बलिउड

    Showing १-१० of ३१७ items.
  • इण्डियन आइडलबाट निकालिए अनु

    धरान/ इण्डियन आइडलमा निर्णायकको भूमिकामा देखिँदै आएका सङ्गीतकार तथा गायक अनु मलिक बाहिरिएका छन् । यौन दुव्र्यवहारको आरोप लागेका उनलाई ‘मि टु’ का कारण निकालिएका हुन् । उनी यसअघि पनि निकालिएका थिए । इण्डियन आइडलको १० औं संस्करणबाट निकालिएका उनी ११ औं संस्करणमा भित्रिए पनि फेरि उनीमाथि यौन हिंसाको आरोप लागेपछि निकालिएका हुन् । गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति इरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकविरुद्ध यौन दुव्र्यवहारको विषयमा आवाज उठाउन आग्रह गरेकी थिइन् । त्यसपश्चात् राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाउँदै सोनी टेलिभिजनसँग स्पष्टीकरण माग ग

    • प्रकाशित मितिः मंसिर ९, २०७६
    • १,०८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बलिउडमा डेब्यु गर्दै मिस वल्र्ड मानुषी

    ‘मिस वल्र्ड २०१७’ मानुषी चिल्लरको बलिउड डेब्यु पक्का भएको खबर सार्वजनिक भएको छ । यसअघि नै बलिउड बजारमा विभिन्नखालका खबरहरू सार्वजनिक भए पनि यस विषयमा मानुषी र चलचित्र टिमले केही पनि बताएको थिएन । तर, सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’ बाट मानुषीले बलिउडमा डेब्यु गर्ने पक्का भएको हो । यो चलचित्रमा मानुषी अभिनेता अक्षय कुमारको जोडीको रूपमा देखिँदैछिन् । आदित्य चोपडाको निर्माणमा बन्न लागेको यो चलचित्रमा मानुषी संयोगिताको भूमिकामा देखिन लागेकी हुन् । यो चलचित्रलाई डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्दैछन् । मानुषीले यो चलचित्रका लागि केही सम

    • प्रकाशित मितिः कार्तिक ३०, २०७६
    • १३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरान चलचित्र महोत्सव स्थगित

    धरान/ प्रदेश नं.१ सरकारले महत्वाकांक्षी कार्यक्रमका रूपमा धरानमा आयोजना गर्न लागेको धरान चलचित्र महोत्सव स्थगित भएको छ । कात्तिक २९ देखि मङ्सिर २ सम्म हुने तयारी गरिएको महोत्सव निर्वाचन आचार–संहिताका कारण अन्तिम अवस्थामा आएर नहुने भएको हो । निर्वाचन आयोगले कात्तिक ८ गतेबाट निर्वाचन आचार–संहिता लागू गरेको थियो । सो आचार–संहिताको पहिलो बुँदामै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले कात्तिक ८ देखि निर्वाचन सम्पन्न नभएसम्म नयाँ कार्यक्रम गर्न नहुनेसमेत व्यवस्था गरिएको छ । तर प्रदेश सरकार र स्थानीय तहले आचार–संहिता ख्याल नगरी कार्यक्रमको तयारी गर्दा अनावश्यक खर्च भएको छ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७६
    • २०२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • रानाघाटकी 'लता मंगेशकर' रानु मंण्डल भाइरल

    रेलवे स्टेसनको बेन्चमा बसेर गीत गाइरहेकी एक भातीय महिलाको भिडियो  यतिवेला भाइरल बनेको छ । भारतको पश्चिम बंगालको रानाघाट स्टेसनमा लता मंगेशकरको  गीत  'एक प्यारकी नग्मा हें'  गाइरहेकी उनको भिडियो केही समय अगाडी सामाजिक संञ्जालमा भाइरल बनेसंगै यतिवेला बलिउड गायक तथा संगीतकार हिमेश रेशमिया र उनको अर्को भिडियो भाइरल बनेको छ ।  रेल्वे स्टेसनमा गीत गाएर पेट पाल्दै आएकी ती भारतीय महिला हुन रानु मंण्डल ।  सामाजिक संञ्जालमा अत्याधिक रूचाइएपछि  खोजि भएकी मन्डललाई रानाघाटकी लता मंगेशकर पनि भन्न थालिएको छ। सामाजिक संञ्जालबाट चर्चामा आएकी मंण्डल टेलिभिजन कार्य

