उक्त आधारबाटै प्रेमले भूmटो विवरण पेश गरेर मालपोतबाट जग्गा आप्mनो नाममा नामसारी गरेको पुष्टी हुन्छ । तत्कालीन समयमा जग्गा नामसारी गर्दा सर्जिमिनमा बसेकी सँधियार एवम् मावली सासू साङ्गी लामाले आपूmलाई एक कठ्ठा जग्गा दिने भनेर सर्जिमिन गराएको तर पछि नदिएको बताइन् । ‘अपुताली सम्पत्ति हो, बाँडीचुडी खाउँ भन्यो । अन्तरी (प्रेमको श्रीमतीको बोलाउने नाम) ले त्यसै भन्यो’, उनले भनिन्, ‘जोतपोत गरेर मैले खाइरहेको छु । पहिला जग्गा दिने कागज गर्छौं भनेपछि सर्जिमिनमा बसिदिन्छु भने ।’
उनले पछि आपूmलाई ८ धुर जग्गा मात्रै दिएको बताइन् । ‘जोतपोत गरेअनुसार १२ धुर मैले त्यसै पाउँथे’, उनले थपिन् । नामसारी गरेको जग्गाहरु सबै बिक्री गरिसकेको देखिन्छ ।नामसारी गरिएको जग्गाहरु चन्द्रबहादुर मगर र पावर्ती कार्कीलाई बेचिएको देखिन्छ । यस विषयमा तत्कालीन गाविस सचिव सैनध्वज राईलाई धरान–१७ स्थित उनको घरमा बुभ्mन जाँदा उनी विराटनगरस्थित वाणिज्य कार्यालय गएको बताइयो । यस्तै प्रेमलाई भेट्न जाँदा बीपी प्रतिष्ठानमा काम गर्न गएको पाइयो भने उनको श्रीमती शान्तिले हराएको देवरको नाममा रहेको जग्गा गाविसमा सिफारिस गरेर निकालेको बताइन् । उनले छुन्चुङ आप्mनो देउरानी भएको स्वीकार गरिन् । ‘छुन्चुङको लोग्नेले आप्mनो अंश बेचेर खाइसकेको थियो ।
अरु देवरको नामको जग्गा हो त्यो’, उनले भनिन्, ‘छुन्चुङलाई मेरो श्रीमानले नै नागरिकता बनाइदिएको हो ।’ कामबाट फर्किएपछि प्रेमलाई फोन सम्पर्क गर्दा आपूmलाई केही नै थाहा नभएको भनी बताएको शान्तिले बताइन् । ‘केही थाहा छैन भन्छ’, शान्तिले भनिन् ।यता तत्कालीन समयका गाविस सचिव सैनध्वजले कुन घटना र कहिलेको हो भन्ने नै आपूmलाई सम्झना नभएको बताए । उनले आप्mनो कुनै नियत र स्वार्थ नरहेको बताए । ‘यो घटनामा मेरो नियत पटक्कै छैन, मेरो कुनै स्वार्थ नै छैन ।’
उनले फोन सम्पर्कमा भने, ‘आरोप लगाउँछ भनेर मेरो भन्नु केही छैन । कागजात नहेरी केही भन्न सक्दिनँ ।’ उनले कर्मचारीहरुबाट सूचना प्राप्त भएको भए आपूmले सूचना जारी नगर्ने तर त्यो घटनानै जानकारीमा नभएकाले कहिंकतै गल्ती भएको हुनसक्ने बताए । तर, त्यसबापत पैसा खाएको र कुनै स्वार्थ भने नभएको दाबी गरे ।