एजेन्सी/ फिल्मी दुनियाँमा खासै प्रभाव जमाउन नसकेकी अभिनेत्री अदा शर्माको टपलेस फोटोसुटले एकाएक चर्चा कमाएको छ ।

उनको टपलेस फोटोसुटमा एउटा अचम्मलाग्दो पाटो चाहिँ जुँगा रहेको छ । निकै आकर्षक शरीरकी धनी अदालाई जुँगाले पनि निकै नै सुहाएको छ । उनले उक्त तस्बिर एउटा म्यागजिनका लागि खिचाएको बुझिएको छ ।

उनले इन्स्टाग्राममा आफ्नो तस्बिर सार्वजनिक गर्दै सबैलाई अचम्मित बनाएकी छन् । उनी ‘१९२०’ नामक फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् । उनको भिन्न शैलीमा खिचिएको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा पनि क्रियाप्रतिक्रिया आइरहेका छन् ।

तर, उनले त्यसलाई सामान्य भएको प्रतिक्रिया दिएकी छन् । उनले पछिल्लो फिल्म ‘हसी तो फसी’ बाट निकै प्रशंसा कमाएकी थिइन् ।

adah-sharma-hot-3