    • प्रकाशित मितिः भदौ १०, २०७६
    • ३७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बलिउड अभिनेत्री विद्याको निधन

    बलिउड अभिनेत्री विद्या सिन्हाको निधन भएको छ । ७० को दशककी चर्चित अभिनेत्री विद्याको ७१ वर्षको उमेरमा बिहीबार मुम्बईको जुहुस्थित एक अस्पतालमा निधन भएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअगाडि अस्पताल भर्ना गरिएको थियो । फोक्सो तथा मुटुमा गम्भीर समस्या भएकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । ‘छोटी सी बात’, ‘रजनीगन्धा’, ‘पति पत्नी और वो’, ‘मुक्ति’ जस्ता फिल्ममा उनले गरेको अभिनय दर्शकहरूले अत्यधिक मन पराएका थिए । फिल्मसँगै टेलिभिजन शोहरूमा काम गरेकी उनी चर्चित थिइन् । १८ वर्षको उमेरमै ग्ल्यामर क्षेत्रमा लागेकी विद्याले &l

    • प्रकाशित मितिः श्रावण ३२, २०७६
    • ५४२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जन्मदिनमा फ्यानलाई संजुबाबाको गिफ्ट

    बलिउड स्टार संजय दत्तको आज जन्मदिन हो । फ्यानहरुका सन्जु बाबा २९ जुलाई सन् १९५९ को दिन बलिउडकी कुनै समयकी महान अदाकारा नरगिस दत्त र सुनिल दत्तको घरमा भएको थियो । संजय दत्तले आफ्नो जन्मदिनको अवसरमा फ्यानलाई विशेष गिफ्ट दिएका छन् । कन्नड एक्टर यश अभिनित फिल्म केजीएम च्याप्टर २ मा अधिराको भूमिकाका कारण सन्जु बाबाको चर्चा थियो अब फिल्मको दोस्रो पोस्टर सार्वजनिक भएपछि केजीएफ २ मा संजय दत्त नै अधिराको भूमिकामा रहने निश्चित भएको छ । केजीएफको दोस्रो पोस्टर पनि निकै उत्कृष्ट देखिन्छ । पोस्टरमा संजय दत्तले एउटा कपडा बाँधेका छन् जसले उनले आफ्नो अनुहार ढाकेका छन् । संजयको तस्बिरसँगै सन्जय दत्त एज अधिरा

    • प्रकाशित मितिः श्रावण १३, २०७६
    • २३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • ट्वीटरमा सुपरस्टार ट्रेण्ड

    साउथ इण्डियन फिल्ममा आफूलाई सुपरस्टारका रुपमा दर्ता गरेका धनुष ट्वीटर र गुगलमा ट्रेण्डिङमा छन् । ३६ औं जन्मदिन मनाइरहेका धनुष उनको आगामी चलचित्र पतासूका कारण पनि चर्चामा छन् । यो फिल्मको पोस्टरमा धनुषलाई ‘इल्या सुपरस्टार’ भनिएको छ । यो पहिलो अवसर हो जहाँ धनुषलाई युवा सुपरस्टार भनिएको छ । हिन्दी सिनेप्रेमीलाई समेत धनुषले उनको रांझणा फिल्मबाट प्रभावित गरिसकेका छन् । हिन्दीमा उनले धेरै काम त गरेका छैनन् तर कोलावेरी–कोलावेरी डी गीतका कारण धनुष सबैको मनमनमा बसेका छन् । यसै गीतका कारण पनि धनुषलाई चिन्नेको सङ्ख्या धेरै छ । यो गीतलाई धनुष आफैंले लेखेका हुन् भने गीत पनि उनैले ग

    • प्रकाशित मितिः श्रावण १३, २०७६
    • १९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सेक्रेड गेम्समा ओशो रजनीशको चरित्र

    नेटफ्लिक्सको ओरिजिनल वेब सिरिज सेक्रेड गेम्स एक पटक फेरि चर्चामा छ । वेबसिरिजमा पङ्कज त्रिपाठीद्वारा निर्वाह गरिएको गुरुजीको भूमिका पहिलो सिजनमा निकै चर्चित भएको थियो । सिरिजको दोस्रो सिजनको अन एयर हुनुभन्दा अघि पङ्कजको यो भूमिका ओशो रजनीशसँग प्रेरित रहेको खबर आइरहेको छ । इन्टरनेन्मेन्ट पोर्टल मिड डेका अनुसार पङ्कज त्रिपाठीको भूमिका ८० को दशकका चर्चित ओशो रजनीशबाट प्रेरित छ । पङ्कजका लागि यो भूमिका लेख्ने क्रममा ओशोको चरित्रबाट प्रेरित भइएको थियो । यो वेबसिरिजमा पङ्कज त्रिपाठीसँगै सैफ अली खान, नवाजुद्दीन सिद्दिकी, कल्की कोएचलिन र रणवीर शौरी पनि छन् । यसअघि नेटफ्लिक्सले ओशो रजनीशमा आधारित ए

    • प्रकाशित मितिः श्रावण १०, २०७६
    • १७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘सुपर ३०’ को प्रशंसा, राम्रो कमाइ गर्दै फिल्म

    ऋतिक रोशन र मृणाल ठाकुरको चलचित्र ‘सुपर ३०’ को अवधारणालाई फिल्म समीक्षकले मात्र होइन दर्शकले पनि प्रशंसा गरिरहेका छन् । यतिमात्र होइन चलचित्रमा ऋतिक रोशनको अभिनयलाई पनि उनको सबैभन्दा उत्कृष्ट प्रस्तुति बताइँदै आएको छ । ‘सुपर ३०’ ले पहिलो हप्ता ७५.८५ करोड भारुको कमाइ गरेको छ । दोस्रो हप्ता शुक्रबार फिल्मले ४.५२ करोड, शनिबार ८.५३ करोड र आइतबार ११.६८ करोड कमाइ गरेको थियो । यसबाहेक फिल्मले दोस्रो सोमबार ३.६० करोड र मङ्गलबार ३.३४ करोड कलेक्सन गरेको थियो । ऋतिक रोशन अभिनित यो चलचित्र बिहारका आनन्द कुमारको जीवनमा आधारित छ । जसले पिछडिएका बालबालिकालाई निःशुल्क आईआईटीको तयार ग

    • प्रकाशित मितिः श्रावण १०, २०७६
    • १९८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आलियापछि ज्याकलिनको आफ्नै युट्युब

    केही समयअघि आलिया भट्टले आफ्नो युट्युब च्यानल अलियाबे लञ्च गरेकी थिइन् । अब भने ज्याकलिन फर्नान्डिसले पनि युट्युब च्यानले लञ्च गरेकी छन् । पहिलो भिडियोमा उनले आफ्नै क्यामेराबाट संसार देखाइन् । यसमा उनले पारिवारिक भिडियो सेयर गरेकी थिइन् । उनले मोडलिङ, बलिउड अडिसन र स्टार बन्नेसम्मको यात्रालाई देखाइन् । यो पहिलो पटक हो अभिनेत्रीले आफ्नो निजी जीवनलाई यस प्रकारले साझा गरेकी छन् । यसैले उनले आफ्नो पहिलो भिडियोको नाम द न्यु बिगनिङ दिएकी थिइन् । जीवनका विशेष कुरा बाँड्नेछिन् ज्याकलिनज्याकलिन आफ्नो भिडियोका मार्फत् जीवनसँग जोडिएका विशेष कुरा साझा गर्ने छिन् । उनले आफ्नो संघर्षपूर्ण जीवनलगायत सबै बा

    • प्रकाशित मितिः श्रावण ८, २०७६
    • २०४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved